प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 डिसेम्बर pp. ४-५
  • परमेश्‍वरले गर्नुहुने वृद्धिमा रमाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले गर्नुहुने वृद्धिमा रमाउने
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • सोसाइटीको विश्‍वव्यापी कार्यको लागि दिइएका चन्दाहरूले वृद्धिमा सहयोग पुऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—१९९६
  • पूर्वी युरोपमा साँचो उपासना फस्टाइरहेको छ
    हाम्रो राज्य सेवकाई—२०००
  • अन्तरराष्ट्रिय तवरमा तिनीहरू मसीही भ्रातृत्वको सेवा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • यहोवाको आदर हुने निर्माणकार्य
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 डिसेम्बर pp. ४-५

परमेश्‍वरले गर्नुहुने वृद्धिमा रमाउने

१ प्रथम शताब्दीका मसीहीहरू परमेश्‍वरको राज्यका जोसिला प्रचारकहरू थिए। ‘मण्डलीहरू गन्तीमा दिनहुँ बढ्‌दै’ जाँदा तिनीहरू रमाए। (प्रेरि. १६:५) तिनीहरूको निडर प्रचारकार्य एसिया, युरोप र अफ्रिकासम्म फैलियो र परिणामस्वरूप थुप्रै विश्‍वासीहरू बनाउन सकियो।

२ अन्तिम दिनमा प्रचारकार्य “सारा संसारमा” फैलिनेछ भनी येशूले भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:१४) सेवा वर्ष १९९६ को दौडान संसारभरिका मुलुकहरूमा भइरहेको राम्रो प्रगति तथा प्रकाशकहरूको नयाँ शिखर संख्याको रिपोर्ट पाइरह्‍यौं। यस द्रुत वृद्धिले गर्दा सयौं राज्यभवन तथा सम्मेलनभवनहरू निर्माण गर्न खाँचो पर्नुका साथै कतिपय शाखा कार्यालयहरू विस्तार गर्नु परेको छ।

३ अगस्त १९९६ को हाम्रो राज्य सेवकाई-ले अफ्रिकामा भइरहेको निर्माण कार्यको रिपोर्ट गऱ्‍यो। त्यस्तै क्रियाकलाप ल्याटिन अमेरिकामा पनि भइरहेको छ। सेवा वर्ष १९९६ मा मेक्सिकोले ४,७०,०९८ प्रकाशकहरूको औसतन ६,००,७५१ बाइबल अध्ययनहरूको उल्लेखनीय शिखर पुगेको रिपोर्ट गऱ्‍यो र त्यसले गर्दा ४६६ नयाँ मण्डलीहरू स्थापना गर्नुपरेको छ!

४ उक्‍त सेवा वर्षको दौडान भारतमा २५ वटा नयाँ मण्डलीहरू स्थापित भए। अब मण्डली तथा पृथक्‌ समूहहरूको कुल संख्या ५३१ पुगेको छ। अगस्तमा लगातार २४औं शिखर पुग्दा हामी रमायौं र १६,६१५ प्रकाशकहरूको रिपोर्ट प्राप्त भयो। परिणामस्वरूप सात प्रतिशत वृद्धि भयो। अहिले भारतमा यहोवाका साक्षीहरूको स्वामित्वमा १७० वटा राज्यभवनहरू छन्‌। तर यस द्रुत वृद्धिले गर्दा नयाँ राज्यभवनहरू निर्माण गर्नुपर्ने खाँचो भएको छ। त्यस्ता २१ वटा परियोजनाहरू निमार्णाधीन अवस्थामा छन्‌ भने हाम्रो शाखाको निर्माण कार्य पनि अघि बढाउनु परेको छ।

५ निर्माण खर्च महँगो छ तर धेरै राज्यभवनहरू निर्माण गर्नुपर्ने खाँचो छ। त्यस्ता परियोजनाहरूलाई प्रायजसो राष्ट्रिय राज्यभवन कोशले सहयोग पुऱ्‍याउँछ। तपाईं भेला हुनुहुने स्थानमा ‘निर्माण कोश’ अंकित बाकसहरूमा तपाईंले हाल्नुभएका चन्दाहरू संकलन गरेर उक्‍त कोशमा जम्मा गरिन्छ। यी निर्माण खर्च बेहोर्न चन्दा दिने इच्छुकताले गर्दा अरूलाई दिंदा प्राप्त हुने आनन्द अनुभव गर्छौं र साथै यहोवाले गर्नुहुने वृद्धि देख्न पाउँदा हर्षित हुन्छौं।—प्रेरि. २०:३५.

[पृष्ठ ४, ५-मा भएको पेटी]

पाराग्वे शाखा

[पृष्ठ ४-मा भएको पेटी]

इक्वेडर शाखा

[पृष्ठ ४, ५-मा भएको पेटी]

मेक्सिकोको निर्माणाधीन शाखा विस्तार

[पृष्ठ ४, ५-मा भएको पेटी]

डोमिनिकन रिपब्लिक शाखा

[पृष्ठ ४-मा भएको पेटी]

ब्राजिलको शाखा विस्तार

[पृष्ठ ४, ५-मा भएको पेटी]

उरुग्वेको निर्माणाधीन शाखा

[पृष्ठ ५-मा भएको पेटी]

ल्याटिन अमेरिकामा कम लागतमा निर्माण गरिएका सामान्य राज्यभवनहरू

१. ब्राजिल

२. निकारागुआ

३. चिली

४. कोलम्बिया

५. मेक्सिको

६. ब्राजिल

७. पेरू

८. भेनेज्वेला

९. मेक्सिको

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने