हाम्रो सेवकाईमा निष्पक्षता दर्साउँनु
१ “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” सो पत्रुसले भने। (प्रेरित १०:३४, ३५) स्पष्टगरी व्यक्त त्यो सच्चाइलाई आज हामीले पनि आफ्नो सेवकाईमा पूरै मान्यता दिन्छौं। यसकारण सबैकहाँ सुसमाचार पुऱ्याउनमा बाधा दिने कुराहरूलाई हटाउन हामीले हर प्रयास गर्नु अत्यावश्यक छ।
२ कुनै कुनै क्षेत्रहरूमा प्रचार गर्दै घरघर जाँदा हाम्रो मण्डलीमा बोलिने भाषा नबोल्ने अथवा नबुझ्ने मानिसहरूसित पनि बेलाबेलामा हाम्रो भेट हुन्छ। भाषाको समस्याको कारण यस्ता मानिसहरूले हामीले प्रचार गरिरहेको राज्यको समाचारबाट पूरा लाभ उठाउन सक्तैनन्। यिनीहरूमध्ये बहिरोहरू पनि हुनसक्छन् जो इशाराद्वारा बोल्ने गर्छन्। यी मानिसहरूलाई प्रभावकारितासाथ सुसमाचार सुनाउनमा बाधा दिने भाषासम्बन्धी यो समस्यालाई कसरी हटाउन सकिन्छ?
३ सोसाइटीले १९९१ सालमा संयुक्त राष्ट्र अमेरिकाका सबै मण्डलीहरूलाई फरेन लेङ्गवेज फलो अप स्लिप S-70a फारम पठाएको थियो। कुनै एउटा मण्डलीको क्षेत्रमा बस्ने मानिसहरूलाई स्थानीय मण्डलीमा बोलिने भाषा नआए तापनि तिनीहरूको आफ्नै भाषामा अर्थात् बहिरोहरूले प्रयोग गर्ने इशाराको भाषामा समेत तिनीहरूलाई राज्यको समाचार सुन्ने मौका दिन ती फारमहरू उपलब्ध गराइएको हो।
४ तपाईंले प्रचार क्षेत्रमा कुनै बहिरो अथवा मण्डलीमा बोलिने भाषा नबुझ्ने व्यक्ति फेला पार्नु भयो भने यो फारम स्पष्टगरी भर्नु होस्। ती व्यक्तिले सच्चाइमा कुनै चासो व्यक्त नगरेमा पनि तपाईंले सो फारम भर्नु पर्छ। ती मानिसको नाउँ सायद तपाईंले पता लाउन नसक्नु होला। तापनि उनको ठेगाना र उनले बोल्ने भाषा चाहिं टिप्नुहोस्। यस फारमलाई राज्य सभागृहमा क्षेत्र सेवकाईको रिपोर्ट खसाल्ने बाकसभित्र हालिदिनु होस्। यी फारमहरू सेक्रेटेरीले जम्मा गर्नेछन्, तिनमा लेखिएको कुरा स्पष्ट छ छैन सो जाँच गर्नेछन् र त्यसपछि त्यहाँ सङ्केत गरिएको भाषा बोल्ने मानिसहरूको हेरविचार गर्ने सबैभन्दा नजिकको मण्डलीमा ती पठाइ दिनेछन्।
५ तर कुनै बेला यसो गर्नु आवश्यक नपर्ला। उदाहरणका लागि संयुक्त राष्ट्र अमेरिकामा स्पेनीश भाषा बोल्ने धेरै जसो मण्डलीहरूलाई स्पेनीश भाषा बोल्ने मानिसहरू बस्ने क्षेत्र थाह हुन्छ। तर कुनै बेला कुनै एउटा भाषा बोल्ने मानिसहरू जताततै फैलिएको पनि हुनसक्छ। अतः यो भाषा बोल्ने मण्डली वा ग्रुपले टाढा-टाढासम्म फैलिएका क्षेत्रहरूको हेरविचार गर्नु परेको हुनु सक्छ। यसकारण आफूले मदत दिन सक्ने मानिसहरूलाई फेला पार्ने सहायता पाउन तिनीहरू खुसी हुनेछन्।
६ चाहिएको भाषामा साक्षी दिन सक्ने कुनै मण्डली वा ग्रुप त्यस इलाकामा नभए तापनि सम्भवतः स्थानीय मण्डलीहरूमा कुनै एक जना प्रकाशक होला जसलाई त्यो भाषा बोल्न आउँछ र गएर साक्षी पनि दिन सक्छ। तर शहरको निरिक्षकसित सम्पर्क राखेपछि पनि त्यो भाषा बोल्ने कोही फेला परेन भने चाहिं स्थानीय भाइहरूले नै साक्षी दिने प्रबन्ध मिलाउन सक्दोभर प्रयास गर्नु पर्छ। यसप्रकारको परिस्थितिमा पृथ्वीमा जीवनको सधैंभरि आनन्द उठाउनुहोस् पुस्तिका धेरै नै काम आएको छ।
७ यी फलो अप स्लिपहरू प्रयोग गर्न प्रत्येक प्रकाशक सजग हुनु पर्छ। मण्डलीमा यो S-70a फारम छैन भने आवश्यक जानकारी एउटा सानो कागजमा लेखेर माथि उल्लिखित गरेबमोजिम बुझाइ दिनुहोस्। बेग्ला बेग्लै भाषा बोल्ने मानिसहरूलाई पनि सुसमाचार सुनाउन जोडतोडको प्रयास गऱ्यौं भने हामीले हाम्रो परमेश्वर यहोवाको प्रेम प्रतिबिम्बित गर्नेछौं किनभने “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ।”—१ तिमोथी २:४.