ईश्वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन
ईश्वरतान्त्रिक सेवकाई पाठशाला अन्तर्गत लिखित पुनरावलोकनको निम्ति उत्तरपत्र। यो न्यु वर्ल्ड ट्रान्सलेशन अफ दी होली स्क्रीप्चर्स [NEW WORLD TRANSLATION OF THE HOLY SCRIPTURES] [bi12]; “युनाइटेड इन वर्शिप अफ दी ओन्ली ट्रु गड” [UNITED IN WORSHIP OF THE ONLY TRUE GOD] [uw]; औल स्क्रिप्चर इज इन्स्पायर्ड अफ गड एण्ड बेनेफिशियल” [“ALL SCRIPTURE IS INSPIRED OF GOD AND BENEFICIAL] (1990 संस्करण) [si]; “आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष” [gt]; अनि साप्ताहिक बाइबल पढाइबाट लिइएको हो। यसको विषयवस्तु जून २७ देखि अक्टोबर १७, १९९४ का हप्तामा दिइएका पाठहरूमा आधारित छन्।
निर्देशन: प्रत्येकसँग हाम्रो राज्य सेवकाई मा दिएअनुसारको पुनरावलोकनको निम्ति प्रश्नपत्र हुनुपर्छ। भाग लिन चाहने सबैसँग लेख्ने कागज छ कि छैन, सो निश्चित गर्नुहोस्। तत्पश्चात्, लेख्न थाल्नका लागि स्कूल निरीक्षकले सङ्केत दिनसक्छन्। यो पुनरावलोकन २५ मिनेटका लागि हुनेछ। यसपछि स्कूल निरीक्षकले प्रश्न अनि उत्तरहरू सबैले सुन्नेगरी पढ्नेछन् (अथवा कुनै कुनै प्रश्नको उत्तर दिन तिनले श्रोतागणलाई पनि मौका दिन सक्छन्)। तिनले बढ्ता गाह्रो प्रश्नहरूमाथि विशेष ध्यान दिनुपर्छ र सबैलाई उत्तर ठीकसित बुझ्ने मद्दत दिनुपर्छ। प्रत्येक विद्यार्थीले आफ्नो पत्र आफै जाँच्न सक्छ र प्रत्येक सही उत्तरमा रुजू चिन्ह लगाए हुन्छ। ती उत्तरपत्रहरू जम्मा गरिने छैनन्। उत्तरपत्रमा सबै नै सम्भाव्य उत्तरहरू लेख्नु प्रायः व्यावहारिक हुँदैन; अतः कुनै बुँदा उत्तरपत्रमा नभए तापनि, त्यो उचित र वर्तमानमा हामीले बुझे अनुसारको छ भने त्यो उत्तर स्वीकार्य हुनेछ। मण्डलीमा पुनरावलोकनको कार्यक्रम नभएसम्म मण्डलीलाई यो उत्तरपत्र पढ्नका निम्ति उपलब्ध गराइने छैन। तर कुनै बुँदाहरूको महत्त्व मण्डलीलाई विशेष रूपमा देखाउनका लागि स्कूल निरीक्षकले यसलाई एउटा मार्गदर्शकको रूपमा चलाउन सक्छन्। पुनरावलोकनको समयमा बाइबल मात्र प्रयोग गर्न सकिन्छ।
स्कूल निरीक्षकहरूका लागि टिप्पणी: श्रोत-विषयका अगाडि तेर्सो अक्षरमा लेखिएको सङ्खयाले यो भन्दा अघि भएको पुनरावलोकन पछिको सप्ताहलाई जनाउँदछ, जुन हप्तामा त्यस प्रश्नसित सम्बन्धित सामग्रीको छलफल भएको थियो
निम्नलिखित बयानहरू सही हुन् वा गलत, उत्तर दिनुहोस्:
१. भजनसंग्रहको पुस्तकमा ७१ चोटि उल्लिखित शब्द, “सेला” पढ्दा उच्चारण गर्नु पर्दैन। [5, si p. 101 par. 5] यो सही हो। यसको खास महत्त्व थाहा नभए तापनि यसले मौन भएर मनन गर्न रोकिने सङ्केत दिन्छ भनी कोहीले भन्छन्।
२. भजनसंग्रह १५:४ अनुसार एक मसीहीले आफूले प्रतिज्ञा गरेको कुरा अशास्त्रीय भनी थाहा पाए तापनि उसले त्यो पूरा गर्नैपर्छ। [7, साप्ताहिक बाइबल पढाइ; wnp91 8/1 p. 30-1] यो गलत हो। परमेश्वरले जस्तै मसीहीले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुपर्छ तर आफूले गरेको प्रतिज्ञा अशास्त्रीय भनी थाहा पाएमा उसले त्यो पूरा गर्नु हुँदैन।
३. मानवजातिको दुःख, बिमारी र मृत्युको कारण परमेश्वर होइन भनी अय्यूबको पुस्तकले देखाउँछ। [4, si p. 100 par. 42] यो सही हो।
४. आफूले चाहेको भए आदमले पूर्ण निष्ठा कायम गर्न सक्थ्यो र परमेश्वरको सृष्टि त्रुटिरहित छ भनी येशूको जीवनले प्रमाणित गऱ्यो। [15, uwnp p. 52 par. 11] यो सही हो।
५. लूका १९:२०-२४ मा एक टुक्रा अशर्फी पाएर रुमालमा बाँधी राख्ने दास लापर्वाहीको पापको दोषी थियो। [4, gt अध्याय १००] यो सही हो। उनले गरेको कुनै खराबीको लागि नभई मालिकको राज्य वृद्धि कार्यमा भाग नलिएकोले ऊ दुष्ट कहलाइएको थियो।
६. कडा मिहेनत र परमेश्वरप्रति पूर्ण भक्ति गरेमा साँचो मसीहीले अनन्त जीवन पाउने हक प्राप्त गर्न सक्छ। [9, uwnp p. 36 par. 13] यो गलत हो। अनन्त जीवन हामीले कमाउने इनाम होइन। यहोवाको सेवामा जतिसुकै गरे तापनि परमेश्वरले हामीलाई जीवन दिनुहुन्छ भन्ने योग्यता कहिल्यै प्राप्त गर्न सक्दैनौं।
७. पहिलो कोरिन्थी २:९ ले भावी पार्थिव प्रमोदवनलाई सङ्केत गर्छ। [1, uwnp p. 26 par. 12 (3); w85 9/1 p. 28. हेर्नुहोस्।] यो गलत हो। अहिले हामीले आनन्द उठाउने परमेश्वरको बुद्धिको गहिरा कुराहरूलाई देखाउँछ भनी यस पदको सन्दर्भले (पद ७ र १०) देखाउँछ।
८. संसारमा साधारण कुरा भए तापनि बेइमानी आचरणलाई हामी महत्त्वहीन ठान्न सक्दैनौं। [16, uwnp p. 53 par. 13] यो सही हो। निष्ठा प्रदर्शन गर्न हामीले जीवनको हरेक पक्षमा जहिले पनि यहोवाको धार्मिक मार्ग अपनाउनु पर्छ।
९. भजनसंग्रह ४९:१५ पुनरुत्थानको आशाप्रति विश्वासको अभिव्यक्ति हो। [15, साप्ताहिक बाइबल पढाइ; w89 3/1 p. 22 par. 13 हेर्नुहोस्।] यो सही हो।
१०. कहिलेकाहीं सांसारिक आचरणमा फस्ने प्रलोभन यहोवाको सेवा गर्छु भनी दाबी गर्ने व्यक्तिबाट आउन सक्छ। [12, uwnp p. 43 par. 11] यो सही हो। शैतानले हव्वालाई प्रलोभित गर्दा र त्यसमा सामेल हुन हव्वाले आदमलाई आग्रह गर्दा अदनमा त्यस्तै नै भएको थियो। प्रारम्भिक मसीहीहरूको बीचमा पनि यो सत्य साबित भयो र हाम्रो समयमा पनि त्यस्तै हुन सक्छ।
निम्नलिखित प्रश्नहरूको जवाफ दिनुहोस्:
११. भजन भनेको के हो? [5, si p. 101 par. 2] भजन भनेको परमेश्वरको प्रशंसा र उपासना गर्न प्रयोग गरिने पवित्र गीत अथवा कविता हो। (जवाफ यथेष्ट छ)
१२. भजनसंग्रह २७:१० ले हामीलाई कस्तो अद्भुत आश्वासन दिन्छ? [10, साप्ताहिक बाइबल पढाइ; w92 3/15 p. 22 par. 17 हेर्नुहोस्।] यहोवामा पूर्ण भरोसा राख्नेहरूलाई उहाँले कहिल्यै त्याग्नुहुन्न। (जवाफ यथेष्ट छ)
१३. गलत काम गरेर पश्चाताप नगर्ने व्यक्तिहरूले राख्ने कस्तो भ्रान्ति भजनसंग्रह १०:१३ ले प्रकट गर्छ? [6, साप्ताहिक बाइबल पढाइ; w91 11/1 p. 6 हेर्नुहोस्।] तिनीहरू परमेश्वरप्रति जवाफदेही महसुस गर्दैनन् भनी तिनीहरूको आचरणले स्पष्ट देखाउँछ। (जवाफ यथेष्ट छ)
१४. प्रस्थान ९:१५, १६ अनुसार फिरऊनसित यहोवाले गर्नुभएको व्यवहारले के सम्पन्न गऱ्यो? [17, uwnp p. 57 pars. 6, 7] यसले यहोवाको व्यक्तिगत नाउँ प्रकट गऱ्यो। आफ्ना वाचाहरू पूरा गर्नुहुने र आफ्ना सेवकहरूको खातिर कार्य गर्नुहुने परमेश्वर भनी उहाँको नाउँ स्थापित गऱ्यो। साथै, उहाँ सर्वशक्तिमान हुनुहुन्छ भनेर प्रदर्शित गऱ्यो। (कुनै एक; जवाफ यथेष्ट छ)
१५. बाइबलमा पढ्ने कुराहरूलाई आफ्नै भलाइको निम्ति जाँचपड्ताल गर्न सकिने दुई वटा बुँदा उल्लेख गर्नुहोस्। [2, uwnp p. 27] (१) व्यक्तिविशेषको रूपमा यहोवाबारे प्रत्येक अंशले के भन्छ। (२) सम्पूर्ण बाइबलको मुख्य विषयसित यो कसरी सम्बन्धित छ। (३) सन्दर्भले त्यसको अर्थलाई कसरी असर गर्छ। (४) यसले हाम्रो आफ्नो जीवनलाई कसरी असर गर्नुपर्छ। (५) अरूलाई मदत गर्न हामी त्यो कसरी प्रयोग गर्न सक्छौं। (कुनै दुई; जवाफ यथेष्ट छ)
१६. भजनसंग्रह २:१२ मा “पुत्रलाई चुम्बन गर” भन्ने आज्ञाको अर्थ के हो? [5, साप्ताहिक बाइबल पढाइ; wnp86 9/1 p. 28 हेर्नुहोस्।] अभिषिक्त राजाको हैसियतमा येशूलाई चुम्बन अर्थात् स्वागत गर्न यहोवाले राष्ट्रहरूलाई आज्ञा दिनुहुन्छ। (जवाफ यथेष्ट छ)
१७. यूहन्ना ८:३२ मा येशूले कस्तो प्रकारको स्वतन्त्रताबारे छलफल गरिरहनुभएको थियो? [11, uwnp p. 40 par. 6] पापबाट स्वतन्त्रताको विषयमा येशूले छलफल गरिरहनुभएको थियो।
१८. उत्पत्ति ३:१५ मा “स्त्री” ले कसलाई चित्रण गर्छ? [3, uwnp p. 30 par. 3] स्त्री भनेको यहोवाको आफ्नै स्वर्गीय सङ्गठन हो।
१९. दाऊदका पापपूर्ण कार्यहरू आफ्ना सङ्गी मानवहरूको विरूद्धमा भए तापनि किन उनले यहोवालाई “तपाईंको विरूद्धमा मैले पाप गरेको छु” भन्न सके? [16, साप्ताहिक बाइबल पढाइ; sbr p. 13 हेर्नुहोस्] आफूले उरियाह जस्ता सङ्गी मानवहरू विरुद्ध पाप गरेको छ भनी पश्चातापी राजालाई थाहा भए तापनि उनले यहोवाप्रति बढी जवाफदेही महसुस गरे। (जवाफ यथेष्ट छ)
२०. प्रथम शताब्दीमा “उजाड़ गर्ने घृणित कुरा” के थियो र आज के हो? (मत्ती २४:१५) [15, gt अध्याय १११] सा. यु. ६६ मा त्यो यरूशलेमलाई घेरा हाल्ने रोमी सेनाहरू थिए; आज त्यो संयुक्त राष्ट्र संघ हो।
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द वा वाक्यांश थप्नुहोस्:
२१. प्राप्त प्रमाणहरूअनुसार अय्यूब ४०:१५ को अङ्ग्रेजी शब्द “बेहिमोथ” ले जलगैंडा र अय्यूब ४१:१ को अङ्ग्रेजी शब्द “लिभियाथान” ले गोही लाई सङ्केत गर्छ। [3, 4, साप्ताहिक बाइबल पढाइ; it-1 p. 280 and it-2 p. 240 हेर्नुहोस्।]
२२. येशूले बप्तिस्मा लिनुहुँदा, रूप परिवर्तन हुँदा र सा.यु. ३३, नीसान १० को दिन यरूशलेमको मन्दिरमा आफ्नो पितालाई प्रार्थना गर्नुहुँदा यहोवाको वास्तविक स्वर सुनिएको थियो। [8, gt अध्याय १०४]
२३. रीतिथितिअनुसार अशुद्ध भएकोले फरिसीहरूले भुसुना चाल्थे यद्यपि न्याय, दया, विश्वासलाई भने बेवास्ता गर्थे जुन कुराहरू रीतिथितिअनुसार अशुद्ध जनावर, ऊँटलाई निल्नु बराबर हुन्थ्यो। [13, gt अध्याय १०९]
२४. हाम्रा प्रथम मातापितालाई पापतर्फ डोऱ्याउन शैतानले झूट प्रयोग गरेको हुँदा येशूले त्यसलाई “झूटको पिता” भन्नुभयो। [16, uwnp p. 53 par. 13 (1)]
२५. येशू परमेश्वरको एक मात्र पुत्र हुनुहुन्छ किनभने यहोवा एक्लैले सृष्टि गर्नुभएको उहाँ मात्र हुनुहुन्छ। [3, uwnp p. 29 par. 1]
तलका बयानहरूमा दिएको सही जवाफ छान्नुहोस्:
२६. अय्यूब ४२:५ मा अय्यूबले परमेश्वरलाई देखे भन्नुको अर्थ उसले (तूफान आउँदा परमेश्वरको दर्शन देखे; आफ्नो अगाडि स्वर्गदूत उभिएको देखे; परमेश्वरलाई अझ नजिकसित चिने) [4, साप्ताहिक बाइबल पढाइ; w89 11/1 p. 12 हेर्नुहोस्।]
२७. मत्ती २६:१३ मा येशूले सङ्केत गर्नुभएको स्त्री (मरियम, लाजरसकी दिदी; मरियम, क्लेओपाकी पत्नी; मरियम मग्दलिनी) थिई। [5, gt अध्याय १०१]
२८. भजनसंग्रह ११:३ मा रेकर्ड गरिएअनुसार नष्ट भएका जगले (यरूशलेममा मन्दिरको जग; कुनाको शिर ढुङ्गाको हैसियतमा येशू ख्रीष्ट; समाजको जग अर्थात् न्याय, कानून र व्यवस्थापन) हो। [7, साप्ताहिक बाइबल पढाइ; w86 9/1 p. 28 हेर्नुहोस्।]
२९. येशूले प्रेरित (पत्रुस र अन्द्रियास; फिलिप र बारथोलोमाई; याकूब र यूहन्ना) लाई तिनीहरूको जङ्गी स्वभावको कारण “गर्जनका पुत्रहरू” भन्नुभयो। [2, gt अध्याय ९८]
३०. परमेश्वरको शासन गर्ने अधिकार र उहाँको शासन गर्ने तरिकामाथि शैतानले चुनौती दिंदा त्यसले उठाएको मुख्य विवादको विषयमा (मानव अधिकार; सबैभन्दा शक्तिशाली को हो भन्ने प्रश्न; परमेश्वरको विश्वव्यापी सार्वभौमिकता) समाविष्ट थियो। [14, uwnp p. 46 par. 1]
निम्न बाइबल पदहरूलाई तल दिएका बयानहरूसँग जोडा मिलाउनुहोस्:
उत्प. ३:१-५; भजन. २४:१; प्रे. ८:३२-३८; हिब्रू १०:२६, २७; १ पत्रु. ४:३, ४.
३१. मानिस र पृथ्वी परमेश्वरका सृष्टि हुन् तथा सबै कुरा यहोवाकै हो भनेर थाहा भएपछि हामी नम्र अनि आज्ञाकारी हुनु मदत दिनु पर्ने हो। [भजन. २४:१] [10, uwnp p. 39 par. 4]
३२. हामीलाई थाहा भएअनुसार यहोवालाई मन नपर्ने बानी बसाल्नदेखि जोगिन हामी सतर्क हुनुपर्छ। [हिब्रू १०:२६, २७] [8, uwnp p. 33 par. 8 (3) and 8 (4)]
३३. बाइबलको सही ज्ञान र त्यसको समाचारप्रति मूल्याङ्कनले भेडा खालका मानिसहरूलाई बप्तिस्मा लिन उत्प्रेरित गर्छ। [प्रेरित ८:३२-३८] [7, uwnp p. 32 par. 7]
३४. काम गर्ने ठाउँ अथवा स्कूलमा अविश्वासीहरू साथमा भए तापनि तिनीहरूसित अनावश्यक सङ्गत नगरेर तिनीहरू हाम्रा सङ्गति होइनन् भनी तपाईंले देखाउन सक्नुहुन्छ। [१ पत्रु. ४:३, ४] [13, uwnp p. 44 par. 13]
३५. जीवनमा आफ्ना स्तरहरू कायम गर्न सकेनन् भने तिनीहरू वञ्चित हुन्छन् भन्ने सांसारिक सोचाइबाट हामी अलग बस्नु महत्त्वपूर्ण छ। [उत्प. ३:१-५] [14, uwnp p. 46 par. 1]