प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 डिसेम्बर
  • दिसम्बरका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दिसम्बरका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९३
  • उपशीर्षकहरू
  • दिसम्बर ६-मा प्रारम्भ हुने हप्ता
  • दिसम्बर १३-मा सुरु हुने हप्ता
  • दिसम्बर २०-मा सुरु हुने हप्ता
  • दिसम्बर २७-मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९३
km93 डिसेम्बर

दिसम्बरका लागि सेवा सभाहरू

दिसम्बर ६-मा प्रारम्भ हुने हप्ता

गीत २०५ (११८)

१० मि०: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई बाट उपयुक्‍त घोषणाहरू।

२० मि०: “अरूहरूलाई परमेश्‍वरको पुत्र येशू ख्रीष्टबारे सिक्ने मदत दिनुहोस्‌।” प्रश्‍नोत्तर। अनुच्छेद २-मा (अनुभवी प्रकाशकद्वारा) र अनुच्छेद ४-मा (नयाँ प्रकाशकद्वारा) प्रदर्शन प्रस्तुत गर्नुहोस्‌। घर-घरको र अनौपचारिक साक्षी दिंदा सबैभन्दा महान पुरुष पुस्तक चलाउन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि०: “पत्रिका वितरणका लागि छुट्टै समय निकाल्नुहोस्‌।” श्रोतागणसित छलफल गर्दै दिने भाषण। स्थानीय क्षेत्रमा भेटिने विभिन्‍न थरीका मानिसहरूलाई नयाँ पत्रिकाहरूबाट बेग्ला-बेग्लै लेखहरू प्रस्तुत गर्न सकिने कुरा अनुच्छेद ३-माथि विचार गर्दा प्रदर्शित गर्नुहोस्‌।

गीत १६९ (२८)  र समापन प्रार्थना

दिसम्बर १३-मा सुरु हुने हप्ता

गीत १४६ (८०)

१० मि०: स्थानीय घोषणाहरू, लेखा रिपोर्ट, र चन्दा प्राप्तिको जानकारी। स्थानीय आवश्‍यकताहरू, सोसाइटीको राज्य सभा-गृह फन्ड, र सोसाइटीको विश्‍वव्यापी कार्यका लागि खुला हृदयले समर्थन गरेकोमा मण्डलीको सराहना गर्नुहोस्‌। यस सप्ताहन्त क्षेत्र-सेवकाईमा प्रयोग गर्न सकिने प्रस्तावनाहरूबारे एक-दुई कुरा भन्‍नुहोस्‌।

२० मि०: “बाइबलका आफ्ना विद्यार्थीहरूको हृदयलाई प्रभावित पार्नु होस्‌।” प्रदर्शनीसाथ प्रश्‍नोत्तर। मण्डलीका सबैले नै सिकाउने कलाको विकास गर्नुपर्छ भन्‍ने कुरामा जोड दिनुहोस्‌।। अनुच्छेद ३-माथि विचार गरी सकेपछि सँधै बाँच्न सक्नुहुन्छ पुस्तकको परिच्छेद १-को १३ र १४ अनुच्छेदहरूमा भएका शास्त्रपदहरू र प्रश्‍नहरूलाई प्रयोग गर्दै बाइबल विद्यार्थीसित कसरी तर्क गर्न सकिन्छ, ती प्रकाशकले प्रदर्शित गर्दछ।

१५ मि०: “वार्षिक पुस्तक—प्रोत्साहनको खजाना।” उद्धृत गरिएका शास्त्रपदहरू माथि कसरी जोड दिन सकिन्छ भनेर एउटा उत्साहप्रद भाषण। जनवरी १, १९८६, जनवरी १, १९८७, र जनवरी १, १९९०-का अंग्रेजी द वाचटावर-को पाना ३२-मा पाइने लेख वा तपाईंको आफ्नो भाषाको वाचटावर-मा पाइने उपयुक्‍त अनुभवहरू राम्ररी तयारी गरेर आएका प्रकाशकलाई भन्‍न लाउनुहोस्‌।

गीत १६५ (८१) र समापन प्रार्थना।

दिसम्बर २०-मा सुरु हुने हप्ता

गीत १८९ (९०)

१५ मि०: स्थानीय घोषणाहरू। दिसम्बर २५-मा विशेष साक्षी दिने कामका लागि गरिएको स्थानीय प्रबन्धबारे भन्‍नुहोस्‌।

२० मि० “दिसम्बर महिनाभरि गृह-बाइबल अध्ययन सुरु गर्ने।” श्रोतागणसित छलफल। अनुच्छेद ४-माथि छलफल गर्दा पुनःभेटमै बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ सो प्रदर्शन गर्नुहोस्‌। सम्भव भएमा प्रत्येक महिना एउटा गृह-बाइबल अध्ययन संचालन गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१० मि०: “नयाँ सर्कट सम्मेलनको कार्यक्रम।” प्रश्‍नोत्तरद्वारा छलफल। यस प्रकारका सम्मेलनहरूमा उपस्थित हुँदा उठाउन सकिने लाभहरूको जिकिर गर्नुहोस्‌ र आउने सम्मेलनहरूका केही कुराहरूमाथि प्रकाश पार्नुहोस्‌

गीत ६१ (१३) र समापन प्रार्थना।

दिसम्बर २७-मा सुरु हुने हप्ता

गीत ३७ (९४)

१० मि०: स्थानीय घोषणाहरू र ईश्‍वरतान्त्रिक समाचारहरू। जनवरी १-मा हुने विशेष साक्षी-कार्यक्रमबारे सूचना दिनुहोस्‌। जनवरीमा तपाईंको क्षेत्रमा प्रस्तुत गरिने साहित्यलाई कसरी प्रयोग गर्नु भनेर प्रदर्शन गर्नुहोस्‌।

२० मि०: लागू पदार्थ प्रयोग गर्नमा के खराबी छ र? स्कूलमा जथाभावी लागू पदार्थ चलन-चल्ती भएको कुराबारे दुई जना किशोर प्रकाशकहरू प्राचीनसित छलफल गर्दछन्‌। प्रकाशकहरू भन्छन्‌ कि केही नौजवानहरूको भनाइअनुसार कहिलेकाहीं लागू पदार्थको सेवन गरेमा केही हर्जा छैन। प्राचीन स्वीकार्दछन्‌ कि तिनको पालामा भन्दा अहिले स्कूलको अवस्था धेरै नै बिग्री सकेको छ। बाइबलमा लागू पदार्थहरूका सम्बन्धमा किटेर त केही भनिएको छैन तर लागू पदार्थहरूको प्रयोग गर्ने सम्बन्धमा रिजनिङ्‌ग पुस्तकका १०६-१२ पानाहरूमा एउटा मार्ग-निर्देशन पाउन सकिन्छ। ती किशोरहरूले शास्त्रपदहरू पढ्‌दछन्‌ र त्यो विषयमाथि जसै छलफल हुँदै जान्छ प्राचीन तिनीहरूसित तर्क गर्छन्‌। साथीहरूको दबाउबाट जोगिन तिनीहरूलाई कुन विभिन्‍न कुराहरूले मदत दिनेछ सो किशोरहरूले आफ्ना सुझावहरू दिन्छन्‌।

१५ मि०: “स्थानीय आवश्‍यकताहरूबारे अथवा अगस्त १५, १९९३-को अर्ध-मासिक द वाचटावर-का पानाहरू २७-३० मा भएको “मसीहीहरूले बुढा-पाकाहरूको मदत कसरी गर्न सक्छन्‌” भन्‍ने विषयमा आधारित भाषण। मासिक रूपमा छापिने प्रहरीधरहरा-को प्रयोग गर्ने मण्डलीहरूमा चाहिं अक्टोबर १, १९९३-मा स्थानीय भाषामा छापिएको लेख “पर्खन सिक्नुको समस्या” मा आधारित भाषण। (यो लेख अक्टोबर १५, १९९३-को अंग्रेजी र द्वय-मासिक अङ्‌कमा पाइन्छ।)

गीत १२० (२६) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने