प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 जनवरी p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 जनवरी p. ७

घोषणाहरू

▪ जनवरी: १९२ पृष्ठ भएका पुराना पुस्तकहरू विशेष प्रस्तुतिको रूपमा चन्दास्वरूप रु. १०.०० मा प्रस्तुत गर्ने। नेपाली वा बंगाली पढ्‌ने व्यक्‍तिहरूलाई ३२ पृष्ठ भएको कुनै पनि ठूला पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ। मल्यालम पढ्‌नेलाई तपाईंको पारिवारिक जीवन सुखी बनाउने पुस्तक चन्दास्वरूप रु. २०.०० मा र पंजाबी पढ्‌नेलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चन्दास्वरूप रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। कृपया स्मरण रहोस्‌, माथि उल्लिखित यी दुइ पुस्तकहरू विशेष दरमा प्रस्तुत गर्नका लागि होइनन्‌। फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००) अथवा तपाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) पुस्तक चन्दास्वरूप रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। अन्यथा १९२ पृष्ठका कुनै पनि पुराना पुस्तकहरू विशेष प्रस्तुतिको रूपमा चन्दास्वरूप रु. १०.०० मा प्रस्तुत गर्न सकिन्छ। मार्च: “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनमा विमोचन भएको नयाँ पुस्तक। अधिवेशन सिद्धिने बित्तिकै मण्डलीहरूले जतिसक्यो चाँडो यस पुस्तकको लागि अर्डर पठाइहाल्नुपर्छ। अप्रिल र मे: प्रहरीधरहरा अथवा ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने।

▪ यस वर्ष मार्च २३ का दिन सूर्यास्तपश्‍चात्‌ स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले सुविधाजनक प्रबन्धहरू मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गरे तापनि स्मरणार्थका प्रतीकहरू पास गर्ने कार्यक्रम भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्य अस्ताउने समयबारे सही जानकारी लिनुहोस्‌। त्यस दिन क्षेत्र सेवकाईको सभाबाहेक अरू कुनै सभा नहुने भएकोले प्रहरीधरहरा अध्ययन अरू कुनै उपयुक्‍त समयमा गर्नुपर्छ। परिभ्रमण निरीक्षकहरूले त्यस हप्तामा आफ्नो सभा तालिका स्थानीय परिस्थितिअनुरूप मिलाउनु पर्नेछ। मण्डलीले स्मरणार्थ उत्सव बेग्लाबेग्लै ठाउँमा मनाउनु बेस हो तर यो सधैं सम्भव नहुनसक्छ। सामान्यतः थुप्रै मण्डलीहरूले एउटै राज्य भवन प्रयोग गर्छन्‌ भने उक्‍त साँझको लागि एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिनसक्छन्‌। नवजिज्ञासुहरूलाई उपस्थित हुन अप्ठ्यारो पर्ने गरी स्मरणार्थ उत्सव असाध्यै ढिलो सुरु गर्नु हुँदैन। यसबाहेक, स्मरणार्थ उत्सवको अघिपछि आगन्तुकहरूलाई अभिवादन गर्न, कसै कसैलाई भने आध्यात्मिक मदत दिइरहन प्रबन्ध मिलाउन वा प्रोत्साहनको आदानप्रदान गर्न नभ्याउने गरी सभाहरूको समय तालिका गज्याङमज्याङ हुनु हुँदैन। यी सबै कुराहरूलाई राम्ररी ध्यान दिइसकेपछि स्मरणार्थ उत्सवमा उपस्थित व्यक्‍तिहरूलाई उक्‍त उत्सवबाट पूर्ण लाभ हुने मदतकारी प्रबन्धहरू प्राचीनहरूले निर्णय गर्नुपर्छ।

▪ स्मरणार्थ अवसरको महत्त्वलाई ध्यानमा राखेर प्राचीनहरूको निकायले योग्य प्राचीनहरूमध्येबाट एक दक्ष भाइलाई यो भाषण दिन छान्‍नुपर्छ। तर पालै पालो वा सधैं एउटै भाइले दिनु बेस होइन।

▪ सन्‌ १९९७ को स्मरणार्थ उत्सवको समयताका विशेष जनभाषण आइतबार, अप्रिल ६ तारिखका दिन दिइनेछ। यो भाषणको रूपरेखा उपलब्ध गराइनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण, क्षेत्रीय सम्मेलन अथवा त्यो सप्ताहमा विशेष सम्मेलन दिन हुने मण्डलीहरूमा उक्‍त भाषण त्यसपछिको हप्तामा दिइनेछ। अप्रिल ६ तारिखअघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनु हुँदैन।

▪ जनवरी १, १९९७ देखि निम्न नयाँ दरहरू लागू हुनेछन्‌:

अग्रगामी मण्डली/जन साधारण

३२ पृष्ठ भएका साना पुस्तिकाहरू १.५० २.००

सबै किसिमका ठूला पुस्तिकाहरू ४.०० ६.००

जवान मानिसहरूले सोध्ने प्रश्‍नहरू, बाइबलका कथाहरू (सानो), सृष्टि (सानो), गीतिपुस्तक (सानो)२०.०० ३०.००

मानिसजातिद्वारा परमेश्‍वरको खोज४०.०० ६०.००

नयाँ विश्‍व अनुवाद (अनुक्रम-णिकासहित bi 12)६०.०० ८०.००

दिनहुँ धर्मशास्त्र जाँच्ने* ६.०० १०.००

श्रव्य क्यासेट (एक प्रति) ५५.०० ६५.००

* दिनहुँ धर्मशास्त्र जाँच्ने—१९९७ जनवरी १ भन्दाअघि नै वितरण हुनेभए तापनि यही दर यसमा पनि लागू हुनेछ।

▪ जनवरी ६ को सेवा सभामा उपस्थित बप्तिस्माप्राप्त सबै प्रकाशकहरूले साहित्यहरू वितरण गर्ने काउन्टरबाट एड्‌भान्स्‌ मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) र केटाकेटीहरूका लागि आइडेन्टीटी कार्ड (परिचयपत्र) लिनुपर्छ।

▪ पुनः उपलब्ध प्रकाशनहरू:

शान्तिमय नयाँ संसारमा जीवन (पर्चा नं. १५)—तिब्बतेली

जीवनमा अझ बढी केही छ—गुजराती, तामील, तेलगु र मल्यालम

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने