प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जुलाई पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२०००
  • उपशीर्षकहरू
  • जुलाई १० मा सुरु हुने हप्ता
  • जुलाई १७ मा सुरु हुने हप्ता
  • जुलाई २४ मा सुरु हुने हप्ता
  • जुलाई ३१ मा सुरु हुने हप्ता
  • अगस्त ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०००
km00 जुलाई पृ. २

सेवा सभाको तालिका

जुलाई १० मा सुरु हुने हप्ता

गीत ७

१२ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। मण्डलीको अप्रिल महिनाको क्षेत्र सेवकाई रिपोर्टबारे टिप्पणी गर्नुहोस्‌। “पछिल्लो पृष्ठ हेर्नुहोस्‌,” पेटीमा ध्यानाकर्षण गर्नुहोस्‌ र स्थानीय क्षेत्रमा प्रभावकारी हुनसक्ने कुनै एउटा प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्‌।

१५ मि: “हामी नबोली सक्‍तैसक्‍तैनौं।” एक मिनेटभन्दा छोटो परिचय दिएपछि प्रश्‍नोत्तरद्वारा छलफल। हाम्रो प्रचार गर्ने जिम्मेवारीलाई हामी किन गम्भीरतापूर्वक लिन्छौं, त्यसका कारणहरूमाथि जोड दिनुहोस्‌। जनवरी १५, १९९७ को प्रहरीधरहरा पृष्ठ २३-४ बाट मुख्य मुख्य बुँदाहरू पनि समावेश गर्नुहोस्‌।

१८ मि: “सबै कुरा सुधारको निम्ति गरिओस्‌।” यस लेखलाई दुई जना प्राचीनहरूले छलफल गर्नेछन्‌। हरेक अनुच्छेद र उल्लिखित शास्त्रपदहरू पढ्‌नुहोस्‌। त्यसमा मुछिएका सिद्धान्तहरू छोटकरीमा बताउनुहोस्‌। व्यापारिक कामकुराहरू गर्दा अथवा लगानी गर्दा समझशक्‍ति प्रयोग गर्नुपर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌। मार्च १५, १९९७ प्रहरीधरहरा पृष्ठ १८-१९, २२ मा दिइएका सल्लाहहरूको पुनरावलोकन गर्नुहोस्‌।

गीत १५ र समापन प्रार्थना।

जुलाई १७ मा सुरु हुने हप्ता

गीत २३

१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। परमेश्‍वरको व्यक्‍तिगत नाउँ जान्‍नुपर्ने अनि चलाउनुपर्ने आवश्‍यकता महसुस गर्ने जिज्ञासु व्यक्‍तिलाई मदत गर्न डिभाइन नेम पुस्तिका कसरी प्रयोग गर्न सकिन्छ छोटकरीमा वर्णन गर्नुहोस्‌।— रीजनिङ पुस्तक पृष्ठ १९६-७ हेर्नुहोस्‌।

१५ मि: “उदार [र] . . . बाँड़चुड़ गर्नामा तत्पर होऊन्‌।” प्रश्‍नोत्तरद्वारा छलफल। नोभेम्बर १, १९९६ को प्रहरीधरहरा पृष्ठ २९-३० बाट “हामी किन दान दिन्छौं” उपशिर्षक अन्तर्गत दिइएका चारवटा कारणहरू समावेश गर्नुहोस्‌।

१८ मि: तपाईंको आदर्श को हुनुपर्छ? बुबाले एक वा दुई जना किशोरकिशोरी छोराछोरीसित आफ्नो पारिवारिक अध्ययन सञ्चालन गर्छन्‌। केही समय यता छोराछोरीहरूले प्रायजसो खेलाडी, चलचित्रका नायक नायिका, टिभी कलाकार र संगीतकारहरूबारे मात्र चर्चा गर्ने गरेको बुबाले याद गरेका छन्‌। यस्तो कुरामा मोहित हुनु भनेको संसारको आत्मालाई प्रदर्शित गर्नु हो भनेर तिनी चिन्ता व्यक्‍त गर्छन्‌। तिनीहरू मे २२, १९९८ को ब्यूँझनुहोस्‌! पृष्ठ १२-१४ बाट छलफल गर्छन्‌। सांसारिक व्यक्‍तित्वलाई आफ्नो आदर्श बनाउँदा खतरा छ भन्‍ने कुरा छोराछोरीले मानिलिन्छन्‌ र सांसारिक व्यक्‍तित्वहरूसित मसीहीहरूको केही पनि लेनदेन छैन भनी स्वीकार्छन्‌। तिनीहरू आमाबाबु, प्राचीन, मण्डलीका अन्य अनुकरणीय व्यक्‍तिहरू र विशेष गरी येशू ख्रीष्टलाई आफ्नो आदर्श बनाउँदा हुने फाइदाहरूमाथि विचार गर्छन्‌।

गीत ३४ र समापन प्रार्थना।

जुलाई २४ मा सुरु हुने हप्ता

गीत ४५

५ मि: स्थानीय घोषणाहरू।

१५ मि: आफैलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्ने। दुई सेवकाई सेवकहरू डिसेम्बर १५, १९९८, प्रहरीधरहरा, पृष्ठ १९-२० मा दिइएका शास्त्रीय सल्लाहहरू छलफल गर्छन्‌। आफू असल सेवकाई सेवक हुनुपर्ने आवश्‍यकता तिनीहरूले बुझेका छन्‌ र आफ्ना जिम्मेवारीहरू पूरा गर्न व्यक्‍तिगत तवरमा के के गर्न सकिन्छ सो छलफल गर्छन्‌। क्षेत्र सेवकाईमा नमुनायोग्य हुनुपर्छ भनेर पनि तिनीहरू छलफल गर्छन्‌ र साथै भाइबहिनीहरूलाई व्यक्‍तिगत तवरमा मदत गर्ने प्राचीनहरूलाई कसरी सहयोग गर्न सकिन्छ, विचार गर्छन्‌। मण्डलीलाई समयको अवसर विचार गरी अविलम्बी हुन र आध्यात्मिक तवरमा परिपक्व हुन मदत गर्न यथासक्य गर्नुपर्छ भनेर तिनीहरू सहमत हुन्छन्‌।

१० मि: सम्पर्क हुन नसकेका मानिसहरूसित पत्राचार गर्नुहोस्‌। भाषण तथा स्रोतागणसित छलफल। मानिसहरूलाई घरमा भेट्‌न झन्‌ झन्‌ गाह्रो हुँदै गएकोले केही प्रकाशकहरूले पत्राचार गरेर राम्रो नतिजा हासिल गरेका छन्‌। यी निर्देशनहरूमा ध्यान दिनुहोस्‌: पत्र छोटो, धर्मशास्त्रमा आधारित अनि आदरपूर्ण हुनुपर्छ। बेनामी पत्र नपठाउनुहोस्‌। पत्र सकेसम्म सफा अनि स्पष्ट हुनुपर्छ। सभाहरूमा उपस्थित हुने निमन्त्रणा सँगसँगै राज्यभवनको ठेगाना अनि सभाहरू हुने समय लेख्न नभुल्नुहोस्‌। सोसाइटीको ठेगाना नदिनुहोस्‌। यस सन्दर्भमा स्कूल गाइडबूक, पृष्ठ ८७-८ अनि नोभेम्बर १९९६ अंकको हाम्रो राज्य सेवकाई-को प्रश्‍नपेटीमा दिइएका सुझाउहरू दोहऱ्‍याउनुहोस्‌।

१५ मि: प्रभावकारी परिचय दिनुहोस्‌। रीजनिङ पुस्तकको पृष्ठ ९-१५ बाट दुई तीनवटा परिचयहरू छान्‍नुहोस्‌ र त्यो स्थानीय इलाकामा कसरी प्रभावकारी ढंगमा चलाउन सकिन्छ, छलफल गर्नुहोस्‌। “बाटोमा मानिसहरूलाई भेट्‌दा, अनौपचारिक वा अन्य तरिकामा प्रचार गर्दा कस्तो किसिमको परिचयहरू चलाउनुहुन्छ?” भनेर स्रोताहरूलाई सोध्नुहोस्‌। समयले भ्याएमा एक वा दुईवटा परिचयहरूको प्रदर्शन गराउनुहोस्‌।

गीत ५४ र समापन प्रार्थना।

जुलाई ३१ मा सुरु हुने हप्ता

गीत ६६

१५ मि: स्थानीय घोषणाहरू। सबैलाई जुलाई महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। पुस्तिकाहरू वितरण गर्दा के कस्ता नतिजाहरू भए, स्रोताहरूलाई आफ्नो व्यक्‍तिगत अनुभव बताउन आमन्त्रित गर्नुहोस्‌।

१२ मि: स्थानीय आवश्‍यकता।

१८ मि: “के तपाईं यहोवाको धैर्यको मूल्यांकन गर्नुहुन्छ?” प्रश्‍नोत्तर। यहोवाको धीरजबारे केही मुख्य टिप्पणीहरू गर्नुहोस्‌।— इन्साइट, खण्ड २, पृष्ठ २६३-४ हेर्नुहोस्‌।

गीत ७५ र समापन प्रार्थना।

अगस्त ७ मा सुरु हुने हप्ता

गीत ८८

१० मि: स्थानीय घोषणाहरू।

१७ मि: “के तपाईं लजालु हुनुहुन्छ?” प्रश्‍नोत्तर। १९९७ यरबूक-को पृष्ठ ४३-४५.

१८ मि: बुद्धिमानीपूर्वक भविष्य निर्धारण गर्नुहोस्‌। प्राचीनद्वारा भाषण। जवान मानिसहरू आफूले माया गरेका मानिसहरूसित आनन्दित भविष्यको आनन्द उठाउन चाहन्छन्‌। यस्तो चाहना स्वाभाविकै भए तापनि, सफलता हासिल गर्न तिनीहरूले ईश्‍वरीय सल्लाह पालन गर्नैपर्छ। (हितो. १९:२०) युवावस्थामा विपरीत लिंगका व्यक्‍तिहरूको आकर्षण एकदमै प्रबल हुन्छ। भावनालाई काबूमा राखेन भने नतिजा भयावह हुनसक्छ। विपरीत लिंगका व्यक्‍तिहरूसित भावनात्मक तवरमा नजिक हुनुमा र डेटिंगको हदसम्म पुग्ने गरी रोमान्टिक सम्बन्ध विकास गर्नुमा कतिको बुद्धिमानी छ, थुप्रै प्रश्‍नहरू खडा हुन्छन्‌। युवाजनहरूका प्रश्‍न नामक पुस्तकको पृष्ठ २३१-५ मा दिइएका सल्लाहहरूको पुनरावृत्ति गर्नुहोस्‌। नोभेम्बर १५, १९९९ अंकको प्रहरीधरहरा-को पृष्ठ १८-२३ मा दिइएका मुख्य बुँदाहरू दोहऱ्‍याउँदै, युवायुवतीहरूले परमेश्‍वरप्रतिको आफ्नो दायित्व पूरा गर्नुपर्ने महत्त्व प्रकाश पार्नुहोस्‌। किशोरकिशोरीहरूलाई दिइएका सल्लाहमाथि मनन गर्न अनि कुनै प्रश्‍न छन्‌ भने आमाबाबुसँग सोध्न प्रोत्साहित गर्नुहोस्‌।

गीत १०१ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने