घोषणाहरू
▪ मण्डलीको अध्यक्ष वा उनले खटाएको कसैले डिसेम्बर १ वा त्यसको लगत्तैपछि मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। यो काम सिद्धिएपछि मण्डलीमा घोषणा गर्नुहोस्।
▪ सन् १९९७ को स्मरणार्थ उत्सव आइतबार, मार्च २३ का दिन सूर्यास्तपछि हुनेछ। भाइहरूले आवश्यकताअनुसार भवन बुकिङ गर्न सकोस् भनेर यो सम्झौटा दिइएको हो।
▪ जनवरीदेखि परिभ्रमण निरीक्षकहरूले निम्न विषयमा जनभाषण दिनेछन्: “हाम्रो परमेश्वर यहोवाजस्तो को छ?” बिहीबार (वा शुक्रबार) दिइने प्रथम सेवा भाषणको शीर्षक: “सुसमाचारमा तल्लीन हुनुहोस्,” र त्यही दिन ४५ मिनेट लामो संयुक्त मण्डली पुस्तक अध्ययनपछि दिइने दोस्रो सेवा भाषणको शीर्षक हुनेछ: “सद्गुण वा दुर्गुण—तपाईं कुन कुराको खेती गर्नुहुन्छ?” यी दुवै भाषणहरू २५ मिनेट लामो हुनेछन् र बिहीबारको (वा शुक्रबार) सम्पूर्ण कार्यक्रम एक घण्टा ५० मिनेटको हुनेछ। ‘सिकेका कुरामा लागिरहनुहोस्’ भन्ने छलफलको साटो अर्कै भाषण दिइनेछ।
▪ सन् १९९७ को वार्षिक पद हो: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्।”—भजन १४३:१०. मण्डलीहरूले नयाँ वार्षिक पदको पाटी तयार गर्न सके बेस हुनेछ। त्यसो गर्दा जनवरी १, १९९७ वा यथाशक्य चाँडो मण्डलीमा टाँग्न सकिनेछ।
▪ कलकत्तामा हुने जिल्ला अधिवेशन मितिमा हेरफेर गरिएको छ। यो जनवरी ३-५, १९९७ मा सम्पन्न हुनेछ।
▪ सन् १९९७ मा चलाउन हरेक मण्डलीलाई यथेष्ट सेवा फारामहरू पठाइसकिएको छ। सम्बन्धित भाइहरूलाई उचित फारामहरू वितरण गर्ने सहयोग पुऱ्याउन मण्डलीका सचिवहरूलाई चेकलिस्ट पनि पठाइएको थियो। यी फारामहरू जुन कामका लागि हुन्, त्यसैका लागि मात्र चलाउनुपर्छ र खेर फाल्नु हुँदैन। तपाईंको मण्डलीलाई ती फारामहरू एक वर्षको लागि पुग्छ कि पुग्दैन, कृपया पक्का गर्नुहोस्। थप फारामहरू चाहिन्छ भने तुरुन्तै अर्डर गरिहाल्नुपर्छ। कृपया डिसेम्बर १९९७ सम्म पुग्ने फारामको मात्र अर्डर गर्नुहोस्।
फारामहरूसँगसँगै नयाँ प्रहरीधरहरा प्रकाशन सूची-को (अंग्रेजी) चार प्रति पनि पठाइएको थियो। एउटा प्रति सचिवले राख्नुपर्छ र अरू चाहिं साहित्य, पत्रिका र लेखा सँभाल्ने भाइहरूलाई वितरण गर्नुपर्छ।