प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जनवरी p. ६
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 जनवरी p. ६

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू

जनवरी: डज्‌ गड रियली केर अबाउट अस्‌? पुस्तिकाको चन्दा रु. ४.००-। यो उपलब्ध नहुने ठाउँमा विशेष मोल रु. ६.०० चन्दा लिएर १९२ पाना भएका पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। यस प्रकारका निम्नलिखित पुस्तकहरू हामीसित उपलब्ध छन्‌: अंग्रेजी: डिड म्यान गेट हियर बाई एभोल्युशन अर बाई क्रियेशन? र इज दिस लाइफ अल देर इज? गुजराती: गुड न्युज—टु मेक यु ह्‍यापी, “लेट योर किङ्‌गडम कम” र द ट्रुथ द्याट लिड्‌स टु इटरनल लाइफ; हिन्दी: गुड न्युज—टु मेक यु ह्‍यापी र “लेट योर किङ्‌गडम कम;” कन्‍नड: गुड न्युज—टु मेक यु ह्‍यापी, “लेट योर किङ्‌गडम कम” र “थिंङ्‌गस्‌ इन विच इट इज इम्पोसिबल फर गड टु लाइ;” मराठी: लेट योर किङ्‌गडम कम,” लिस्निङ्‌ग टु द ग्रेट टिचर; तामिल: इज दिस लाइफ अल देर इज? र “लेट योर किङ्‌गडम कम;” तेलगु: इज दिस लाइफ अल देर इज? र मेकिङ्‌ग योर फ्यामिलि लाइफ ह्‍याप्पी।

फरबरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ। ठूलो साइज पुस्तक रु. ४०.०० र सानोको चाहिं रु. २०.०० चन्दा स्वरुप लिएर दिन सक्नुहुन्छ।

मार्च: चन्दा स्वरूप रु. २०.०० लिएर क्वेस्चन्स यङ्‌ग पिपल आस्क—आन्सर्स द्याट वर्क (अंग्रेजी, मलायलम, र तामीलमा उपलब्ध छ) पुस्तक दिन सकिन्छ। जहाँ यो उपलब्ध छैन, चन्दा स्वरूप रु. ४० लिएर पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक दिन सक्नुहुन्छ (सानो साइजको रु. २०)। साथै, एउटाको रु. ६ लिएर १९२-पाना भएका पुस्तकहरू विशेष मोलमा दिन सक्नुहुन्छ।

अप्रिल र मई: द वाचटावर-को वार्षिक ग्राहक शुल्क-दर रु. ६०.००। अर्ध-वार्षिक ग्राहक शुल्क-दर र मासिक संस्करणको वार्षिक ग्राहक शुल्क-दर रु. ३०.००। (मासिक संस्करणहरूका लागि अर्ध-वार्षिक ग्राहक हुने सुविधा छैन।)

सूचना: माथि दिएका कुनै पनि सामग्रीका लागि मण्डलीहरूले आडर अझसम्म पठाएका छैनन्‌ भने अर्को पटक लिटरेचर आडर फारम (S-14) पठाउने बेलामा सो पठाउनुहोस्‌।

▪ अप्रिल र सम्भवतः मई महिनामा समेत सहायक अग्रगामी हुनका लागि मण्डलीका सबै जनाले विशेष प्रयास गर्नुहोस्‌ भनी हामी प्रोत्साहन दिन चाहन्छौं। अथवा अप्रिलमा गर्न सक्नुहुन्‍न भने पनि मई महिनामा त गर्नुहोस्‌। यो थप गतिविधिलाई ध्यानमा राखेर अप्रिल र मई महिनाका लागि अतिरिक्‍त पत्रिकाहरू चाहने मण्डलीहरूले विशेष आडर जनवरी ३०, १९९४-भन्दा अगाडि नै पठाउनु पर्छ।

▪ स्मरणार्थको समारोह शनिवार, मार्च २६-का दिन सूर्यास्तपछि मनाइने भएकोले मण्डलीहरूले त्यसका लागि सुबिधाजनक प्रबन्ध मिलाउनु पर्छ। प्रत्येक मण्डलीले स्मरणार्थ समारोह बेग्ला बेग्लै मनाउन चाहे तापनि यो सधैं सम्भव नहोला। थुप्रै मण्डलीहरूले साधारणतया एउटै राज्य सभा-गृहको प्रयोग गरिने ठाउँमा त्यस साँझका निम्ति एक वा बढी मण्डलीहरूले बेग्लै ठाउँको प्रबन्ध गर्न सके बेस हुनेछ। स्मरणार्थ समारोह धेरै ढिलो सुरु नगर्नुहोस्‌, अन्यथा चासो लिने नयाँ व्यक्‍तिहरूलाई त्यहाँ उपस्थित हुन सुबिधाजनक हुनेछैन। साथै, एउटै सभा-गृहलाई एकभन्दा बढी मण्डलीहरूले प्रयोग गर्दै हुनुहुन्छ भने सभा समयमा थोरै अन्तर नराख्नु होस्‌ किनभने त्यसो गर्दा समारोह अघि र पछि एक अर्कासित कुराकानी गर्न, कसै कसैलाई चाहिने आवश्‍यक आत्मिक सहयोग पुऱ्‍याउने प्रबन्ध मिलाउन, वा त्यहाँ उपस्थितहरू बीच प्रोत्साहनको आदान-प्रदान गर्न सकिने समय नै हुने छैन। यी सारा कुराहरूलाई ध्यानमा राखेर स्मरणार्थ समारोहमा उपस्थित हुने सबैले नै पूरा लाभ उठाउन सकून्‌ भनेर के गर्न सकिन्छ सो व्यवस्था मिलाउने निर्णय प्राचीनहरूले गर्नुपर्छ।

▪ १९९४ सालको स्मरणार्थ अवधिमा दिइने विशेष आम-भाषण सारा संसारभरि आइतबार, अप्रिल १०-का दिन दिइने छ। भाषणको विषय हुनेछ, “के मानव समाजलाई मदत दिन धर्म असमर्थ भइरहेछ?” यस भाषणको रूपरेखा पठाइनेछ। त्यस सप्ताहन्तमा सर्कट निरीक्षकको भ्रमण, सर्कट सम्मेलन, वा विशेष सम्मेलन दिवसमा व्यस्त हुने मण्डलीहरूले त्यसपछिको हप्तामा विशेष भाषणको प्रबन्ध गरे हुन्छ। अप्रिल १०-भन्दा पहिले कुनै पनि मण्डलीमा विशेष भाषण हुनुहुँदैन।

▪ एक वर्षसम्म पुग्ने जति सेवकाई फारमहरू सबै नै मण्डलीहरूलाई पठाइ सकिएको छ। उपयुक्‍त फारमहरू सम्बन्धित भाइहरूलाई बाँड्‌न मण्डलीको सचिवलाई सजिलो होस्‌ भनेर फारमहरूका साथमा एउटा चेकलिस्टसमेत पठाइएको थियो। चेकलिस्टमा दिएको तारिखभन्दा पुरानो कुनै पनि फारमहरू आफूसित छन्‌भने तीनलाई तुरुन्तै च्यातिदिनुहोस्‌। कृपया म्याद गुजरेका फारमहरूको प्रयोग नगर्नुहोस्‌। वर्षभित्र अझ थप फारमहरू चाहिएमा नियमित लिटरेचर आडर फारम (S-14) लाई प्रयोग गरेर आडर पठाउनुहोस्‌ तर कृपया दिसम्बर १९८४-सम्मका लागि पुग्नेजति मात्र आडर गर्नुहोस्‌।

▪ मध्य भारतमा हालसालै गएको भुइँचालोले हाम्रा भाइहरूलाई केही नोक्सान पारेको छ छैन भनेर थाह गर्ने इच्छा र चिन्ता तपाईंहरू धेरैले व्यक्‍त गर्नु भएको छ। भुइँचालो गएको क्षेत्रमा बस्ने साक्षीहरूको सुरक्षाबारे हामीलाई धेरैले सोधि पठाए। यसप्रकार सोधपूछ गर्नका साथै सहयोगसमेत दिने इच्छा व्यक्‍त गर्नु हुँदै आफ्नो भाइचारा, भातृ-प्रेम र सकृय मसीही प्रेम दर्शाउनु भएकोमा हामी धेरै नै खुशी छौं। तर खुशीको कुरा के हो भने कुनै चोटपटक वा धन-मालको हानि हुनबाट हाम्रा भाइहरू नराम्रोगरी प्रभावित भएको कुनै पनि सूचना हामीसित छैन। हामी यहाँ लोनावला लगायत अरू विस्तृत क्षेत्रका साक्षी परिवारहरूले भुइँचालोको झट्‌को अनुभव गरे र सानुतिनु नोक्‌सानी भएको छ तर साक्षीहरूका घरहरूलाई वा तिनीहरूको शरीरलाई कुनै ठूलो हानि-नोकसानी भएको केही प्रमाण हामीले पाएका छैनौं। तपाईंहरूले देखाउनु भएको मायालु चासोका लागि हामी तपाईंलाई धन्यबाद दिन्छौं। भुइँचालो हामीहरू बाँचिरहेका अन्तिम दिनहरूको चिन्हको एउटा भाग हो। हाम्रो प्रार्थना छ कि यी कठिन समयमा केही हदसम्म सुरक्षित रहेर यहोवाको निरन्तर सेवा गरिरहन सकौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने