मार्च महिनाका लागि सेवा सभाहरू
मार्च ६ मा सुरु हुने हप्ता
गीत २५ (३०)
१३ मि:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू। प्रश्न पेटी छलफल गर्नुहोस्।
१५ मि:“धेरै सुम्पिएको छ—धेरै मागिन्छ।” प्रश्नोत्तर। योग्य व्यक्तिहरूलाई अप्रिल र मे महिनामा सहायक अग्रगामीको रूपमा भर्ती हुन प्रोत्साहन दिनुहोस्।
१७ मि:“जवानहरूलाई तिनीहरू कसरी ‘रमाउन’ सक्छन् भनी बताउने।” मुख्य बुँदाहरू पुनरावलोकन गर्नुहोस्। यंग पिपल आस्क (जवान मानिसहरूले सोध्ने प्रश्नहरू) पुस्तक प्रयोग वा प्रस्तुत गर्दा पाएका अनुभवहरू बताउन स्रोतागणलाई निम्त्याउनुहोस्। यसमा सबैलाई चासो लाग्ने परिस्थितिहरू छलफल गरिएको हुनाले यो पुस्तक प्रस्तुत गर्दा सबैलाई सकारात्मक हुन आग्रह गर्नुहोस्। एक दुईवटा प्रस्तुतिहरू प्रदर्शित गर्नुहोस्।
गीत ३१ (५१) र समापन प्रार्थना।
मार्च १३ मा सुरु हुने हप्ता
गीत २४ (७०)
१० मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि:“सामयिक राज्य समाचार विश्वभरि वितरण गरिने।” प्राचीनद्वारा भाषण। अप्रिल र मे महिनामा आउँदै गरेको विशेष क्रियाकलापको महत्त्वमाथि जोड दिनुहोस्। पूर्ण तवरले भाग लिन तयारी गर्न नयाँलगायत सबैलाई आग्रह गर्नुहोस्।
२० मि:“प्रभावकारी ढंगमा नयाँ पुस्तिका प्रयोग गर्ने।” स्रोतागणसित छलफल गर्नुहोस्। पुस्तिकाका विभिन्न पक्षहरू देखाउनुहोस् र शोकसन्तप्तहरूलाई सान्त्वना दिन उक्त पुस्तिका कसरी प्रयोग गर्न सकिन्छ भनी देखाउन सुझावहरू दिनुहोस्। मण्डलीमा कुन कुन भाषामा सो पुस्तिका उपलब्ध छ भनी उल्लेख गर्नुहोस् र सभापश्चात् त्यसको प्रतिहरू लिन प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
गीत ३६ (१४) र समापन प्रार्थना।
मार्च २० मा सुरु हुने हप्ता
गीत ४० (३१)
१५ मि:स्थानीय घोषणाहरू। सन् १९९५ यरबुक-को (वार्षिक पुस्तक) पारिवारिक प्रयोग प्रदर्शन गर्नुहोस्। यस पुस्तकको लागि परिवारले मूल्यांकन जाहेर गर्छ; पृष्ठ ३-११ का परिचयात्मक विषयवस्तुका मुख्य बुँदाहरू पिताले पुनरावलोकन गर्छन्। एकसाथ बसेर प्रत्येक हप्ता यरबुक-का (वार्षिक पुस्तक) केही पृष्ठहरू पढ्ने कोसिस कसरी गर्नेछन् र दिनहुँ शास्त्रपदहरूको जाँच गर्ने-मा उल्लिखित बाइबल पद पढ्न भुल्नेछैनन् भनी तिनीहरू छलफल गर्छन्।
१५ मि:स्थानीय आवश्यकताहरू वा द वाचटावर नोभेम्बर १५, १९९४, पृष्ठ २६-२८ मा “कर तिर्नु पर्नेलाई कर तिर” लेखमा आधारित भाषण दिनुहोस्।
१५ मि:“‘आफ्नो युवावस्थामा सृष्टिकर्ताको सम्झना गर्न’ जवानहरूलाई मदत दिने।” मुख्य बुँदाहरू पुनरावलोकन गर्नुहोस् र पछि एक दुईवटा पुनः भेट प्रदर्शित गर्नुहोस्।
गीत ५२ (५९) र समापन प्रार्थना।
मार्च २७ मा सुरु हुने हप्ता
गीत २०५ (११८)
५ मि:स्थानीय घोषणाहरू।
१५ मि:“मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना।” स्रोतागणसित छलफल गर्नुहोस्। स्मरणार्थ उत्सवको लागि स्थानीय प्रबन्धहरू पुनरावृत्ति गर्नुहोस्। जिज्ञासुहरूलाई निम्त्याउनु र उपस्थित हुन तिनीहरूलाई मदत दिनु किन आवश्यक छ भनी बुझाउनुहोस्।
१५ मि:“समस्या आइपर्दा कसरी व्यवहार गर्ने भन्ने विषयमा पाठ।” प्रहरीधरहरा फेब्रुअरी १५, १९९५, पृष्ठ २७ को लेखमा आधारित प्राचीनद्वारा भाषण। व्यवहारिक उपयोग बताउँदै मायालु ढंगमा प्रस्तुत गर्नुहोस् तर मण्डलीमा स्थानीय समस्याहरूबारे आलोचनात्मक नहुन होशियार हुनुहोस्।
१० मि:अप्रिल महिनामा प्रहरीधरहरा र अवेक!-को ग्राहक बनाउने। ढोकामा र अनौपचारिक साक्षी-कार्यमा ग्राहक बनाउने प्रस्ताव राख्दा सकारात्मक हुन स्रोतागणलाई प्रोत्साहन दिनुहोस्। घर-घरमा जाँदा ग्राहक बन्ने प्रस्ताव राख्न निम्न सुझावहरू पुनरावृत्ति गर्नुहोस्: मित्रैलो पाराले मुसुक्क हाँस्नुहोस्। उत्साही हुनुहोस्। बिस्तारै बोल्नुहोस्। एउटा पत्रिकाको एउटा लेख मात्र छलफल गर्नुहोस् तर नियमित तवरमा पत्रिका प्राप्त गर्दा हुने लाभहरू बताउनुहोस्। घरधनीलाई पत्रिका दिनुहोस्। ग्राहक बन्न अस्वीकार गरेमा प्रहरीधरहरा र अवेक!-को एक वा त्यसभन्दा बढी प्रतिहरू दिन नभुल्नुहोस्। पत्रिकाहरू लिन इन्कार गरेमा सकारात्मक निष्कर्षमा पुग्नुहोस्। ती प्रतिहरू स्वीकारेमा आउँदा अंकहरू लिएर फर्कनेछु भनी बताउनुहोस्। सम्पूर्ण चासो र वितरणहरूको रिकर्ड राख्नुहोस्। पुनः भेटमा ग्राहक बन्ने प्रस्तावना फेरि राख्नुहोस्। अन्तमा, ग्राहक बनाउने प्रस्तावना राख्न ताजा पत्रिकाहरू चलाएर एक दुईवटा प्रस्तुतिहरू प्रदर्शित गर्नुहोस्।
गीत १७६ (१६) र समापन प्रार्थना।