प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 मार्च p. १
  • धेरै सुम्पिएको छ—धेरै मागिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धेरै सुम्पिएको छ—धेरै मागिन्छ
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • हरेक असल कामको लागि आफूलाई राजीखुशीले अर्पण गर्ने
    हाम्रो राज्य सेवकाई—१९९५
  • हामीले घोषणा नगरी नहुने सन्देश
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
हाम्रो राज्य सेवकाई—१९९५
km95 मार्च p. १

धेरै सुम्पिएको छ—धेरै मागिन्छ

१ सत्य पाएर हामी कतिको कृपापात्र भएका छौं! यहोवाप्रति हाम्रो समर्पणले गर्दा हामीलाई ‘सुसमाचार सुम्पिएको’ छ। (१ थिस्स. २:४) यसले हामीमाथि अझै ठूलो जिम्मेवारी थप्छ। येशूले यसो भन्‍नुभयो: “धेरै सुम्पिएको जुनसुकैसँगबाट मानिसहरूले धेरै माग्नेछन्‌।”—लूका १२:४८ख.

२ ती शब्दहरू कति सत्य छन्‌! परमेश्‍वरको वचनको ज्ञान, भाइहरूको अद्‌भुत भ्रातृत्व र उदेकपूर्ण आशा हामी सबैले पाएको हुँदा हामीलाई धेरै सुम्पिएको छ भनी सत्यतापूर्वक भन्‍न सक्छौं। त्यसको बदलामा धेरै मागिनु तर्कपूर्ण छ।

३ आवश्‍यकताहरूको उचित दृष्टिकोण कायम गर्नुहोस्‌: हामीबाट अचाक्ली मागिएको छ भन्‍ने निष्कर्षमा केही व्यक्‍तिहरू पुगेका छन्‌। मसीही मण्डलीको शिरको हैसियतमा ती सुचारुरूपले चलाउन “ठीक मापको” आवश्‍यक कुराहरू येशू ख्रीष्टले नै निर्धारण गर्नुहुन्छ। (एफि. ४:१५, १६) “मेरो जुवा सजिलो र मेरो भारी हलका छ” भनी उहाँले हामीलाई आश्‍वासन दिनुहुन्छ। (मत्ती ११:२८-३०) अभावमा परेकाहरूलाई उहाँले प्रेमपूर्वक छुट दिनुहुन्छ। (लूका २१:१-४) जतिसुकै मात्रामा भएपनि यथासक्दो गऱ्‍यौं भने हामीले आशिष्‌ पाउनेछौं।—कल. ३:२३, २४.

४ आफैलाई सोध्नुहोस्‌, ‘के राज्यसम्बन्धी कामकुराहरूले मेरो जीवनमा प्राथमिकता पाएको छ? परमेश्‍वरको नाउँको प्रशंसा र अरूको लाभ हुने ढंगमा के मैले मेरो समय तथा स्रोतहरू प्रयोग गरिरहेको छु? भौतिक कुराहरू स्वार्थीपूर्वक उपभोग गर्नुभन्दा यहोवाको सेवाबाट के म बढी आनन्द प्राप्त गर्छु?’ यी प्रश्‍नहरूको इमान्दार जवाफले हाम्रो हृदयभित्रको मनोवृत्ति प्रकट गर्छ।—लूका ६:४५.

५ खराब गर्न प्रलोभित हुनबाट जोगिनुहोस्‌: स्वार्थपूर्ति, लोभ र कामुक आनन्दहरूप्रति प्रलोभन तथा दबाब अहिलेजति कहिल्यै परेको छैन। प्रत्येक दिन हामी नैतिक चुनौतीहरू र सम्झौता गर्ने प्रलोभनहरू सामना गर्छौं। यी चुनौतीहरू सफलतापूर्वक सामना गर्न हामीले यहोवासित मदत माग्नुपर्छ। (मत्ती २६:४१) आफ्नो आत्माद्वारा उहाँले हामीलाई बलियो बनाउन सक्नुहुन्छ। (यशै. ४०:२९) परमेश्‍वरको वचन दिनहुँ पढ्‌नु निकै मदतकारी हुन्छ। (भजन. १:२, ३) आत्म-अनुशासन र आत्म-संयमले पनि प्रमुख भूमिका खेल्छ।—१ कोरि. ९:२७.

६ असल कुरालाई प्रेम गर्नु मात्रै पर्याप्त छैन तर हामीले खराब कुरालाई घृणा पनि गर्नुपर्छ। (भजन. ९७:१०) यसको अर्थ खराब कुराहरूप्रति लालसा खेती नगर्नु हो। यहोवाले घृणा गर्नुहुने सात कुराहरू हितोपदेश ६:१६-१९ मा सूचीबद्ध छन्‌। स्पष्ट छ, यहोवालाई खुशी तुल्याउन चाहने व्यक्‍तिले त्यस्ता कुराहरू पनि घृणा गर्नुपर्छ। सत्यको सही ज्ञान पाएकोले असल कुराहरूमा ध्यान केन्द्रित गरेर त्यही ज्ञानअनुसार चल्ने चाह हामीमा हुनुपर्छ।

७ “सधैं प्रभुको काममा प्रशस्त हुँदै” जान अनुकूल परिस्थितिहरूको लागि प्रार्थना गर्नु उचित हो। (१ कोरि. १५:५८) यहोवाको सेवामा व्यस्त हुँदा धेरैले सुरक्षा पाएका छन्‌ किनभने यसो गर्दा निरर्थक कुराहरू पछ्याउन समय नै हुँदैन।

८ सबै कुराहरू विचार गर्ने हो भने यहोवाले हामीबाट माग गर्नुहुने कुराहरू असाध्यै व्यवहारिक छन्‌। (मीका ६:८) सेवाको हरेक सुअवसरको लागि कृतज्ञ हुनुपर्ने कारणहरू हामीसित छन्‌। (एफि. ५:२०) तसर्थ, हामीबाट माग गरिएका कुराहरूभन्दा हाम्रो इनाम निकै ठूलो हुनेछ भनी निर्धक्क भएर हामी “परिश्रम र प्रयत्न गर्दछौं।”—१ तिमो. ४:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने