तपाईं कस्तो किसिमको मानिस हुनुपर्छ?
१ सारा मानवजातिले लेखा दिनुपर्ने समय नजीकै छ। बाइबलले त्यसलाई “परमप्रभुको दिन” भन्छ। त्यही समयमा नै दुष्टमाथि ईश्वरीय न्याय कार्यान्वयन गरिनेछ। यो धर्मीहरूका लागि छुटकाराको समय पनि हो। त्यतिखेर जीवित् सम्पूर्ण मानिसहरूले आफ्नो जीवन जसरी बिताएका थिए, त्यसको लेखा दिनुपर्नेछ। त्यसलाई मनमा राख्दै पत्रुस यस जटिल प्रश्न गर्छन्: “तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ”? तिनी ‘पवित्र आचरण, ईश्वरीय भक्तिका कामहरू र यहोवाको त्यस दिनको बाटो हेर्नुपर्ने’ महत्त्वको साथै ‘शान्तिसाथ निष्खोट र निष्कलंक’ हुनुपर्ने आवश्यकतामाथि जोड दिन्छन्।—२ पत्रु. ३:११-१४.
२ पवित्र आचरण तथा ईश्वरीय भक्तिका कामहरू: पवित्र आचरणमा बाइबल सिद्धान्तहरूप्रति आदर देखाउने अनुकरणीय कामहरू समावेश छन्। (तित. २:७, ८) कुनै पनि मसीही स्वार्थी, शारीरिक इच्छाहरूबाट प्रेरित सांसारिक आचरणदेखि अलग बस्नुपर्छ।—रोमी १३:११, १४.
३ “ईश्वरीय भक्ति”-लाई “परमेश्वरका मनमोहक गुनहरूप्रति गहिरो मूल्यांकनद्वारा उत्प्रेरित हृदयले गर्दा उहाँसित हुने व्यक्तिगत सम्बन्ध” भनेर वर्णन गरिएको छ। सेवकाईमा जोशिलो हुनु नै यस गुनलाई प्रकट गर्ने उल्लेखनीय तरिका हो। हामीले प्रचार गर्नुको मनसाय दायित्वको भावनाले मात्र होइन तर यहोवाप्रतिको गहिरो प्रेमले उत्प्रेरित भएर त्यसो गर्छौं। (मर्कू. १२:२९, ३०) त्यस्तो प्रेमले उत्प्रेरित भएपछि हामी आफ्नो सेवकाईलाई ईश्वरीय भक्तिको अर्थपूर्ण अभिव्यक्तिको रूपमा हेर्छौं। हाम्रो भक्ति निरन्तर कायम हुनुपर्ने भएकोले प्रचार कार्यमा हामीले अनवरत भाग लिनुपर्छ। यो हाम्रो साप्ताहिक क्रियाकलापको अभिन्न भाग हुनुपर्छ।—हिब्रू १३:१५.
४ यहोवाको त्यस दिनको “बाटो हेर्दै” बस्नुको अर्थ त्यसलाई हाम्रा सोचाइहरूमा सर्वप्रथम स्थान दिनु र कहिल्यै महत्त्वहीन स्थानमा झर्न नदिनु हो। यसको अर्थ, हाम्रो जीवनमा राज्यसम्बन्धी कामकुराहरूलाई प्राथमिकता दिनु हो।—मत्ती ६:३३.
५ शान्तिसाथ निष्खोट र निष्कलंक: ठूलो भीडको भागको हैसियतमा हामीले ‘आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका’ छौं। (प्रका. ७:१४) त्यसोभए, “निष्खोट” हुनुको अर्थ, हाम्रो स्वच्छ, समर्पित जीवनलाई संसारका अशुद्धताहरूद्वारा कलंकित नपार्न दृढतापूर्वक जोगिनैपर्छ। अधर्मी, भौतिकवादी इच्छाहरूले हाम्रो मसीही व्यक्तित्वलाई विकृत पार्नसक्छ। त्यसो हुन इन्कार गरेर हामीले आफूलाई “निष्कलंक” राख्छौं। (याकू. १:२७; १ यूह. २:१५-१७) अरूसित व्यवहार गर्दा “परमेश्वरको शान्ति” प्रतिबिम्बित गर्दै हामी “शान्तिसाथ” बाँचिरहेका छौं भनेर प्रदर्शित गर्छौं।—फिलि. ४:७; रोमी १२:१८; १४:१९.
६ हामीले आफूलाई सांसारिक कुराहरूदेखि दूषित हुनबाट सफलतापूर्वक जोगाएका छौं भने हामी कहिल्यै पनि “संसारसित एकै चालका” हुनेछैनौं। त्यस्तो चाललाई यहोवाले दोषी ठहराउनुहुन्छ। बरु, हाम्रा असल कार्यहरूले अरूलाई ‘परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद’ बुझ्न मदत दिनेछ।—रोमी १२:२; मला. ३:१८.
७ यहोवाले विश्वासी र बुद्धिमान दास मार्फत निरन्तर स्फूर्तिदायी आध्यात्मिक आहार प्रबन्ध गर्नुहुन्छ। त्यसले ईश्वरीय भक्ति प्रदर्शित गर्ने हाम्रो इच्छालाई तीव्र पार्छ। थुप्रै नयाँ व्यक्तिहरूले यस्तै इच्छा राख्छन्। तिनीहरूलाई अगस्त महिनामा क्षेत्र सेवकाईमा भाग लिन मदत दिएर प्रोत्साहन दिनसक्छौं।
८ हामीले सजगतासाथ “असल चालचलन” कायम गऱ्यौं भने यहोवाको नाउँ महिमित हुन्छ, मण्डली सुदृढ हुन्छ र अरूले लाभ उठाउँछन्। (१ पत्रु. २:१२) हामी सदैव त्यस्तो किसिमका मानिसहरू होऔं।