प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 फेब्रुअरी p. २
  • फेब्रुअरीका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरीका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
  • उपशीर्षकहरू
  • फेब्रुअरी ७-मा प्रारम्भ हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९४
km94 फेब्रुअरी p. २

फेब्रुअरीका लागि सेवा सभाहरू

फेब्रुअरी ७-मा प्रारम्भ हुने हप्ता

गीत १३१ (४४)

१५ मि०:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट लिइएका खास घोषणाहरू। नयाँ पत्रिकाहरूका विषयहरू प्रयोग गर्दै पत्रिका प्रस्तुत गर्न सकिने तरिकाहरू देखाउनुहोस्‌। प्रश्‍न पेटीमा दिएका मुख्य बुँदाहरूमाथि छलफल गर्नुहोस्‌।

२० मि०:“परमेश्‍वरको शान्तिमय राज्यप्रति जिज्ञासा बढाउनु होस्‌।” श्रोतागणसित छलफल। दुईवटा प्रदर्शनीहरू प्रस्तुत गर्नुहोस्‌। अनुच्छेद २-माथि विचार गरी सकेपछि व्यस्त घरधनीलाई पर्चा कसरी दिन सकिन्छ सो देखाउनुहोस्‌। पुनःभेटका लागि पूर्वाधार बसाल्ने प्रकारको प्रश्‍न प्रकाशकले घरधनीलाई श्रद्धापूर्वक सोध्नु पर्छ। अनुच्छेद ३-मा घरधनीले चासो देखाएको र प्रकाशकले सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक घरधनीसित छाडेको प्रदर्शित गर्नुहोस्‌। यस प्रदर्शनीमा पनि पुनःभेटका लागि पूर्वाधार बसालेको देखाउनु पर्छ।

१० मि०:के तपाईं अप्रिल महिनामा सहायक अग्रगामी हुन सक्नुहुन्छ? पहिले पहिले पनि मण्डलीका विशेष गतिविधिहरूमा भाग लिंदै गरिएका कामकुराहरूको सराहना गर्ने उत्साहवर्धक भाषण एक जना प्राचीनले दिनेछन्‌। मार्च महिनामा सहायक अग्रगामी हुन प्रकाशकहरूलाई प्रोत्साहित गर्नुहोस्‌ तर खास गरी अप्रिल महिनामा ज्यादासे ज्यादा प्रकाशकहरूलाई सहायक अग्रगामी हुन उत्साहित पार्नु होस्‌।

गीत १३७ (१०५)  र समापन प्रार्थना

फेब्रुअरी १४-मा सुरु हुने हप्ता

गीत १२६ (१०)

१० मि०:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। चन्दाहरू पठाएकोमा सोसाएटीले लेखिपठाएको मूल्याङ्‌कन अभिव्यक्‍ति सुनाउनुहोस्‌ र स्थानीय मण्डलीका आवश्‍यकताहरूलाई वफादारीसाथ पूरा गरिदिएकोमा मण्डलीको सराहना गर्नुहोस्‌। सप्ताहन्तको क्षेत्र गतिविधिमा भागलिन प्रोत्साहन दिनुहोस्‌ र क्षेत्र सेवकाईसम्बन्धी प्रबन्धहरू बताउनु होस्‌।

२० मि०:“अर्थपूर्ण पुनःभेटहरूद्वारा आध्यात्मिक विकास गराउनमा सहयोग पुऱ्‍याउनु होस्‌।” प्रश्‍नोत्तर छलफल। अनुच्छेद ३-मा आधारित पुनर्भेट प्रदर्शित गर्नुहोस्‌। एकै भेटमा ज्यादै धेरै कुराहरू छलफल गर्नु राम्रो होइन भनेर सबैलाई सचेत गराउनु होस्‌। साथै, आउँदो भेटका लागि घरधनीको मनमा उत्सुकता जगाउनमाथि जोड दिनु होस्‌।

१५ मि०:“सबै जातिहरूमध्ये घृणित।” अनुभवी प्राचीनद्वारा भाषण।

गीत १२२ (९४) र समापन प्रार्थना।

फेब्रुअरी २१-मा सुरु हुने हप्ता

गीत १९८ (५०)

५ मि०:स्थानीय घोषणाहरू।

१५ मि०“यहोवाको ज्येष्ठ पुत्रलाई हार्दित स्वागत गर्नुहोस्‌!” प्रश्‍नोत्तर छलफल। स्मरणार्थ समारोह र त्यसपछिको आम भाषणमा उपस्थित हुन आमन्त्रित गरिने व्यक्‍तिहरूको लिस्ट बनाउन सबैलाई प्रोत्साहित पार्दै प्राचीनले स्नेहपूर्ण र जोसिलो ढङ्‌गमा यसभागलाई सञ्चालित गर्नेछन्‌। अनुच्छेद ७-मा भएका बुँदाहरूलाई प्रदर्शित गर्नुहोस्‌। राज्य सभा-गृहमा आएर यताउता हेर्ने व्यक्‍तिको नजिक गएर सोधपूछ गर्न प्रकाशकलाई अह्राउनुहोस्‌। अर्को शहरमा बस्ने नातेदारहरूले उसलाई यहाँ उपस्थित हुन प्रोत्साहित गरेको हुनाले ऊ आएको हो भनी उसले प्रकाशकलाई भन्‍नेछ। आफू र आफ्नो परिवारका साथमा बस्न उसलाई आमन्त्रित गर्दै प्रकाशकले आफ्नो बाइबल र गीतको पुस्तक देखाउँछन्‌। त्यस व्यक्‍तिको कुनै प्रश्‍नहरू छन्‌ भने सभापछि त्यसको उत्तर दिन प्रकाशक तयार छन्‌, सो उसलाई बताइ दिनु पर्छ। मण्डलीले कतिबेला स्मरणार्थको समारोह मनाउने हो सो भनेर भाषण सिद्धयाउनु होस्‌।

१० मि०:बाइबल—प्रोत्साहनको हाम्रो सबैभन्दा असल स्रोत। रीजनिङ्‌ग पुस्तकको ११७-२१ पानाहरू। प्राचीनद्वारा भाषण। मण्डली भित्र र बाहिरका धेरै जनालाई प्रोत्साहनको खाँचो छ। मण्डलीका प्रत्येक प्रकाशकले अरूहरूलाई प्रोत्साहन दिन परमेश्‍वरको वचन कसरी प्रयोग गर्न सक्छन्‌, सो बताउनुहोस्‌।

१५ मि०:“यहोवाका कार्यहरूलाई सम्झनु धेरै नै लाभदायक हुन्छ!” यस लेखको १-देखि ११ अनुच्छेदसम्मको छलफल। यस पुस्तकलाई सपरिवार मिलेर अथवा व्यक्‍तिगत तवरमा पढ्‌ने कार्यक्रम हुने भाइहरूले पहिलेबाटै तयार गरेका दुइटा टिप्पणीहरू दिने प्रबन्ध मिलाउनु होस्‌। आफूले सिकेका कुराहरू मध्ये तिनीहरूले कुन चाहिं कुराको विशेष मोल गर्छन्‌, सो बताउन लाउनु होस्‌।

गीत २०८ (७४) र समापन प्रार्थना।

फेब्रुअरी २८-मा सुरु हुने हप्ता

गीत २१९ (८)

५ मि०:स्थानीय घोषणाहरू। मार्च महिनामा प्रस्तुत गरिने साहित्यबारे जानकारी दिनु।

१५ मि०:“यहोवाका कार्यहरूलाई सम्झनु धेरै नै लाभदायक हुन्छ!” यस लेखको अनुच्छेद १२-२०-माथि प्रश्‍नोत्तरद्वारा विचार गर्नु। सम्बन्धित पुस्तक पढेर लाभ उठाएका प्रकाशकहरूलाई दुइटा राम्ररी तयार पारेका टिप्पणीहरू दिन लाउनु होस्‌।

१५ मि०:“आफ्नो मण्डलीको आम-सभा कार्यक्रमलाई पूर्ण समर्थन दिनु होस्‌।” भाषणको रूपमा प्रस्तुत गर्नु भए तापनि बी-बीचमा एक दुईवटा प्रश्‍नहरू समाविष्ट गरे हुन्छ। चासो राख्ने व्यक्‍तिहरू प्रथम पटक आम सभामा उपस्थित हुँदा तिनीहरूको राम्ररी स्वागत कसरी गर्न सकिन्छ, सो बताउनु होस्‌। नियमित तवरले आम सभामा उपस्थित हुँदा प्रकाशकले कसरी लाभ उठाउन सके, सो एक जना प्रकाशकलाई पहिलेबाटै तयारी गरेर आएको टिप्पणी गर्न लाउनुहोस्‌।

१० मि०:“अनावश्‍यक दया देखाउनदेखि होसियार रहनु होस्‌”। एउटा भाषण।

गीत १९७ (५७) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने