अक्टोबरका लागि सेवा सभाहरू
अक्टोबर ४-मा प्रारम्भ हुने हप्ता
गीत २२५ (२१)
१० मि०: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई बाट उपयुक्त घोषणाहरू। स्थानीय क्षेत्रमा नयाँ पत्रिकाहरू प्रयोग गर्ने तरिकाहरू बताउनुहोस्। जस-जसलाई पहिले पत्रिकाहरू दिइएका थिए तिनीहरूकहाँ पत्रिका पथ कायम गर्ने उद्देश्यले फेरि जाने कुरामा जोड दिनुहोस्। घरधनीहरूले साँच्चैको चासो देखाएका छन् भने वार्षिक ग्राहक हुने सुझाउ दिन सकिन्छ।
१५ मि०: “के तपाईं आफ्नो उपासना-स्थललाई श्रद्धा गर्नुहुन्छ?” जून १५, १९९३-को प्रहरीधरहरामा भएको लेखमा आधारित प्राचीनद्वारा भाषण। त्यसमा भएका जानकारीलाई स्थानीय परिस्थितिहरूमा प्रयोग गर्नुहोस्। कुनै खास प्रकारको समस्यालाई समाधान गर्नु परेको छ भने निपुणतासाथ उपयुक्त सल्लाह दिनुहोस्।
२० मि०: अक्टोबर महिनाको दौडान घरघरको सेवकाईमा तरक्की गर्नुहोस्। घरघरको सेवकाईको महत्त्वबारे सेवा निरिक्षक अथवा कुनै योग्य भाइले श्रोताहरूसँग छलफल गर्छन्। अक्टोबर महिनामा अनेक थरिका साहित्यहरू प्रस्तुत गर्ने मौका भएको हुनाले तिनीहरूलाई विविध ढङ्गमा प्रस्तुत गर्न सकिन्छ। यी प्रदर्शनीहरू प्रस्तुत गर्नुहोस्: (१) प्रकाशकले वार्तालाप सुरु गर्दै नयाँ अवेक! अथवा प्रहरीधरहरा-को कुनै एउटा लेखप्रति ध्यान आकर्षित गराउँछन्। घरधनीले देखाएको चासोलाई ध्यानमा राख्दै प्रकाशकले तिनलाई नयाँ पत्रिकाहरू वा कुनै एउटा पर्चा दिन सक्छन्। (२) म्यानकाइन्ड्स सर्च फर गड पुस्तकतर्फ घरधनीको ध्यान आकर्षित गर्न, प्रकाशकले वार्तालाप सुरु गर्छन्। परिस्थितिलाई विचार गर्दै प्रकाशकले सो पुस्तक वा दुइटा पत्रिकाहरू दिने विचार गर्न सक्नेछन्। (३) प्रकाशकले एउटा अनौपचारिक वार्तालाप सुरु गर्न पर्चाको प्रयोग गर्दछन् र त्यसपछि चासो देखाउने व्यक्तिलाई नयाँ पत्रिकाहरू देखाउँछन्। (४) पत्रिका पथमा जाँदा प्रकाशकले वार्षिक ग्राहक हुने सुझाउ दिने विचार गर्दछन्। यसप्रकारको विविधताले सबै नै प्रकाशकहरूलाई अक्टोबर महिनाको दौडान घरघरको सेवकाईमा तरक्की गर्ने प्रोत्साहन दिनेछ। जरुर पनि यस महिनामा मण्डलीका कसै कसैले सहायक अग्रगामी सेवामा पनि भाग लिनेछन्। सहायक अग्रगामी सेवामा भाग लिन सक्ने अरूहरूले पनि आफ्नो नाउँ दर्ता गराउने अझै समय छ।
गीत ४२ (१८) र समापन प्रार्थना।
अक्टोबर ११-मा सुरु हुने हप्ता
गीत ४ (१९)
१० मि०: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र प्राप्त चन्दा पनि समावेश गर्नुहोस्। सोसाइटीले गरिरहेको विश्वव्यापी कार्य साथै स्थानीय आवश्यकताहरूलाई मदत पुऱ्याएका लागि मण्डलीको सराहना गर्नुहोस्। त्यस हप्ताका लागि गरिएको क्षेत्र-सेवकाई प्रबन्धहरू छोटकरीमा बताउनु होस् र प्रकाशकहरूले गरेको उत्साहपूर्ण समर्थनका लागि मूल्याङ्कन जाहेर गर्नुहोस्।
१५ मि०: “घरघर जाँदा हाम्रा पत्रिकाहरूको प्रयोग गर्न।” श्रोताहरूसँग छलफल। क्षेत्र-सेवकाईमा र अनौपचारिक साक्षी दिंदा हामीले भेटेका मानिसहरूलाई पत्रिकाहरू प्रस्तुत गर्दा उत्साहित हुने हामीसँग राम्रा कारणहरू छन्। पत्रिकाहरूमा मितिछाप भए तापनि र पत्रिका वितरण गर्ने दिनमा नयाँ अङ्कहरू प्रस्तुत गर्नु नै उचित हो भने पनि आवश्यक परेमा पुराना पत्रिकाहरू प्रस्तुत गर्नु हामी हिचकिचाउनु हुँदैन। तथापि तपाईंले प्रयोग गर्नु हुने पत्रिकाहरू हेर्नमा सफा र कुनै दाग आदि नभएको हुनुपर्छ। अनुच्छेद ४-मा भएको कुरालाई योग्य प्रकाशकद्वारा प्रदर्शित गर्नुहोस्।
२० मि०: “के तपाईंका छोरा-छोरीहरू प्रकाशक भएका छन्?” यस लेखलाई प्रश्नोत्तरद्वारा सञ्चालन गर्नुहोस्। समयले भियाएमा अनुच्छेदहरू र उल्लिखित शास्त्र-वचनहरू पढ्नुहोस्। आफ्ना छोरा-छोरीहरूलाई प्रकाशक हुन कसरी प्रशिक्षण दिन्छन् भनेर आमा-बाबुलाई छोटकरीमा भन्न लगाउनुहोस्।
गीत १५७ (७३) र समापन प्रार्थना।
अक्टोबर १८-मा सुरु हुने हप्ता
गीत ६५ (३६)
५ मि०: स्थानीय घोषणाहरू। ईश्वरतान्त्रिक समाचार।
१५ मि० “हाम्रो सेवकाईमा निष्पक्षता दर्साउँनु।” प्रश्नोत्तर छलफल। स्थानीय क्षेत्रमा विशेष रूपले उपयुक्त हुन सक्ने यस विषयका खास खास कुराहरूमाथि जोर दिनुहोस्।
१५ मि०: “चासो देखाउनेहरूलाई ध्यान दिनुहोस्।” श्रोताहरूलाई केही प्रश्नहरू सोध्दै एउटा भाषण दिनुहोस्। प्रकाशकहरूले स्थानीय क्षेत्रका मानिसहरूमा कसरी चासो बढाएका छन् भनेर प्रदर्शन गर्नुहोस्। अथवा अवेक! र प्रहरीधरहरा-का बेग्ला-बेग्लै अङ्कहरू लिनेहरूकहाँ फर्केर जानु कति लाभदायक हुनसक्छ, सो प्रदर्शित गर्ने आफ्नो कुनै अनुभव एक जना प्रकाशकलाई भन्न लगाउनुहोस्।
१० मि०: स्थानीय आवश्यकताहरू अथवा जुलाई १, १९९३-को प्रहरीधरहरा-को प्रथम लेखमा आधारित “प्राचीन मसीहीहरू र संसार” बारे जोशिलो भाषण। प्राचीन मसीहीहरूको उदाहरणको अनुकरण गर्नु आज हाम्रोलागि कति आवश्यक छ भन्ने कुरामा विशेष जोर दिनु होस्।
गीत ६० (४०) र समापनको प्रार्थना।
अक्टोबर २५-मा सुरु हुने हप्ता
गीत ७५ (२२)
१० मि०: स्थानीय घोषणाहरू। यस हप्ताको क्षेत्र सेवकाई प्रबन्धलाई समावेश गर्नुहोस् र आउने दिनहरूमा क्षेत्र-सेवकाईमा प्रयोग गर्न सकिने नयाँ पत्रिकाहरूका बुँदाहरूप्रति विशेष ध्यान आकर्षित गर्नुहोस्। समय भएमा स्थानीय क्षेत्रका लागि उपयुक्त हुन सक्ने किसिमका एक वा दुई प्रस्तुतिहरू छोटकरीमा प्रस्तुत गर्नुहोस्। चासो देखाउने व्यक्तिहरूकहाँ फर्केर जाने आवश्यकतालाई फेरि जोर दिनुहोस्।
१५ मि०: शोकितहरूलाई सान्त्वना दिन तयार रहनुहोस्। (रिजनिङ्ग पुस्तकका १०२-४ पानाहरूमा आधारित)। (३ मि०) मृत्युसित सम्बन्धित सबै नै प्रथाहरूलाई यहोवाका साक्षीहरू इन्कार गर्दैनन् भनेर यो भाषण सञ्चालन गर्ने भाइले भन्नेछन्। (५ मि०) यहोवाका साक्षीहरू किन मरेकाहरूका लागि शोक मनाउने केही खास परम्परागत प्रथाहरूबाट अलग्ग रहन्छन्, सो यहोवाको एक जना साक्षीले रिजनिङ्ग पुस्तकका १०२-३ पानाहरूमा भएका बुँदाहरूलाई आधार बनाउँदै आफ्नो साथीलाई सम्झाएको प्रदर्शन गर्नुहोस्। (७ मि०) पाना १०३-४-मा दिएको “कसैले यसो भन्छ भने—” अन्तर्गत भएको विषयलाई श्रोतासँग छलफल गर्नुहोस्।
२० मि०: “गृह बाइबल अध्ययन सञ्चालन गर्न।” यस लेखलाई प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्। अध्ययन गरिरहेको अनुच्छेदमा भएको जानकारीलाई त्यहाँ उल्लिखित शास्त्रपदले कसरी समर्थन गर्दछ भन्ने कुरा बुझ्न प्रकाशकले विद्यार्थीलाई मदत गरिरहेको एउटा राम्ररी तयार पारिएको प्रदर्शन देखाउनुहोस्। त्यसै प्रदर्शनीमा प्रकाशकले थप प्रश्नहरूको प्रयोग गर्दै विद्यार्थीलाई सच्चाइ अपनाउन मदत दिन्छन्। युनाइटेड इन वर्शिप वा सधैंभरि बाँच्न पुस्तकका उपयुक्त भागलाई प्रयोग गर्नुहोस्।
गीत ७८ (२९) र समापनको प्रार्थना।