सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्ने
१ येशूले कुशलतापूर्वक परिचयहरू चलाउनु हुन्थ्यो। मानिसहरूको चासो जगाउन के भन्नुपर्छ, त्यो उहाँलाई थाहा थियो। एक पटक सामरी स्त्रीलाई पानी मागेर मात्र पनि उहाँले वार्तालाप थाल्नु भएको थियो। यसले तुरुन्तै त्यस स्त्रीको ध्यान खिंच्यो किनभने ‘यहूदीहरूले सामरीहरूसँग कुनै सम्बन्ध राख्दैनथे।’ त्यसपछि सुरु भएको वार्तालापले तिनी र अरू थुप्रैलाई विश्वासी बन्न मदत गऱ्यो। (यूह. ४:७-९, ४१) हामी उहाँको उदाहरणबाट सिक्नसक्छौं।
२ सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्ने तयारी गर्दा आफैलाई यी प्रश्नहरू सोध्नुहोस्, ‘हाम्रो इलाकाका मानिसहरू अहिले कुन कुन कुराहरूले गर्दा चिन्तित छन्? किशोर-किशोरी, वृद्ध, पति वा पत्नीलाई कुन कुरा मन पर्नसक्छ?’ तपाईंले एकभन्दा बढी परिचय तयार पारेर परिस्थितिअनुसार सबैभन्दा उपयुक्त परिचय चलाउने योजना बनाउन सक्नु हुन्छ।
३ थुप्रै व्यक्तिहरू पारिवारिक जीवनमा भइरहेको ह्रासले गर्दा चिन्तित भएकोले तपाईंले यसो भन्नुभए पनि हुन्छ:
▪“दैनिक जीवनका दबाबहरूले गर्दा आज परिवारहरू निकै शारीरिक तथा मानसिक तनावले ग्रस्त छन्। तिनीहरूले मदत कहाँबाट पाउनसक्छन्? [जवाफ दिने मौका दिनुहोस्।] यस सम्बन्धमा हाम्रो निम्ति बाइबल साँच्चै नै मदतकारी हुनसक्छ। [२ तिमोथी ३:१६, १७ पढ्नुहोस्।] परिवारलाई समस्याहरूदेखि बच्ने मदत दिन बाइबलले हामीलाई लाभकारी निर्देशनहरू प्रदान गर्छ। पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ शीर्षक भएको यस पुस्तकको पृष्ठ २३८, अनुच्छेद ३ मा के लेखिएको छ हेर्नुहोस् त।” अनुच्छेद ३ पढेर पुस्तक लिने प्रस्ताव राख्नुहोस्।
४ कुनै स्थानीय समाचारको विषयवस्तु चलाउँदै हुनुहुन्छ भने, तपाईं यसो भन्न सक्नु हुन्छ:
▪“के तपाईंले यो समाचार सुन्नु भयो थियो? [स्थानीय मानिसहरूलाई चासो लागेको कुरा उल्लेख गर्नुहोस्।] तपाईंलाई कस्तो लाग्यो? [जवाफ दिने मौका दिनुहोस्।] शायद यस्तो खबर सुनेर अब के बित्यास पर्ने हो जस्तो लाग्यो होला, होइन त? तर हामी आखिरी दिनमा छौं भन्ने प्रमाणस्वरूप बाइबलले त्यस्ता कुराहरू अगमवाणी गरेको थियो।” यति भन्नु भएपछि सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ १५०-३ मा दिइएको जानकारीमाथि छलफल गर्नुहोस्।
५ बढ्दो अपराधको समस्या देखेर धेरै मानिसहरू चिन्तित छन्। तपाईंले “रीजनिंग” पुस्तकको “अपराध/सुरक्षा” शीर्षक अन्तर्गत दिइएको पहिलो परिचय चलाउन सक्नु हुन्छ:
▪“व्यक्तिगत सुरक्षाबारे हामी मानिसहरूसँग कुरा गर्दैछौं। हाम्रो वरपर निकै अपराधहरू हुन्छन् र त्यसले हामीलाई असर गर्छ। तपाईं र म जस्ता मानिसहरू राती सडकमा सुरक्षापूर्वक हिंड्न के गर्नुपर्छ जस्तो तपाईंलाई लाग्छ?” त्यसपछि तपाईंले भजनसंग्रह ३७:१०, ११ पढ्न सक्नु हुन्छ र सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ १५६-८ मा दिइएको विषयवस्तु चलाउँदै, परमेश्वरको राज्यले ल्याउने आशिष्हरू औंल्याउन सक्नु हुन्छ।
६ सरल परिचय चलाउन चाहनु हुन्छ भने, “रीजनिंग” पुस्तकको पृष्ठ १२ को शीर्ष स्थानमा दिइएजस्तै परिचय चलाउन सक्नु हुन्छ:
▪“बाइबलले हामीलाई प्रदान गर्ने उज्ज्वल भविष्यमाथि विचार गर्न हामी मानिसहरूलाई प्रोत्साहित गर्दैछौं। [प्रकाश २१:३, ४ पढ्नुहोस्।] यो पद के तपाईंलाई राम्रो लाग्यो? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरको राज्यमा आज्ञाकारी मानिसहरूले पाउने अन्य आशिष्हरूमाथि यस प्रकाशनको अध्याय १९ ले प्रकाश पार्छ।” त्यसपछि सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक दिनुहोस्।
७ प्रभावकारी परिचय तयार गर्नुभयो भने, धार्मिकताका लागि भोकाइरहेका मानिसहरू भेटाउन त्यसले तपाईंलाई मदत गर्नसक्छ।—मत्ती ५:६.