नोभेम्बर महिनाका लागि सेवा सभाहरू
नोभेम्बर ६ मा सुरु हुने हप्ता
गीत ६ (४)
१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू।
१५ मि: “सबै शास्त्र सिकाउनको लागि उपयोगी छ।” अरू बाइबलहरूभन्दा न्यु वर्ल्ड ट्रान्सलेशन (नयाँ विश्व अनुवाद) श्रेष्ठ हुनुका विशेषताहरू छलफल गर्नुहोस्। आधुनिक भाषामा लेखिएकोले यसबाट प्राप्त हुने लाभहरू व्याख्या गर्नुहोस्। [“अल स्क्रिप्चर” (“सबै शास्त्र”) पुस्तकको पृष्ठ ३२८, अनुच्छेद ४-६ हेर्नुहोस्।] दुइटा प्रदर्शनहरू गराउनुहोस्। एउटामा न्यु वर्ल्ड ट्रान्सलेशन (नयाँ विश्व अनुवाद) प्रस्तुत गरेको र अर्कोमा १९२ पृष्ठ भएका कुनै पनि पुस्तक विशेष दरमा प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्।
२० मि: “बेथेल सेवा—अझ धेरै स्वयंसेवकहरू आवश्यक।” भाषण। अनुच्छेद १४-१८ छलफल गर्दा त्यहाँ दिइएको सल्लाहअनुसार बेथेल सेवालाई लक्ष्य बनाउन र त्यसका लागि के कस्तो तयारी गर्नुपर्छ बुबाले जवान छोरालाई बताइरहेको एउटा प्रदर्शन देखाउनुहोस्। छोरासितको छलफलमा बुबाले बेथेल सेवा गरेका वा गरिरहेका मण्डलीका एक दुइ जना भाइहरूलाई समावेश गर्नसक्छन्। अनुच्छेद १९-२३ लाई प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्।
गीत २ (११३) र समापन प्रार्थना।
नोभेम्बर १३ मा सुरु हुने हप्ता
गीत ३३ (१३)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। सप्ताहन्त क्षेत्र सेवकाई प्रबन्धको पुनरावृत्ति गर्नुहोस्।
१५ मि: “सभामा नियमित उपस्थिति—दृढ हुन अत्यावश्यक।” भाषण र श्रोतासित छलफल।
२० मि: “सुसमाचार योग्य चालचलन देखाउनुहोस्।” प्रश्नोत्तर। जून १५, १९८९, वाचटावर, पृष्ठ १६-१७, अनुच्छेद ५-९ मा आधारित थप टिप्पणीहरू समावेश गर्नुहोस्।
गीत २३ (१९) र समापन प्रार्थना।
नोभेम्बर २० मा सुरु हुने हप्ता
गीत ६४ (३५)
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: स्थानीय आवश्यकताहरू। (अथवा जून १५, १९९४, वाचटावर, पृष्ठ ८-११ को “के तपाईंले व्यक्तिगत अध्ययनबाट आनन्द उठाउनुभएको छ?” शीर्षक लेखमा आधारित भाषण।)
२० मि: “बाइबलको मूल्यांकन गर्न अरूलाई मदत गर्नुहोस्।” बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर पुनःभेटहरू किन गर्नुपर्छ भन्ने सम्बन्धमा प्राचीनले दुइ तीन जना प्रकाशकहरूसित छलफल गर्छन्। सुझावित प्रस्तुतिहरू पुनरावृत्ति गर्नुहोस् र पुनःभेटका लागि अभ्यास गरेको प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ८ (८८) र समापन प्रार्थना।
नोभेम्बर २७ मा सुरु हुने हप्ता
गीत ९६ (३०)
५ मि: स्थानीय घोषणाहरू।
१५ मि: “माथिका कुरामा मन लगाओ।” प्रश्नोत्तर छलफल।
१० मि: “सही शब्दहरूले झूटा शिक्षाहरूलाई उल्टाइदिन्छ।” भाषण। हाम्रा प्रकाशनहरूमा प्रयोग गरिएका ईश्वरतान्त्रिक शब्दावली सिक्न भाइहरूलाई चनाखो हुन प्रोत्साहित गर्नुहोस्।
१५ मि: डिसेम्बर महिनामा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्ने। पुस्तकका आकर्षक विशेषताहरू, जस्तै प्रभावकारी शीर्षकहरू, चाखलाग्दा चित्रहरूका साथै सरल व्याख्या, चिट्टिक्क परेको बान्की र कुशलतापूर्वक सोधिएका प्रश्नहरूको पुनरावृत्ति गर्नुहोस्। स्थानीय क्षेत्रका मानिसहरूलाई मन पर्नसक्ने खालका वार्तालापीय बुँदाहरू छुट्टाउनुहोस्। महान पुरुष र त्यसको वैकल्पिक पुस्तक सधैंभरि बाँच्न सक्नु हुन्छ प्रस्तुत गरेको एक एकवटा प्रदर्शन गराउनुहोस्। सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक बाइबल अध्ययन सञ्चालन गर्न तयार पारिएको हुँदा पुस्तक प्रस्तुत गरिएका सबै ठाउँहरूमा बाइबल अध्ययन सुरु गर्ने ध्येयले फेरि जान विशेष प्रयत्न गर्नुपर्छ। डिसेम्बर महिनामा यी पुस्तकहरू प्रयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ७८ (११२) र समापन प्रार्थना।