प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 फेब्रुअरी p. ८
  • चासो भेटाउनु भएको ठाउँमा फेरि जानुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चासो भेटाउनु भएको ठाउँमा फेरि जानुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • पुनःभेटमा जाँदा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चलाउने
    हाम्रो राज्य सेवकाई—१९९२
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००५
  • बाइबलले सिकाउँछ पुस्तक कसरी प्रस्तुत गर्ने
    हाम्रो राज्य सेवकाई—२००६
  • रुचि देखाउने सबैसित सम्पर्क राखेर अरूलाई लाभान्वित हुन मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 फेब्रुअरी p. ८

चासो भेटाउनु भएको ठाउँमा फेरि जानुहोस्‌

१ घर-घरमा प्रचार गर्दा समयको कमीले गर्दा हामी जिज्ञासु व्यक्‍तिहरूसित प्रायः त्यति धेरै समय बिताउन सक्दैनौं। त्यसैकारण, हामी धेरैजसो सिकाउने काम पुनःभेट अनि बाइबल अध्ययनहरू सञ्चालन गर्दा गर्छौं। (मत्ती २८:१९, २०) पुनःभेट गर्दा प्रभावकारी ढंगमा सिकाउने हो भने प्रथम भेटमा के छलफल गऱ्‍यौं, त्यसको पुनरावृत्ति गरेर हामीले थप छलफलको निम्ति तयारी गर्नुपर्छ।

२ पारिवारिक जीवनको अस्थिरताबारे कुरा गर्नुभएको थियो भने, तपाईंले “सधैंभरि बाँच्न सक्नु हुन्छ” नामक पुस्तकको अध्याय २९ मा दिइएको विषयवस्तु चलाउन सक्नु हुन्छ। तपाईं यसो भन्‍न सक्नु हुन्छ:

▪“सुखी पारिवारिक जीवन प्राप्त गर्न बाइबलको सल्लाह पालन गर्नु बुद्धिमानी कुरा हो भनेर हामीले अघिल्लो भेटमा छलफल गरेका थियौं। कुन कुराले आज परिवारहरूलाई बलियो बनाउन सक्छ जस्तो तपाईंलाई लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि पृष्ठ २४७ को अनुच्छेद २७ देखाएर कलस्सी ३:१२-१४ पढ्‌नुहोस्‌। साँचो प्रेमले परिवारहरूलाई कसरी एकताबद्ध राख्न सक्छ, त्यसबारे थप टिप्पणीहरू गर्नुहोस्‌। तालिकाबद्ध ढंगमा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक अध्ययन गरेमा कसरी समस्याहरू समाधान गर्ने मदत पाउन सकिन्छ, वर्णन गर्नुहोस्‌।

३ बिग्रँदो विश्‍व–परिस्थितिहरूबारे प्रथम भेटमा छलफल गर्नु भएको थियो भने, आउँदो भेटमा तपाईंले यसरी कुरा थाल्नु भए हुन्छ:

▪“हामी सबै शान्तिसँग बस्ने हो भने आमूल परिवर्तन हुनुपर्छ भन्‍ने कुरामा पनि तपाईं सहमत हुनुहुन्छ भनेर मलाई पक्का विश्‍वास छ। हाम्रा सबै समस्याहरूको मूल कारण शैतान हो भनेर बाइबलले देखाउँछ। तर परमेश्‍वरले किन त्यसलाई यति लामो समयसम्म रहिरहने अनुमति दिनुभएको भनी धेरै मानिसहरू सोच्छन्‌। तपाईंलाई कस्तो लाग्छ?” [जवाफ दिने मौका दिनुहोस्‌।] त्यसपछि सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ २०, अनुच्छेद १४ अनि १५ देखाउनुहोस्‌ र शैतानलाई किन अहिलेसम्म नाश नगरिएको भनेर वर्णन गर्नुहोस्‌। त्यसपछि, रोमी १६:२० पढेर चाँडै भविष्यमा हामीले के आशा गर्नसक्छौं देखाउनुहोस्‌।

४ परमेश्‍वरको राज्यमा पूरा हुने आशिष्‌हरूबारे कुरा गर्नुभएको थियो भने, पुनःभेट गर्दा तपाईंले यसो भन्‍नु भए पनि हुन्छ:

▪“परमेश्‍वरको राज्यले यस पृथ्वी र मानवजातिका लागि अद्‌भुत आशिष्‌हरू ल्याउनेछ। यहाँ पृष्ठ १२ र १३ मा ती आशिष्‌हरू राम्ररी चित्रण गरिएका छन्‌। यस चित्रमा तपाईंलाई कुन कुरा मन पऱ्‍यो? [जवाफ दिने मौका दिनुहोस्‌।] यस्तो संसारमा बाँच्न पाए कस्तो होला, यसो सोच्नुहोस्‌ त।” त्यसपछि अनुच्छेद १२ पढ्‌नुहोस्‌। चासो देखाएमा अनुच्छेद १३ बाट प्रश्‍न सोध्नुहोस्‌ र त्यसको जवाफ दिएर छलफल गर्नुहोस्‌। परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌हरूसम्बन्धी अझ धेरै प्रश्‍नहरूको जवाफ सो अध्यायले दिन्छ भनी औंल्याउनुहोस्‌ र त्यसबारे अर्को भेटमा छलफल गर्न पाए तपाईंलाई खुशी लाग्नेछ भनी बताउनुहोस्‌।

५ यसो भनेर पनि तपाईंले अध्ययन सुरु गर्न सक्नु हुन्छ:

▪“यो पुस्तक पढेर थुप्रै मानिसहरूले बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ पाएका छन्‌।” विषय-सूची पल्टाएर यो प्रश्‍न सोध्नुहोस्‌: “तपाईंलाई यीमध्ये कुन चाहिं विषय सबैभन्दा चाख लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि तिनलाई चाख लागेको अध्याय पल्टाएर पहिलो अनुच्छेद पढ्‌नुहोस्‌। हरेक पृष्ठको तल दिइएका प्रश्‍नहरूले प्रत्येक अनुच्छेदको मुख्य मुख्य बुँदाहरूमाथि कसरी जोड दिन्छ भनी वर्णन गर्नुहोस्‌। एक दुइटा अनुच्छेदहरू छलफल गरेर देखाउनुहोस्‌ र फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌।

६ सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकमा चासो देखाउने व्यक्‍तिहरूलाई फेरि भेट गर्दा त्यसले हाम्रो सेवकाई पूरा गर्ने इच्छा प्रदर्शित गर्छ। (२ तिमो. ४:५) र शायद आफ्ना स्रोताहरूलाई अनन्त जीवन प्राप्त गर्न पनि मदत दिन सक्छौं।—यूह. १७:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने