प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 फेब्रुअरी p. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९२
  • स्थानीय र विश्‍वव्यापी तवरमा राज्यसम्बन्धी गतिविधिलाई सहयोग गर्नुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • हाम्रो उपासना स्थललाई राम्रो अवस्थामा राखौं
    हाम्रो राज्य सेवकाई—२००३
  • उपासनास्थलको निर्माण तथा हेरविचार
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 फेब्रुअरी p. २

प्रश्‍न पेटी

▪ मण्डलीमा प्रस्तावहरू प्रस्तुत गर्दा कुन प्रक्रिया अपनाउनु पर्छ?

सम्पत्ति खरीद गर्ने, राज्य सभा-गृह बनाउने वा मरम्मत गर्ने, सोसाइटीलाई विशेष अनुदान पठाउने, अथवा क्षेत्र-निरीक्षकको खर्च बेहोर्ने निर्णय लिनु पर्दा प्रस्तावको आवश्‍यकता पर्छ। मण्डली कोषबाट रकम जति पटक चलाइन्छ, उति नै पटक प्रस्ताव प्रस्तुत गरेर मण्डलीको अनुमति लिनु बेस हो।

तर, विश्‍वव्यापी प्रचार कार्यका निम्ति सोसाइटीलाई प्रत्येक व्यक्‍तिले जे जति अनुदान गरी रहेको छ त्यस बाहेक मण्डलीले प्रत्येक महिना खास रकम अनुदान दिने अथवा राज्य सभा-गृहलाई सफा-सुघर राख्नका लागि आवश्‍यक सामानहरू किन्‍ने फैसला एकै पटक गरे पुग्छ। यस्तो बेलामा प्रत्येक पटक प्रस्ताव प्रस्तुत गरिरहनु पर्दैन।

कुनै कुराको खाँचो परेमा यसबारे प्राचीनहरूको समूहले विस्तृत छलफल गर्नुपर्छ। बहुमतको रायमा कुनै कुरा गर्नु अत्यावश्‍क छ भने एक जना प्राचीनले, सम्भवतः मण्डली सेवा समीतिको एक जना सदस्यले सेवा सभामा प्रस्तुत गर्न एउटा लिखित प्रस्ताव तयार पार्नुपर्छ।

आवश्‍यकता र सो आवश्‍यकतालाई पूरा गर्नका लागि प्राचीनहरूको समूहले दिएको सुझावलाई अध्यक्षको काम गर्ने प्राचीनले स्पष्टसित छोट्‌करीमा बताउनु पर्छ। यसपछि उक्‍त विषयसित सम्बन्धित प्रश्‍नहरू सोध्ने अवसर मण्डलीलाई दिनु पर्छ। विषय अलिक जटिल छ भने सबैलाई सोच्ने समय दिनका लागि अर्को सेवा सभासम्म वोटलाई स्थगित गर्नु बेस हुनेछ। मण्डलीका सदस्यहरूले आ-आफ्नो हात उठाएर आफ्नो मत व्यक्‍त गर्नेछन्‌।

संस्थागत मामिलाहरू अथवा राज्य सभा-गृहसम्बन्धी ऋणहरू जस्ता कानूनी विषयहरूमा बाहेक अन्य सबै प्रस्तावहरूमा समर्पित र बप्तिस्मा लिएका व्यक्‍तिहरूले मात्र वोट दिन पाउँछन्‌। अर्कै मण्डलीबाट आएका साक्षीहरूले भाग लिनु उचित हुनेछैन।

प्रस्ताव पारित भएपछि त्यसमा मिति हालेर, सही गरेर मण्डलीको फाइलमा राख्नु पर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने