प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 सेप्टेम्बर p. १
  • परमेश्‍वरद्वारा जाँचिनु—किन लाभदायक छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरद्वारा जाँचिनु—किन लाभदायक छ?
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • आनन्दित हुन छुट्याइएका विश्‍वव्यापी प्रशंसकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको प्रशंसा गर!
    यहोवाको स्तुतिगान गाऔं
  • हाम्रा परमेश्‍वर यहोवाको प्रशंसा गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • युवाहरू हो, यहोवाको प्रशंसा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 सेप्टेम्बर p. १

परमेश्‍वरद्वारा जाँचिनु—किन लाभदायक छ?

१ प्रत्येकले सुस्वस्थ हुने चाहना गर्छ। यसले जीवनलाई धेरै आनन्ददायी बनाउँछ। यद्यपि, राम्रो स्वास्थ्य भएका धेरैले पनि समय-समयमा आफ्नो स्वास्थ्य परीक्षण गराउँछन्‌। किन? किनकि उत्पन्‍न हुँदै गरेका स्वास्थ्य समस्याहरूलाई पत्ता लगाएर त्यसको उपचार गर्न सकियोस्‌ भनी तिनीहरू त्यसो गर्छन्‌। त्यसरी नै हाम्रो आध्यात्मिक स्वास्थ्यको ख्याल गर्नु झन्‌ महत्त्वपूर्ण छ। परमेश्‍वरको अनुमोदन “विश्‍वासमा पक्का भइरहनु” माथि निर्भर गर्छ।—तित. १:१३.

२ यहोवाद्वारा जाँचिने उचित समय अहिले हो। त्यसो किन? किनकि यहोवा उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ र उहाँले सबै मानिसहरूको हृदय जाँच्नु हुँदैछ। (भज. ११:४, ५; हितो. १७:३) पूर्णतया जाँचिनुको निम्ति दाऊदले जस्तै हामी पनि यहोवालाई यसरी बिन्ती टक्राउँछौं: “मलाई जाँच्नुहोस्‌, हे परमप्रभु, र प्रमाणित गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्नुहोस्‌।”—भज. २६:२.

३ असिद्ध शरीरको कारणले आइपर्ने खतराहरूबाट हामीले आफ्नो आध्यात्मिक स्वास्थ्यलाई सुरक्षित राख्नुपर्छ। हितोपदेश ४:२३ ले यसरी सल्लाह दिन्छ: “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।”

४ हामी वरपरको भ्रष्टाचार र अनैतिक संसारले पनि हाम्रो आध्यात्मिक स्वास्थ्यलाई खतरामा पार्नसक्छ। यदि हामीले यस दुष्ट रीतिरिवाजसित घनिष्ठ सम्बन्ध राख्यौं भने, त्यसले जस्तै सोच्न र सांसारिक मनोवृत्तिहरू विकास गर्नसक्छौं। अथवा सांसारिक जीवनशैलीलाई अपनाएर संसारको मनोवृत्तिले थिचिनसक्छौं।— एफि. २:२, ३.

५ हाम्रो आध्यात्मिकता नष्ट गर्ने प्रयासमा शैतानले हामीमाथि सतावट अथवा प्रत्यक्ष विरोध ल्याउनसक्छ। तथापि, हामीलाई बहकाउन त्यसले अक्सर सांसारिक प्रलोभनहरूलाई धूर्ततापूर्वक प्रयोग गर्छ। त्यसैले ‘सचेत रहो, जागा रहो’ भन्दै पत्रुस हामीलाई आग्रह गर्छन्‌। किनकि शैतान “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ।” अतः ‘विश्‍वासमा दह्रो भएर त्यसको विरोध गर’ भनी हामीलाई आग्रह गरिएको छ।—१ पत्रु. ५:८, ९.

६ हाम्रो आध्यात्मिक स्वास्थ्यलाई रक्षा गर्न आफ्नो विश्‍वासलाई प्रतिदिन बलियो र सशक्‍त पार्नु आवश्‍यक छ। प्रेरित पावल हामीलाई आफ्नो विश्‍वास निरन्तर जाँच्न सल्लाह दिन्छन्‌। दक्ष चिकित्सकले दिएको व्यवहारिक सुझावलाई जसरी हामी ध्यान दिन्छौं, त्यसरी नै हाम्रा समस्याहरूलाई सुधार्न यहोवाले गर्नुभएको आध्यात्मिक परीक्षणलाई हामी स्वीकार्छौं। यसले हामीलाई “आफैले आफैलाई जाँच्न” सम्भव बनाउँछ।—२ कोरि. १३:५, ११.

७ यहोवा साँच्चै महान्‌ जाँचकी हुनुहुन्छ। उहाँको निदान सदा सही हुन्छ। हामीलाई के खाँचो छ, त्यो उहाँले ठीकसित जान्‍नुहुन्छ। आफ्नो वचन र ‘विश्‍वासी सेवक”-द्वारा उहाँले हामीलाई स्वस्थ्यकर आध्यात्मिक भोजन प्रदान गर्नुहुन्छ। (मत्ती २४:४५; १ तिमो. ४:६) घरमा र मण्डलीका सभाहरूमा नियमित रूपले यो पौष्टिक आध्यात्मिक भोजन खानाले आध्यात्मिक तवरमा हामी स्वस्थ रहन सक्षम हुन्छौं। नियमित तवरले आध्यात्मिक सेवकाईमा भाग लिएर आध्यात्मिक कसरत गर्नु पनि लाभकारी हुन्छ। तसर्थ, यहोवाले हामीलाई सर्वोत्तम आध्यात्मिक स्वास्थ्य प्रदान गर्नुहुन्छ भनी निश्‍चित भई उहाँले गर्नुहुने निरन्तर परीक्षणलाई हामी स्वीकार्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने