प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 डिसेम्बर p. १
  • ध्यानपूर्वक अनुकरण गर्नुपर्ने नमूना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ध्यानपूर्वक अनुकरण गर्नुपर्ने नमूना
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • सिकाउने क्षमता विकास गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • ‘उहाँको पाइलामा टेकेर हिंड्‌नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००८
  • “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 डिसेम्बर p. १

ध्यानपूर्वक अनुकरण गर्नुपर्ने नमूना

१ आजसम्म बाँचेका मानिसहरूमध्ये येशू सबैभन्दा महान पुरुष हुनुहुन्थ्यो भन्‍ने कुरा निर्विवाद छ। हामी उहाँको सिद्धताको स्तरसम्म पुग्न नसक्ने भए तापनि ‘उहाँको पाइलामा टेकेर हिंड्‌नु’ भनी हामीलाई आग्रह गरिएको छ। (१ पत्रु. २:२१) हामी सबैले जोशिलो भई अरूसँग सत्य बाँटेर यथासम्भव येशूजस्तै हुने इच्छा राख्नुपर्छ।

२ येशू प्रचारक मात्र हुनुहुन्‍न थियो; उहाँ सर्वोत्कृष्ट शिक्षक पनि हुनुहुन्थ्यो। “भीड़ उहाँको शिक्षाले छक्क परे।” (मत्ती ७:२८) उहाँ किन यत्तिको प्रभावशाली हुनुहुन्थ्यो? आउनुहोस्‌, उहाँको ‘शिक्षण पद्धति’ लाई ध्यानपूर्वक केलाऔं।

३ हामी कसरी येशूको अनुकरण गर्नसक्छौं: येशूले आफ्नो पिताद्वारा शिक्षा हासिल गर्नुभएको थियो। (यूहन्‍ना ८:२८) उहाँको अभिप्राय यहोवाको आदर गर्नु अनि उहाँको नाउँ महिमित पार्नु थियो। (यूहन्‍ना १७:४, २६) हामीले प्रचार गर्दा वा सिकाउँदा हाम्रो अभिप्राय सारा ध्यान आफैमा केन्द्रित गर्ने नभई यहोवाको आदर गर्ने हुनुपर्छ।

४ येशूले सिकाउनुभएका सबै कुराहरू परमेश्‍वरको वचनमा आधारित हुन्थे। उहाँले बारम्बार प्रेरित शास्त्रमा लेखिएका कुराहरूको उल्लेख गर्नुभयो। (मत्ती ४:४, ७; १९:४; २२:३१) हामी आफ्ना स्रोताहरूको ध्यान बाइबलतर्फ लैजान चाहन्छौं; यसो गर्दा हामी जे प्रचार गर्छौं अनि सिकाउँछौं त्यसको उच्च आधार छ भनी तिनीहरूलाई देखाइरहेका हुन्छौं।

५ येशूले छोटो, व्यवहारिक र सरल अभिव्यक्‍ति चलाउनु हुन्थ्यो। उदाहरणको लागि, परमेश्‍वरको क्षमा कसरी पाउन सकिन्छ भनेर वर्णन गर्दा उहाँले अरूप्रति क्षमावन्त हुनु भनी प्रोत्साहन दिनुभयो। (मत्ती ६:१४, १५) हामीले पनि सरल, सबैले बुझ्ने ढङ्‌गमा राज्य समाचार प्रस्तुत गर्नुपर्छ।

६ मानिसहरूले सोचून्‌ भन्‍ने उद्देश्‍यले येशूले कुशलतापूर्वक उदाहरणहरू र प्रश्‍नहरू चलाउनु हुन्थ्यो। (मत्ती १३:३४, ३५; २२:२०-२२) दिनचर्याका साधारण कुराहरूलाई उदाहरणस्वरूप चलाउँदा मानिसहरूले बाइबलका जटिल सिद्धान्तहरू बुझ्ने मदत पाउनसक्छन्‌। आफूले सुनेका कुराहरूबारे सोच्न प्रोत्साहित गर्ने किसिमका प्रश्‍नहरू हामीले आफ्ना स्रोताहरूसमक्ष राख्नुपर्छ। निर्देशन दिने खालका प्रश्‍नहरूले तिनीहरूलाई सही निष्कर्षमा पुग्न मदत दिनसक्छ।

७ अधिक जानकारी चाहने व्यक्‍तिहरूलाई कठिन कुराहरू वर्णन गर्न येशूले बढी समय बिताउनु हुन्थ्यो। येशूका चेलाहरूजस्तै साँच्चै नै जिज्ञासुहरूले उहाँले सिकाउनुभएका कुराहरूको अर्थ बुझ्न सके। (मत्ती १३:३६) अरूले इमानदारीपूवर्क प्रश्‍न गर्दा हामी पनि त्यस्तै मदतकारी हुनुपर्छ। यदि जवाफ थाहा छैन भने त्यस विषयमा अनुसन्धान गरेर पछि फेरि जानकारीसहित जानसक्छौं।

८ येशूले कामद्वारा पनि शिक्षा दिनुभयो। गुरु हुनुभएर पनि आफ्ना चेलाहरूको पाऊ धुनुभएको घटनालाई यसको उदाहरणस्वरूप लिन सकिन्छ। (यूहन्‍ना १३:२-१६) हामीले नम्र आत्मा देखाउँदा सिकारुहरू आफूले सिकेका कुराहरू प्रयोगमा ल्याउन उत्प्रेरित हुन्छन्‌।

९ येशूले मानिसहरूको हृदय अनि धार्मिकताप्रति तिनीहरूको प्रेमलाई आकर्षित गर्नुभयो। हामी पनि मानिसहरूको हृदयसम्म पुग्न चाहन्छौं। उच्च व्यक्‍तिको उपासना गर्ने अनि आपसमा शान्ति र आनन्दसँग बस्ने मानिसहरूको जन्मजात चाहनालाई हामी आकर्षित गर्न चाहन्छौं।

१० डिसेम्बर महिनामा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष नामक पुस्तक प्रस्तुत गरेर हामीले येशूबारे सिकेका कुराहरू अरूसँग बाँड्‌न सक्छौं। येशूको शिक्षण गुणहरू अनुकरण गऱ्‍यौं भने उहाँले सिकाउनु भएका कुराहरू बताउँदा सोझा हृदय भएका व्यक्‍तिहरू सुन्‍न उत्प्रेरित हुनसक्छन्‌।—मत्ती १०:४०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने