प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 फेब्रुअरी p. ७
  • अरूको ख्याल राख्नुहोस्‌—भाग २

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूको ख्याल राख्नुहोस्‌—भाग २
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको अनुकरण गर्दै विचारशील र दयालु हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपासनास्थलको निर्माण तथा हेरविचार
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • हाम्रो उपासनास्थल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • अरूको ख्याल राख्नुहोस्‌—भाग १
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 फेब्रुअरी p. ७

अरूको ख्याल राख्नुहोस्‌—भाग २

१ जतिसम्म व्यवहारिक हुन्छ हामी आफ्ना इलाकाका मानिसहरूसँग राम्रो सम्बन्ध कायम राख्न चाहन्छौं। यसका लागि हामीले तिनीहरूको ख्याल राख्नुपर्छ र तिनीहरूको हक तथा भावनाहरूको कदर गर्नुपर्छ।

२ यहोवाका साक्षीहरू असल शिष्टाचारका लागि सुपरिचित छन्‌। छिमेकी, स्कूल र कार्यस्थलका साथै हाम्रा सम्मेलनहरूमा हाम्रो शिष्टाचार देखेर थुप्रै व्यक्‍तिहरूले प्रशंसा गरेका छन्‌।—जून १५, १९८९, द वाचटावरको पृष्ठ २० हेर्नुहोस्‌।

३ निस्सन्देह असल चालचलनमा इमानदारी, परिश्रम र असल नैतिक आचरण जस्ता थुप्रै कुराहरू समावेश छन्‌। हाम्रो राज्य भवन इलाका वरपर बस्ने मानिसहरूको आदर गर्नु पनि यसमा समावेश छ। हाम्रा छिमेकीहरूको ख्याल गरेनौं भने शायद हामीले अन्य क्षेत्रहरूमा देखाउने ईश्‍वरीय चालचलनको मानिसहरूले बेवास्ता गर्न सक्छन्‌। हाम्रो “चाल सुसमाचारको योग्य होस्‌” भनेर पावलले हामीलाई आग्रह गरेका थिए।—फिलि. १:२७.

४ सभाहरू धाउने मानिसहरूले अरूको ख्याल नगरेको महसुस गरिएको हुँदा केही राज्य भवन वरपरका मानिसहरूले गुनासो गरेको बेला-बेला सुनिएको छ। राज्य भवन अगाडिको पेटीमा झुम्मिएर वरपरका घरहरूमा समेत सुन्‍ने गरी मस्तसँग कुराकानी गर्नदेखि भाइबहिनीहरू सजग हुनुपर्छ। केटाकेटीहरूलाई राज्य भवन भित्र बाहिर दौडन दिनुहुँदैन। विचारै नगरी ठूलो स्वरले गाडीको ढोका बन्द गर्दा वा हर्न बजाउँदा छिमेकीहरूको शान्ति भंग हुन सक्छ। यस्तो आचरणले मण्डलीमाथि प्रतिकूल असर पार्छ। यस बाहेक राज्य भवन क्षेत्रमा गाडी चलाउँदा सबै सवारी नियमहरू पालना गर्नु पनि आवश्‍यक छ।—रोमी १३:१, २, ५.

५ अरूको व्यक्‍तिगत इलाकामा वा आवत जावत गर्न बाधा हुने ठाउँमा वा अरूको घर जाने बाटो बन्द हुनेगरि कारहरू पार्क गर्नुहुँदैन। नजिकैको पसल वा व्यापारिक कार्यालयहरूले आफ्ना ग्राहकहरूका लागि भनेर पार्किङ्‌ क्षेत्र छुटाएका छन्‌ भने अनुमतिबिना त्यस क्षेत्रमा पार्क गर्नुहुँदैन। तीन चार वटा मण्डलीहरूले एउटै राज्य भवन चलाउँछन्‌ भने प्रायः हप्ताको सबै दिन सभाहरू सञ्चालन हुन्छन्‌ र यसका लागि प्राचीनहरूको समूहहरूबीच आपसी सहयोग हुन आवश्‍यक छ।—द वाचटावर, अक्टोबर १, १९८८, पृष्ठ १७, अनुच्छेद १३ हेर्नुहोस्‌।

६ “सबै [कुरा] परमेश्‍वरकै महिमाको निम्ति गर” भनेर बाइबलले हामीलाई आग्रह गर्छ र यसमा बाहिरका मानिसहरूको ख्याल राख्नु पनि समावेश छ। (१ कोरि. १०:३१-३३) ‘हामीले अरूको कुरामा पनि ध्यान दियौं’ भने लापरवाही भएर अरूको सम्पत्तिभित्र जबरजस्ती प्रवेश गर्नेछैनौं। (फिलि. २:४) र स्थानीय व्यापारीहरूको व्यापारिक गतिविधिहरूमा दखल दिनेछैनौं।

७ मण्डली भित्र र बाहिरकाहरूको ख्याल राख्नु हामीले आफ्नो हृदयमा कस्तो महसुस गर्छौं, त्यसको बाहिरी अभिव्यक्‍ति हो। ‘हामी आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्छौं’ भन्‍ने कुरा हाम्रो काम र बोलीबाट प्रदर्शित हुनुपर्छ।—मत्ती ७:१२; २२:३९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने