प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 जुलाई पृ. २
  • जुलाई महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
  • उपशीर्षकहरू
  • जुलाई ७ मा सुरु हुने हप्ता
  • जुलाई १४ मा सुरु हुने हप्ता
  • जुलाई २१ मा सुरु हुने हप्ता
  • जुलाई २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९७
km97 जुलाई पृ. २

जुलाई महिनाका लागि सेवा सभाहरू

जुलाई ७ मा सुरु हुने हप्ता

गीत ६

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। आफ्नो देश र स्थानीय मण्डलीको मार्च महिनाको रिपोर्टबारे टिप्पणी गर्नुहोस्‌।

१५ मि: “विश्‍वासिलोपना इनामदायी हुन्छ।” प्रश्‍नोत्तर। जनवरी २२, १९९३ को ब्यूँझनुहोस्‌! (अंग्रेजी) पृष्ठ १८-२१ मा दिइएको उदाहरण बताउनुहोस्‌।

२० मि: “अरूलाई सान्त्वना पाउन मदत दिनुहोस्‌।” श्रोतागणसित छलफल। एक वा दुइटा प्रस्तुति प्रदर्शन समावेश गर्नुहोस्‌। यो पुस्तिका चलाएर अन्य तरिकामा वार्तालाप सुरु गरेका छन्‌ भने श्रोतागणलाई त्यसबारे भन्‍न आग्रह गर्नुहोस्‌। चासो जगाउन सरल र मीठा मीठा शब्दहरू प्रयोग गर्न श्रोतागणलाई प्रोत्साहन दिनुहोस्‌। (पाठशाला निर्देशन पुस्तक [अंग्रेजी] पृष्ठ ७, अनुच्छेद ९-११ हेर्नुहोस्‌।) प्रस्तुत गर्न सकिने र मण्डलीसँग उपलब्ध भएका अन्य पुस्तिकाहरूको नाउँ बताउनुहोस्‌।

गीत ७० र समापन प्रार्थना।

जुलाई १४ मा सुरु हुने हप्ता

गीत ५

१७ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। “राज्यभवन कोश” पेटी पनि छलफल गर्नुहोस्‌। “हामी पारिवारिक आनन्द पुस्तक अध्ययन गर्नेछौं” पुनरावलोकन गर्नुहोस्‌। अध्ययन गर्न प्रत्येकसँग यो पुस्तक हुनुपर्ने आवश्‍यकतामाथि प्रकाश पार्दै सबै अध्यायलाई पूर्वतयारी गर्न जोड दिनुहोस्‌।

१३ मि: “मानिसहरू भेटिने सबै ठाउँमा साक्षी दिनुहोस्‌।” भाषण। समयले भ्याएमा वार्षिक पुस्तक १९९७ (अंग्रेजी), पृष्ठ ४३-६ बाट थप अनुभवहरू बताउनुहोस्‌।

१५ मि: आमाबाबु हो—शैशवकालदेखि नै छोराछोरीलाई सिकाउनुहोस्‌। आमाबाबुले छोराछोरीलाई शैशवकालदेखि सिकाउन जरुरी छ भनेर बताउँदै प्राचीनले धर्मशास्त्रीय सिद्धान्त छलफल गर्नेछन्‌। (हितो. २२:६; २ तिमो. ३:१४, १५) कोही कोही आमाबाबुले छोराछोरी स्वयं निर्णय गर्नसक्ने नभईञ्जेल बाइबलको ठोस शिक्षा दिनु त्यत्ति आवश्‍यक छैन भन्‍ने विचारधारा राख्छन्‌। यस्तो विचारधारा राख्नाले धेरै केटाकेटीहरूलाई सांसारिक हावाले छोएको छ। बच्चाहरूलाई कलिलै उमेरदेखि आध्यात्मिक प्रशिक्षण दिनुपर्छ। ( g९७ ३/८ २६-७; w८८ ८/१ १२-१३) आफ्ना छोराछोरीको आध्यात्मिकताप्रति ध्यान दिने विवाहित दम्पतीको अन्तरवार्ता लिनुहोस्‌। छोराछोरीलाई खँदिलो र पक्का शिक्षा दिन बुबाले कसरी अगुवाइ लिन्छन्‌ तर आमाबाबु दुवैले कसरी आफ्नो जिम्मेवारी पूरा गर्छन्‌ बताउनुहोस्‌। छोराछोरीलाई सिकाउन प्रभावकारी र व्यवहारिक कार्यक्रम बनाउनको निम्ति संगठनले दिएका सुझाउहरूको सदुपयोग गरेर सत्य सिकाउन के कस्ता कदमहरू चालेका छन्‌ भनेर उक्‍त दम्पतीले बताउनेछन्‌। परमेश्‍वरको वचनले जे आग्रह गरेको छ त्यसलाई आमाबाबुले व्यवहारमा उतार्नुपर्छ भनेर प्राचीनले जोड दिनेछन्‌।—w८५ ४/१ २३; एफि. ६:१-४.

गीत ७१ र समापन प्रार्थना।

जुलाई २१ मा सुरु हुने हप्ता

गीत १४

१५ मि: स्थानीय घोषणाहरू। “पुराना पुस्तकहरूको सदुपयोग गर्ने” लेख छलफल गर्नुहोस्‌। आ-आफ्नो पुस्तकालयमा उक्‍त पुस्तकहरू छन्‌ कि छैनन्‌ पक्का गर्न प्रकाशकलाई प्रोत्साहित गर्नुहोस्‌ र यही हप्तामा कुन कुन पुस्तक चाहिन्छ निधो गर्न लगाउनुहोस्‌। चाहिएका पुस्तकहरू साहित्य वितरण कक्ष मार्फत अर्डर गर्न लगाउनुहोस्‌ ताकि यो महिनाको अन्तमा यी पुस्तकहरू मण्डलीले सोसाइटीबाट मगाउन सकियोस्‌।

१५ मि: “नयाँ पुस्तिका र क्यासेट प्रयोग गरेर परमेश्‍वरले चाहनुहुने कुराहरू अरूलाई सिकाउनुहोस्‌।” भाषण। चाहनुहुन्छ पुस्तिकाको क्यासेट उपलब्ध भए त्यसलाई प्रयोग गरेर अध्ययन गरेको प्रदर्शन प्रस्तुत गर्नुहोस्‌।

१५ मि: अनौपचारिक साक्षी दिन तम्तयार हुनुहोस्‌। प्रत्येक दिन हामी आफूले भेटेका व्यक्‍तिहरूलाई साक्षी दिने मौका पाउँछौं। मौका पाएको बेला छलफल गर्न बाइबल र प्रस्तुत गर्न साहित्य नै नहुन पनि सक्छ। त्यसकारण पहिल्यै योजना बनाउनुहोस्‌। घरमा साहित्यहरू ढोका नजीकै त्यस्तो ठाउँमा राख्नुहोस्‌ जहाँ उभिएर तपाईं आगन्तुकहरूसँग कुरा गर्नुहुन्छ। झोलामा, निजी मोटरमा र काम गर्ने ठाउँमा अनि स्कूलको डेस्कमा थरीथरीका साहित्यहरू राख्नुहोस्‌। सार्वजनिक सवारी साधनमा यात्रा गर्नुहुँदा केही न केही आफूसँग राख्नुहोस्‌। व्यापारको सिलसिलामा कतै जान लाग्नुभएको छ, अधिवेशनमा जाँदै हुनुहुन्छ वा बिदा मनाउन कतै हिड्‌न लाग्नुभएको छ भने साथमा साहित्य लिन नभुल्नुहोस्‌। पाठशाला निर्देशन पुस्तक (अंग्रेजी), पृष्ठ ८०-२, अनुच्छेद ११-१६ बाट अतिरिक्‍त सुझाउ दिनुहोस्‌। बिक्रेता, सहकर्मी, स्कूलको सहपाठी, सहयात्री वा बिदा मनाउन आएका व्यक्‍तिहरूसँग कुराकानी गर्ने विभिन्‍न तरिका संक्षेपमा बताउनुहोस्‌।

गीत ७२ र समापन प्रार्थना।

जुलाई २८ मा सुरु हुने हप्ता

गीत १५

१२ मि: स्थानीय घोषणाहरू। सबैलाई क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। अगस्त महिनामा प्रस्तुत गरिने साहित्य पुनरावलोकन गर्नुहोस्‌। जुलाई महिनामा पुस्तिका प्रस्तुत गरिएका व्यक्‍तिहरूसँग बाइबल अध्ययन सुरु गर्ने लक्ष्य लिएर अगस्त महिनामा पुनःभेट गर्न सम्झाउनुहोस्‌। मार्च १९९७ हाम्रो राज्य सेवकाई-को परिशिष्ट चलाएर प्रभावकारी पुनःभेट गर्दा पूरा गर्नुपर्ने केही आवश्‍यकताहरू औंल्याउनुहोस्‌। बाइबल अध्ययन चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तकबाट सुरु गर्नुपर्छ। “हाम्रा निम्ति को जाने?” पेटीबाट सकारात्मक टिप्पणी समावेश गर्नुहोस्‌। नियमित अग्रगामी गर्न नसक्नेहरूले आउँदो सेवा वर्षमा कुन कुन महिनामा सहायक अग्रगामी गर्ने हो, योजना बनाउनसक्छन्‌।

१८ मि: “व्यक्‍तिगत अध्ययन गरेमा आध्यात्मिक प्रगति हुन्छ।” प्रश्‍नोत्तर। समयले भ्याएमा उल्लिखित शास्त्रपद पढ्‌नुहोस्‌। सबैलाई साप्ताहिक, व्यक्‍तिगत र पारिवारिक अध्ययन तालिका राख्ने अनि त्यसैअनुसार अध्ययन गर्ने प्रोत्साहन दिनुहोस्‌।

१५ मि: सेवकाईको काम पूरा गर्नुहोस्‌। सेवा निरीक्षकद्वारा हाम्रो सेवकाई पुस्तक (अंग्रेजी), पृष्ठ ५-८ मा आधारित भाषण। सेवकको हैसियतमा आ-आफ्नो जिम्मेवारीलाई गम्भीरतासाथ पूरा गर्ने उत्प्रेरणा दिंदै प्रचार कार्यको महत्त्व र आवश्‍यकतामाथि जोड दिनुहोस्‌।

गीत ७५ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने