प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 सेप्टेम्बर p. ८
  • परमेश्‍वरको राज्यबारे प्रचार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्यबारे प्रचार गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • हामी परमेश्‍वरको राज्यले दिने आशा अरूसित बाँड्‌छौं
    हाम्रो राज्य सेवकाई—२००७
  • “जसले कल्याणको शुभ समाचार ल्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उत्थानदायी र सकारात्मक हुनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 सेप्टेम्बर p. ८

परमेश्‍वरको राज्यबारे प्रचार गर्नुहोस्‌

१ हिब्रू १०:२३ मा हामीलाई ‘जनसमक्ष आफ्नो आशाको घोषणालाई पक्रिराख्न’ आग्रह गरिएको छ। अनि हाम्रो आशा परमेश्‍वरको राज्यमा केन्द्रित छ। परमेश्‍वरको राज्यको सुसमाचार सारा राष्ट्रहरूमा प्रचार गरिनुपर्छ भनेर येशूले तोकेरै आज्ञा दिनुभयो। (मर्कू. १३:१०) हामीले सेवकाईमा भाग लिंदा यो कुरालाई बिर्सनु हुँदैन।

२ मानिसहरूसित भेट्‌दा हामी तिनीहरूलाई चासो लाग्ने वा तिनीहरू चिन्तित भएको विषयबाट कुराकानी थाल्न खोज्छौं। टोलछिमेकमा अपराध, जवानहरूको समस्या, जीविकोपार्जनसम्बन्धी चिन्ताहरू वा विश्‍व परिस्थितिको संकटजस्ता घरधनीलाई थाह भएका विषयहरूबारे बताउँछौं। अधिकांश मानिसहरूको मन यिनै “जीवनको फिक्री[मा]” केन्द्रित हुने भएको हुँदा हामीले तिनीहरूप्रति चासो तथा समझदारी देखायौं भने मानिसहरूले प्रायजसो आफ्नो मनका कुराहरू पोख्नेछन्‌। (लूका २१:३४) फलस्वरूप हाम्रो आशाबारे बताउने बाटो खुल्नसक्छ।

३ तथापि, हामी होशियार भएनौं भने हाम्रो कुराकानी नकारात्मक कुराहरूमा केन्द्रित हुनसक्छ र हामी जुन उद्देश्‍यको लागि गएका थियौं, त्यो पूरा गर्न असफल हुन्छौं अर्थात्‌ हामीले परमेश्‍वरको राज्य सन्देश नै सुनाएका हुनेछैनौं। यति धेरै संकट ल्याउने नराम्रो परिस्थितिमा ध्यानाकर्षण त गर्छौं तर हाम्रो लक्ष्य परमेश्‍वरको राज्यमा ध्यानकेन्द्रित गर्नु हो, जसले अन्ततः मानिसजातिका सबै समस्याहरू समाधान गर्नेछ। मानिसहरूले सुन्‍नै पर्ने साँच्चै अद्‌भुत आशा हामीसित छ। अतः हामीले कुराकानीको सुरुमा “आखिरी दिनमा डरलाग्दो समय[का]” केही पक्षहरू छलफल गरे तापनि “अनन्त सुसमाचार[को]” मूलभूत सन्देशमा ध्यानाकर्षण गरिहाल्नुपर्छ। यसप्रकार हामी आफ्नो सेवकाईको काम पूरा गर्नेछौं।—२ तिमो. ३:१; ४:५; प्रका. १४:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने