घोषणाहरु
◼ अक्टोबरमा प्रयोग गरिने साहित्य: अवेक! अथवा प्रहरीधरहरा-को वार्षिक ग्राहक बनाउने। अर्ध-मासिक संस्करणहरूको वार्षिक शुल्क दर रु. ६०.००। अर्ध-मासिक संस्करणको छ-महिनाका लागि वार्षिक दर र मासिक संस्करणको लागि वार्षिक दर रु. ३०.००। मासिक संस्करणका लागि अर्ध-वार्षिक ग्राहक बन्नु मिल्दैन। वार्षिक ग्राहक हुन नचाहनेहरूलाई रु. ३.००-मा एउटा पत्रिका दिन सकिन्छ। उपयुक्त भएमा चन्दा स्परूप रु. ३०.०० लिएर म्यानकाइन्ड्स सर्च फर गड पुस्तक दिन सकिन्छ। नोभेम्बर: न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिपचर्स-का साथै द बाइबल—गड्स वर्ड अर म्यान्स पुस्तक दुवैका निम्ति रु. ७२.०० अथवा बेग्ला-बेग्लै चाहिं एउटाको लागि रु. ६०.०० र अर्कोको लागि रु. १२.०० चन्दा स्परूप लिन सकिन्छ। यसलाई स्वीकार गर्न नचाहेमा अथवा त्यस ठाउँको भाषामा यी पुस्तकहरू उपलब्ध नभएमा विशेष मोल रु.६.०० को दरले १९२-पाना भएका पुराना पुस्तकहरू दिन मिल्छ। तीमध्येका निम्नलिखित पुस्तकहरू हामीसित उपलब्ध छन्: अंग्रेजी: डिड म्यान गेट हियर बाई एभोल्युशन अर क्रियेशन? र इज दिस लाइफ अल देर इज? गुजराती: गुड न्युज—टु मेक यु ह्यापी, “लेट योर किङ्गडम कम” र द ट्रुथ द्याट लिड्स टु इटरनल लाइफ; हिन्दी: गुड न्युज—टु मेक यु ह्यापी र “लेट योर किङ्गडम कम;” कन्नड: गुड न्युज—टु मेक यु ह्यापी, “लेट योर किङ्गडम कम” र “थिंङ्गस् इन विच इट इज इम्पोसिबल फर गड टु लाइ;” मराठी: लेट योर किङ्गडम कम,” लिस्निङ्ग टु द ग्रेट टिचर र द ट्रुथ द्याट लिड्स टु इटरनल लाइफ; तामिल: इज दिस लाइफ अल देर इज? र “लेट योर किङ्गडम कम;” तेलगु: इज दिस लाइफ अल देर इज? बङ्गाली र नेपाली जान्ने व्यक्तिहरूलाई हाम्रा समस्याहरू पुस्तिका प्रस्तुत गरे हुन्छ र पञ्जाबी जान्नेलाई “लुक!” पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालममा योर युथ—गेटिङ्ग द बेस्ट आउट अफ इट पुस्तक रु. १२.०० चन्दा स्परूप लिएर दिन सकिन्छ। यो पुस्तक विशेष मोलमा दिन सकिंदैन, सो नबिर्सिनु होस्। दिसम्बर: अझसम्म बाँचेका सबैभन्दा महान पुरुष पुस्तक चन्दा स्परूप रु. ४०.०० लिएर दिन सकिन्छ। त्यो उपलब्ध नहुने ठाउँमा माइ बुक अफ बाइबल स्टोरिज अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक चन्दा स्परूप रु. ४०.०० लिएर दिन सक्नुहुन्छ। (सधैंभरि बाँच्न पुस्तक, सानोको दर रु. २०.००)। जनवरी: डज् गड रियली केर अबाउट अस्? पुस्तिकाको चन्दा रु. ४.००-। यो उपलब्ध नहुने ठाउँमा विशेष मोल रु. ६.०० चन्दा लिएर १९२ पाना भएका पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। नोभेम्बर महिनामा प्रस्तुत गरिने यसप्रकारका पुस्तकहरू हामीसित अझै उपलब्ध छन् कि छैनन्, हेर्नुहोस्।
◼ सूचना: माथि दिएका कुनै पनि सामग्रीका लागि मण्डलीहरूले आडर अझसम्म पठाएका छैनन् भने सो अर्कोपटक लिटरेचर आडर फारम (एस-१४) पठाउने बेलामा गर्नुहोस्। गुजराती र तामीलमा लेट योर किङ्गडम कम र गुजरातीमा गुड न्युज—टु मेक यु ह्यापी १९२-पानाका पुस्तकहरू विशेष मोलमा दिने पुस्तकहरूमा समावेश छन्।
◼ उपलब्ध नयाँ प्रकाशनहरू:
अंग्रेजी: वाचटावर र अवेक! सजिल्द खण्डहरू - १९९२। फ्रेञ्च: अझसम्म बाँचेका सबैभन्दा महान पुरुष; मेकिङ्ग योर फ्यामिली लाइफ ह्यापी; ब्रोश्यिर: जेहोवास विट्नेसेज युनाइटेड्ली डुयिङ्ग गड्स विल वल्डवाइड; पञ्जाबी: ब्रोश्यिरहरू: हाम्रा समस्याहरू; डज गड रियली केर अबाउट अस? हिन्दी: अवेक! ब्रोश्यिर १३-१; नेपाली: अवेक! ब्रोश्यर १३-१; मल्यालम: रिजनिङ्ग फ्रम द स्क्रिपचर्स।
◼ पुनः उपलब्ध प्रकाशनहरू:
मल्यालम र हिन्दी पुस्तिका - इज देर अ गड हु केर्स? अंग्रेजी: गुड् न्युज फर अल नेशन्स.
◼ स्टकमा नभएका प्रकाशनहरू:
अंग्रेजी: किङ्गडम इन्टरलिन्यर बाइबल; द ग्रेटेस्ट म्यान हु एवर लिव्ड्. तामिल: लिस्निङ्ग टु द ग्रेट टीचर.
◼ हैदराबादमा १९९३ जिल्ला सम्मेलन आयोजित गरिने हलको ठेगाना: Basant Talkies, 3-4-379 Lingampally, Kachiguda X-Roads, Hyderabad.
मद्रास १९९३ जिल्ला सम्मेलन: केही समयअघि हामीले अपरान्ह १:०० बजे कार्यक्रम सुरु गर्ने विचारले अधिवेशन समय बद्लेका थियौं। तर अबभने हामीले प्रथम तीन दिनका लागि अधिवेशन सुरु गर्ने समयमा निम्न परिवर्तन ल्याउँदैछौं: बिहीवार: १:२० बजे अपरान्ह; शुक्रवार: बिहान ९:२० बजे; शनिवार: बिहान ९:२० बजे; आइतवार: १:०० बजे अपरान्ह। आइतवारको दिन अधिवेशन १:०० बजे अपरान्ह सुरु हुनेछ भनेर अघि गरिएको घोषणमा केही परिवर्तन भएको छैन।