सेप्टेम्बरका लागि सेवा सभाहरु
सूचना: सम्मेलन चल्ने समयावधिभरि हाम्रो राज्य सेवकाई-मा प्रत्येक हप्ताका लागि एउटा सेवा सभा आयोजित हुनेछ। तर यसमा मण्डलीहरूले आवश्यक छाँटकाँट गर्न सक्छन् किनभने मण्डलीका सदस्यहरूले “ईश्वरीय शिक्षा” जिल्ला सम्मेलन पनि धाउनु परेको हुन्छ। तथापि, सम्मेलनपछिको हप्ताको सेवा सभामा सम्मेलनका मुख्य मुख्य बुँदाहरू दोहोऱ्याउन करीब ३० मिनेट बिताउन सकिन्छ। सम्मेलनका खास-खास बुँदाहरूमाथि सबैको ध्यान केन्द्रित गर्न सक्ने दुई अथवा तीन योग्य भाइहरूलाई जिल्ला सम्मेलनमा भएको प्रत्येक दिनको कार्यक्रमबारे छलफल गर्न जिम्मा लाउनु पर्छ। राम्ररी तयार गरिएको यस्तो पुन:रावलोकनले मण्डलीलाई व्यक्तिगत प्रयोगका लागि र क्षेत्र सेवकाईमा लागू गर्न सक्ने मुख्य बुँदाहरू सम्झने सहायता दिनेछ। स्रोताहरूले दिने टिप्पणी र अनुभवहरू छोटो र चट्ट मिलेको हुनुपर्छ।
सेप्टेम्बर ६-मा प्रारम्भ हुने हप्ता
गीत १६४ (७३)
५ मि.: स्थानीय घोषणाहरू अनि हाम्रो राज्य सेवकाई बाट उपयुक्त घोषणाहरू।
१५ मि.: आफ्ना छोराछोरीलाई स्कूलका समस्याहरूको सामना गर्न तयार पार्नु होस्। यस भाषणमा अन्तर्वार्ताहरू र प्रदर्शनी समेत हुनेछ। मण्डलीका धेरै जना प्रकाशकहरूले कल्पना समेत गर्न नसक्ने समस्याहरू आज मसीही युवा-युवतीहरूले सामना गर्न परेका छन्। यी कठिनाइहरू विशेषगरी आमाबाबुहरूले राम्ररी बुझि राख्नु पर्छ ताकि छोराछोरीहरूलाई आफ्नो निष्ठाको जाँचको सामना गर्न तिनीहरूले बल दिन सक्नेछन्। बेग्ला बेग्लै उमेरका युवा-युवतीहरूको अन्तर्वार्ता लिनु होस्। तिनीहरूले स्कूलमा दिनदिनै सामना गर्नु पर्ने केही दबावहरू के हुन्? यहोवासित राम्रो सम्बन्ध कायम राख्नमा तिनीहरूलाई केले मदत दिन्छ? स्कूल ब्रोश्यरको पाना ११-का २ र ३ अनुच्छेदहरूको छलफल एउटा परिवारले गरिरहेको प्रदर्शनी आयोजित गर्नुहोस्। केटाकेटीहरू भन्छन् कि तिनीहरू बाइबलका उच्च नैतिक स्तरअनुसार हिंड्दा साथीहरूले तिनीहरूको ठट्टा गर्छन् र तिनीहरूलाई छुट्याउँछन्। तर तिनीहरूको राम्रो उदाहरणका लागि परिवारका सिरले आफ्नो आनन्द व्यक्त गर्छन् र यहोवा पनि तिनीहरूको यस्तो चालचलनसित प्रसन्न हुनुहुन्छ भन्दै छोराछोरीलाई प्रोत्साहन दिन्छन्। (हितो० २७:११) यस भागलाई सञ्चालन गर्ने भाइले मण्डलीका युवा-युवतीहरूका असल कामहरूको प्रशंसा गर्दै तिनीहरूलाई आफ्ना आमाबाबुसित खुलामन राखेर कुराकानी गर्ने प्रोत्साहन दिन्छन्। यसो गरेमा तिनीहरूले यो सालपनि स्कूल जाँदा आध्यात्मिक शक्ति पाउन सक्ने छन्।
१० मि.: “अरूहरूलाई एउटा ठूलो धन पता लाउने मदत दिन.” प्रश्नोत्तर छलफल। हाम्रो विश्वव्यापी कार्यका निम्ति चन्दा दिने मौका चासो देखाउने मानिसहरूले पनि पाउनु पर्छ भनेर मण्डलीलाई सम्झाउनु होस्। एकजना प्रकाशकले यसो भन्न सक्छन्: “हाम्रो साहित्य निःशुल्क भए तापनि हाम्रो विश्वव्यापी कार्यका लागि जति सुकै थोरै चन्दा किन नहोस्, हामी स्वीकार्न तयार छौं।” अथवा तपाईंले यसो पनि भन्न सक्नुहुन्छ: “यो बाइबलसम्बन्धी शैक्षिक कार्यलाई अघि बढाउन तपाईं अलिकता चन्दा दिन चाहनु हुन्छ भने दिन सक्नुहुन्छ। तपाईंले दिनु भएको चन्दाको ठूलो मोल गरिनेछ र राज्यको सुसमाचार प्रचार गर्नका लागि मात्र त्यो प्रयोग हुनेछ।” अनुच्छेद ४ छलफल गर्नु हुँदा एकजना प्रकाशकले सधैंभरि बाँच्न पुस्तक कुनै एकजना आमा वा बाबुलाई प्रस्तुत गरेको प्रदर्शित गर्नुहोस्।
१५ मि.: “सन् १९९३-को ‘ईश्वरीय शिक्षा’ जिल्ला सम्मेलनबाट पूर्ण लाभ उठाउनु होस्.”—भाग १. अनुच्छेद १ देखि १६, स्रोताहरूसङ्ग छलफल गरिन्छ। प्रकाशकहरूले उचित बुँदाहरू सम्मेलन आउने आफ्ना बाइबल विद्यार्थीहरूसित छलफल गर्नु राम्रो हुनेछ।
गीत १०८ (९५) र समापन प्रार्थना।
सेप्टेम्बर १३-मा सुरु हुने हप्ता
गीत ११२ (५९)
५ मि०: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र प्राप्त चन्दा पनि समावेश गर्नुहोस्। सोसाइटीले गरिरहेको विश्वव्यापी कार्य साथै स्थानीय आवश्यकताहरूलाई मदत पुऱ्याएका लागि मण्डलीको सराहना गर्नुहोस्।
१० मि०: “पत्रिकाहरूको प्रयोग गर्दै अरूहरूलाई लाभ पुऱ्याउनु होस्.” प्रदर्शनीहरूका साथ दिइने भाषण। नयाँ र पुराना, दुवै पत्रिकाहरूको प्रयोगबाट हुने लाभलाई जोर दिनुहोस्। दुइटा प्रदर्शनीहरू प्रस्तुत गर्नुहोस्। एउटामा नयाँ पत्रिका प्रस्तुत गर्ने र अर्कोमा चाहिं घरधनीको विशेष आवश्यकतालाई पूरा गर्न एउटा पुरानो पत्रिका प्रस्तुत गर्ने विधि प्रदर्शित गर्नुहोस्।
१५ मि: “यस सेवा सालमा हामी के पूरा गर्ने छौं?” मण्डली अध्यक्षद्वारा सञ्चालित यस भाषणमा स्रोतालाई भाग लिने मौका दिइनेछ। बितेको सेवा सालमा मण्डलीले गरेको सेवाबारे पुनःविचार गर्नुहोस् र १९९४ सेवा सालमा अझ बढी सेवा गर्ने योजना बनाउन सबैलाई प्रोत्साहन दिनुहोस्।
१५ मि०: “सन् १९९३-को ‘ईश्वरीय शिक्षा’ जिल्ला सम्मेलनबाट पूर्ण लाभ उठाउनु होस्.”—दोस्रो भाग। स्रोताहरूसित अनुच्छेद १७-१९ छलफल गर्नुहोस् र “जिल्ला सम्मेलनका सम्झौटोहरू”-को पुनःरावलोकन होसियारीसाथ गर्नुहोस्। जून १५, १९८९-को प्रहरीधरहरा, पाना १०-२०-मा दिएका उचित सम्झौटोहरू पनि समावेश गर्दै सम्मेलन धाउनअघि परिवारहरूले यी बुँदाहरूमाथि विचार गर्ने सल्लाह दिनु होस्।
गीत १७ (१२) र समापन प्रार्थना।
सेप्टेम्बर २०-मा सुरु हुने हप्ता
गीत १०० (२८)
१० मि.: स्थानीय घोषणाहरू। यस हप्ता क्षेत्र सेवकाईमा प्रयोग गर्न सकिने नयाँ पत्रिकाहरूका लेखहरूप्रति विशेष ध्यान आकर्षित गर्नुहोस्।
२० मि.: “भेडाखालका मानिसहरूलाई बलियो जग बसाल्ने मदत दिनु होस्.” स्रोतासित छलफल गर्नुहोस्। प्रत्येक पुनः भेटका लागि राम्ररी तयार गर्ने आवश्यकतामाथि जोर दिनुहोस्। पहिले सधैंभरि बाँच्न पुस्तक लिएका एकजना मानिसकहाँ गएर अनुच्छेद ३ अथवा ५-मा उल्लिखित कुरा प्रयोग गर्दै एउटा निपुण प्रकाशकले पुनः भेट गरेको प्रदर्शित गर्नुहोस्।
१५ मि.: “गृह बाइबल अध्ययनहरू सुरु गर्न.” प्रश्नोत्तर। अनुच्छेद ४ पछि चाहिं, एउटा जोसिलो पुनः भेट प्रदर्शित गर्नु होस्। दिएको सुझाव अनुसार सधैंभरि बाँच्न अथवा रिजनिङ् पुस्तकका केही भागहरूमा आधारित विषयवस्तुलाई लिएर बाइबलमात्र प्रयोग गरिन्छ।
गीत ८४ (३०) र समापनको प्रार्थना।
सेप्टेम्बर २७-मा सुरु हुने हुप्ता
गीत १०९ (१८)
१० मि.: स्थानीय घोषणाहरू। ईश्वरतान्त्रिक समाचार।
२० मि.: मरिसकेका हाम्रा प्रिय जनहरू कहाँ छन्? एउटा परिवारले छलफल गर्नेछ। रिजनिङ्ग पुस्तक, पाना ९८-१००-बाट लिएको विषयसामग्री प्रयोग गर्दै परिवारको सिरले परिवारको एकजना घनिष्ठ मित्रको मृत्युबाट भएको क्षतिबारे चर्चा गर्छन्। उनले आफ्ना छोराछोरीलाई बाइबलको दृष्टिकोण बुझ्ने मदत दिने कोशिश गर्छन्। मृत्युको अर्थ के हो र सो कुरा आफ्नो उमेरअनुसार, तिनीहरूले आफ्नै शब्दहरूमा व्यक्त गर्न सक्छन् कि सक्दैनन् भनेर पक्का गर्न उनले केटाकेटीहरूलाई प्रश्नहरू सोध्छन्। साथै, तिनीहरूले रिजनिङ्ग पुस्तक प्रयोग गरेर अरूहरूलाई कसरी सान्त्वना दिन सक्छन्, सो उनले तिनीहरूलाई देखाउने छन्।
१५ मि.: अक्टोबर महिनामा पत्रिकाहरू प्रस्तुत गर्नुहोस्। तीनवटा प्रदर्शनीहरू आयोजित गर्नुहोस्। एउटा प्रदर्शनीमा नयाँ प्रहरीधरहरा र अर्कोमा चाहिं नयाँ अवेक! प्रस्तुत गर्नुहोस्। र तेस्रो प्रदर्शनीमा चाहिं घरधनी निकै नै व्यस्त भए तापनि पर्चा स्वीकार गरेको देखाउनु होस्। प्रत्येक प्रदर्शनीपछि त्यो किन प्रभावशाली थियो भन्ने कुरा स्रोतासित छलफल गर्नु होस्। उचित चासो फेला परेमा पत्रिकाहरूका लागि वार्षिक ग्राहक बन्ने सम्भावना अथवा म्यान काइन्ड्स सर्च फर गड भन्ने पुस्तक प्रस्तुत गर्न सकिन्छ।
गीत २१ (१) र समापनको प्रार्थना।