प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 मार्च p. २
  • मार्च महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
  • उपशीर्षकहरू
  • मार्च २ मा सुरु हुने हप्ता
  • मार्च ९ मा सुरु हुने हप्ता
  • मार्च १६ मा सुरु हुने हप्ता
  • मार्च २३ मा सुरु हुने हप्ता
  • मार्च ३० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९८
km98 मार्च p. २

मार्च महिनाका लागि सेवा सभाहरू

मार्च २ मा सुरु हुने हप्ता

गीत ३

८ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “यो मेरो सम्झनाको निम्ति गर।” प्राचीनद्वारा भाषण। स्मरणार्थ उत्सवमा उपस्थित हुनुपर्ने महत्त्वमाथि जोड दिंदै हाम्रो सेवकाई (अंग्रेजी) पुस्तक पृष्ठ ८०-१ बाट संक्षिप्त टिप्पणी गर्नुहोस्‌।

२२ मि: “अरूको हृदयमा अनन्त जीवनको आशा जगाउनुहोस्‌।” श्रोतागणसित छलफल। कुराकानी अघि बढाउन कसरी प्रभावकारी ढंगमा प्रश्‍नहरू चलाउन सकिन्छ, बताउनुहोस्‌। कुनै प्रस्तुतिमा चलाउन सकिने त्यस्ता केही प्रश्‍नहरू बताउनुहोस्‌ जुन डोऱ्‍याउने हुनुका साथै दृष्टिकोण जाँच्ने पनि होस्‌। (पाठशाला निर्देशन पुस्तक [अंग्रेजी], पृष्ठ ५१-२ अनुच्छेद १०-१२ हेर्नुहोस्‌।) एक जना सक्षम प्रकाशकलाई कुनै एउटा सुझावित प्रस्तुतिबाट प्रदर्शन तथा पुनःभेट गर्न लगाउनुहोस्‌। पुनःभेटमा बाइबल अध्ययन सुरु गरेको देखाउनुहोस्‌।

गीत ८८ र समापन प्रार्थना।

मार्च ९ मा सुरु हुने हप्ता

गीत ६०

८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: वार्षिक पुस्तक १९९८ बाट (अंग्रेजी) सक्दो फाइदा उठाउनुहोस्‌। पृष्ठ ३-६, ३१ बाट बुबाले आफ्नो परिवारसँग गत वर्ष विश्‍वव्यापी ईश्‍वरीय क्रियाकलापमा भएको उन्‍नतिका मुख्य मुख्य कुराहरू छलफल गर्छन्‌। वर्षभरि दैनिक पद र वार्षिक पुस्तक-को केही अंश पढ्‌नुका साथै छलफल गर्ने संकल्प गर्दै त्यसबाट परिवारले पाएका फाइदाहरू बताउनुहोस्‌।

२२ मि: “के हामी फेरि गर्नेछौं?” (अनुच्छेद १-११) प्रश्‍नोत्तर। वार्षिक पुस्तक १९९८ मा दिइएको गत वर्षको सहायक अग्रगामी अभियानका मुख्य मुख्य कुराहरू प्रकाश पार्नुहोस्‌। त्यतिखेर स्थानीय मण्डलीमा सहायक अग्रगामी गर्नेहरूको संख्या बताउनुहोस्‌। अग्रगामी गर्दा पाइने व्यक्‍तिगत फाइदाहरू छलफल गर्नुहोस्‌ र अग्रगामी गर्ने थप प्रयासले कसरी मण्डलीको उन्‍नतिमा योगदान पुऱ्‍याउँछ, बताउनुहोस्‌। अग्रगामीहरूलाई सहयोग गर्न अप्रिल र मे महिनाको लागि स्थानीय तवरमा मिलाइएको सेवकाई प्रबन्ध बताउनुहोस्‌। प्रकाशकहरूले सभापछि आवेदन फाराम लिनसक्छन्‌।

गीत १९५ र समापन प्रार्थना।

मार्च १६ मा सुरु हुने हप्ता

गीत ४३

८ मि: स्थानीय घोषणाहरू। चासो देखाउनेहरू जति सबैलाई मार्च २९ मा हुने विशेष जनभाषणमा निम्त्याउनुहोस्‌। यो विशेष जनभाषणको शीर्षक हो “तपाईं बाइबलमा किन भरोसा राख्न सक्नुहुन्छ।”

१५ मि: स्थानीय आवश्‍यकता।

२२ मि: “के हामी फेरि गर्नेछौं?” (अनुच्छेद १२-१९) प्रश्‍नोत्तर। हाम्रो सेवकाई पुस्तकको पृष्ठ ११३-१४ मा दिइएका योग्यताहरू पुनरावृत्ति गर्नुहोस्‌। सहायक अग्रगामी गर्नाले नियमित अग्रगामी सेवाको लागि कसरी तयार होइन्छ, बताउनुहोस्‌। गत वर्ष मार्च, अप्रिल र मे महिनामा सहायक अग्रगामी गर्नेहरूले ६० घण्टा पुऱ्‍याउन कसरी आफ्नो तालिका मिलाउन सके, कोही कोहीलाई बताउन लगाउनुहोस्‌। परिशिष्टको अन्तिम पृष्ठमा दिइएको नमुना तालिकामध्ये तिनीहरूको लागि कुन चाहिं सबैभन्दा उपयुक्‍त भयो? समयले भ्याएमा वार्षिक पुस्तक १९८७ पृष्ठ ४८-९, २४५-६ मा दिइएका अनुभवहरू बताउनुहोस्‌। प्रकाशकहरूलाई सभा समापनपछि आवेदन फाराम लिन प्रोत्साहन दिनुहोस्‌।

गीत २२४ र समापन प्रार्थना।

मार्च २३ मा सुरु हुने हप्ता

गीत ९४

१० मि: स्थानीय घोषणाहरू। चासो देखाउनेहरूलाई अप्रिल ११ मा पर्ने स्मरणार्थमा बोलाउन सुरु गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌। एउटा स्मरणार्थ निमन्त्रणा पर्ची देखाउनुहोस्‌ र सबैलाई त्यो लिन अनि यसै हप्तादेखि बाँड्‌न सुरु गर्न आग्रह गर्नुहोस्‌। अप्रिल महिनामा सहायक अग्रगामी गर्नेहरूको नाउँ सुनाउनुहोस्‌। निवेदन दिन अझै ढिला भइसकेको छैन भनेर बताउनुहोस्‌। अप्रिल महिनामा सेवकाईको लागि हुने सभाहरूबारे सम्पूर्ण तालिका बताउनुहोस्‌।

२० मि: नयाँ व्यक्‍तिहरूलाई क्षेत्र सेवकाईको लागि तयार गर्नुहोस्‌। भाषण तथा श्रोतागणसित छलफल। ज्ञान पुस्तकबाट अध्ययन सञ्चालन गर्नेहरूले आ-आफ्ना विद्यार्थीहरूलाई क्षेत्र सेवकाईमा भाग लिन तयार पार्ने विचार गर्नुपर्छ। ज्ञान पुस्तकको पृष्ठ १०५-६ अनुच्छेद १४ र पृष्ठ १७९ अनुच्छेद २० मा के भनिएको छ, औंल्याउनुहोस्‌। कुनै नयाँ व्यक्‍ति बप्तिस्मा अप्राप्त प्रकाशक बन्‍न योग्य छन्‌ कि छैनन्‌ निर्णय गर्न नोभेम्बर १५, १९८८ को प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ १६-१७ अनुच्छेद ७-१० मा दिइएका प्रक्रिया पुनरावृत्ति गर्नुहोस्‌। बप्तिस्मा अप्राप्त नयाँ प्रकाशकलाई सेवकाई सुरु गर्ने मदत दिन जून १९९६ हाम्रो राज्य सेवकाई-को परिशिष्ट, अनुच्छेद १९ मा दिइएका सुझाउहरू केलाउनुहोस्‌।

१५ मि: प्रश्‍न पेटी। प्रश्‍नोत्तर। हाम्रो सेवकाई पुस्तक पृष्ठ १३१ अनुच्छेद १ र २ का विषय प्राचीनले पुनरावृत्ति गर्छन्‌।

गीत ४७ र समापन प्रार्थना।

मार्च ३० मा सुरु हुने हप्ता

गीत २९

१२ मि: स्थानीय घोषणाहरू। सबैलाई मार्च महिनाको क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। पत्रिकाका ताजा अंकहरू देखाउनुहोस्‌। अनि ती पत्रिकाहरू प्रस्तुत गर्दा कुन लेख प्रकाश पार्न सकिन्छ, सुझाउ दिनुका साथै त्यसबाट कुरा थाल्न सकिने केही बुँदाहरू उल्लेख गर्नुहोस्‌। “स्मरणार्थका लागि सम्झौटोहरू” पुनरावृत्ति गर्नुहोस्‌ र स्मरणार्थ उत्सवका लागि स्थानीय प्रबन्धहरू बताउनुहोस्‌। यस उत्सवमा बाइबल अध्ययन तथा चासो देखाउने अन्य मानिसहरूलाई उपस्थित हुने मदत दिन सबैले सुनिश्‍चित योजना बनाउनुपर्छ। दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकामा अप्रिल ६-११ मा दिइएका स्मरणार्थ बाइबल अध्ययन तालिकाअनुसार नबिर्सिकन पढ्‌न सबैलाई सम्झाउनुहोस्‌।

१३ मि: “केटाकेटी हो—तपाईंहरू हाम्रो आनन्द हुनुहुन्छ!” प्रश्‍नोत्तर। अगस्त १, १९८७ प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ २५ को अनुभव सुनाउनुहोस्‌।

२० मि: आध्यात्मिक थकान विरुद्ध लड्‌ने तरिकाहरू। दुई प्राचीनहरू जनवरी १५, १९८६ प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ १९ को पेटी छलफल गर्छन्‌। “थकानका लक्षणहरू” देखा पर्दा “सहन मदत गर्ने तत्त्वहरू”-ले कसरी फाइदा गर्नसक्छ, धर्मशास्त्रीय आधार बताउनुहोस्‌। त्यसपछि, त्यस्ता कुराहरू प्रयोग गर्दा आध्यात्मिक रूपमा बलियो रहन कसरी मदत मिल्यो, बताउन लगाउँदै दुई प्रकाशकहरूसँग अन्तरवार्ता लिनुहोस्‌।

गीत १४० र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने