सबैले पूर्ण हृदयले ‘वचन ग्रहण’ गर्नुपर्छ!
१ यहोवाका साक्षीहरूसित लाखौं मानिसहरूले अध्ययन गरिरहेका छन्। अनन्त जीवनको लागि योग्य ठहरिन ३,००० व्यक्तिहरूले सा.यु. ३३ पेन्तिकोसमा पश्चात्ताप गरेर बप्तिस्मा लिएजस्तै तिनीहरूले पनि पूर्ण हृदयले ‘वचन ग्रहण’ गर्नुपर्छ। (प्रेरि. २:४१) यस तथ्यले आज हामीमाथि कस्तो जिम्मेवारी ल्याउँछ?
२ हामीले आफ्ना विद्यार्थीलाई यहोवाप्रति भक्तिभाव विकास गर्न मदत गर्नु आवश्यक छ। (१ तिमो. ४:७-१०) जून १९९६, हाम्रो राज्य सेवाकाई, परिशिष्टको अनुच्छेद २० ले यसै कुरासित मिल्दो सुझाउ दिन्छ: “सम्पूर्ण अध्ययनको दौडान यहोवाका गुनहरूको बढी मूल्यांकन हुने अवसरहरू खोज्नुहोस्। परमेश्वरप्रतिको आफ्नो आन्तरिक भावना व्यक्त गर्नुहोस्। विद्यार्थीलाई यहोवासित न्यानो व्यक्तिगत सम्बन्ध बढाउने लक्ष्य राख्न मदत गर्नुहोस्।”
३ हामीले सामना गर्नुपर्ने चुनौतीहरू: झूटो धर्मको प्रभावमा परेका अधिकांश मानिसहरू कम समय र प्रयास खर्च गरे पुग्ने अनि आफ्नो जीवनशैलीमा पनि खास परिवर्तन गर्नु नपर्ने उपासनामा सन्तुष्ट छन्। (२ तिमो. ३:५) त्यसकारण अहिले हामीले सामना गर्ने चुनौती हाम्रा बाइबल विद्यार्थीलाई साँचो उपासना परमेश्वरको वचन सुन्नुमा मात्र सीमित छैन भनी बुझ्ने मदत दिनु हो। आफूले सिकिरहेको कुरा तिनीहरूले व्यवहारमा पनि उतार्नुपर्छ। (याकू. १:२२-२५) यदि तिनीहरूको कुनै व्यक्तिगत आचरण परमेश्वरलाई स्वीकार्य छैन भने तिनीहरूको जिम्मेवारी, “फर्कनु” र उहाँलाई खुसी तुल्याउने क्रियाकलाप गर्नु हो भनी बुझ्नुपर्छ। (प्रेरि. ३:१९) तिनीहरूले अनन्त जीवन प्राप्त गर्न ‘प्रयत्न’ गर्नुका साथै सत्यको निम्ति दृढ अडान लिनुपर्छ।—लूका १३:२४, २५.
४ नैतिकताका विभिन्न पक्षहरू छलफल गर्दा आफ्नो विद्यार्थीको विचार बुझ्नुहोस् अनि जीवनमा छाँटकाँट गर्नुपर्ने आवश्यकता देखिए के गर्नुपर्छ भनी सोध्नुहोस्। उनलाई सत्य सिक्न मदत गरिरहेको संगठनतर्फ ध्यान खिच्नुहोस् साथै नियमित तवरमा मण्डलीका सभाहरू धाउन पनि प्रोत्साहित गर्नुहोस्।—हिब्रू १०:२५.
५ आफ्नो शिक्षाद्वारा विद्यार्थीको हृदय छुने लक्ष्य बनाऔं। नयाँ व्यक्तिहरूलाई परमेश्वरको वचन पूर्ण हृदयले ग्रहण गरेर बप्तिस्मा लिन प्रेरित गर्दा हामी हर्षित हुनेछौं।—१ थिस्स. २:१३.