प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जुलाई पृ. ३
  • “उदार [र] . . . बाँड़चुड़ गर्नामा तत्पर होऊन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उदार [र] . . . बाँड़चुड़ गर्नामा तत्पर होऊन्‌”
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • ‘असल काममा धनवान्‌ हुनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००२
  • भलाइ गर्नुहोस्‌ र आफूसँग भएका कुरा बाँडचुँड गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • परमेश्‍वरसँगै काम गर्दा हामी आनन्दित हुन सक्छौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • हामीसित जे छ त्यसको लागि कृतज्ञ
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 जुलाई पृ. ३

“उदार [र] . . . बाँड़चुड़ गर्नामा तत्पर होऊन्‌”

१ शताब्दीयौंअघि प्रेरित पावलले तिमोथीलाई सँगी विश्‍वासीहरूलाई ‘तिनीहरूले असल गर्न, असल काममा उदारचित्त भएर धनवान हुन, बाँडचुड गर्नामा तत्पर हुन’ प्रोत्साहन दिनु भनी निर्देशन दिए। (१ तिमो. ६:१८) पावलले हिब्रू मसीहीहरूलाई “भलाइ गर्न र सहयोगी हुन नबिर्स” भनी सम्झाए। (हिब्रू १३:१६) तिनले किन यी निर्देशनहरू दिए? किनभने “असल काम गर्ने हरेकलाई . . . महिमा र इज्जत र शान्ति हुन्छ” भनी तिनलाई थाह थियो।—रोमी २:१०.

२ सृष्टिकर्ता हुनुभएकोले यहोवा परमेश्‍वर सबै कुराका मालिक हुनुहुन्छ। (प्रका. ४:११) उहाँले आफ्नो सम्पत्तिबाट हाम्रोलागि जे गर्दै हुनुहुन्छ त्यसको हामी पक्कै मूल्यांकन गर्छौं। मानिसजातिको अकृतघ्न मनोवृत्तिका बावजूद सर्वोच्च परमेश्‍वरले जीवन धान्‍न आवश्‍यक प्रबन्धहरू निरन्तर दिइरहनुभएको छ। (मत्ती ५:४५) हामीले अनन्त जीवन पाओस्‌ भनेर उहाँले आफ्नो प्रिय पुत्रलाई समेत बलिदानस्वरूप दिनुभयो। हामीलाई देखाइएको प्रेमले सँगी मानवहरूप्रति उदार भएर आफूलाई धन्यवादी साबित गर्न करमा पार्नुपर्ने होइन र?—२ कोरि. ५:१४, १५.

३ हामी के बाँड्‌नसक्छौं? हामीसित भएको सम्पत्तिलाई परमेश्‍वरको नजरमा ग्रहणयोग्य हुने गरी प्रयोग गर्नु राम्रो कुरा हो। निश्‍चय नै हामी विश्‍वव्यापी राज्य कार्यलाई भौतिक तथा आध्यात्मिक तवरमा सहयोग गर्न चाहन्छौं। साँच्चै, सुसमाचार जोसुकैले पनि पाउनसक्ने अति बहुमूल्य सम्पत्ति हो किनभने “मुक्‍तिको निम्ति, यो परमेश्‍वरको शक्‍ति हो।” (रोमी १:१६) हाम्रो समय र सम्पत्ति हरेक महिना प्रचार गर्ने र सिकाउने कार्यमा उदार चित्तले प्रयोग गर्दै हामी अरूसित यो आध्यात्मिक सम्पत्ति बाँडेर तिनीहरूलाई अनन्त जीवनतर्फ डोऱ्‍याउन सक्छौं।

४ हामीले नम्रहरूलाई मदत गर्दा यहोवा खुसी हुनुहुन्छ। उहाँले आशिष्‌ दिने प्रतिज्ञा गर्दै यो पनि सम्झाउनुहुन्छ: “क्रोधको अन्तिम समयमा धन-सम्पत्तिको केही मोल हुँदैन, तर सोझोपनाले मृत्युबाट रक्षा गर्छ।” (हितो. ११:४; १९:१७) राज्यको कामलाई भौतिक तवरमा टेवा पुऱ्‍याउँदै सुसमाचार प्रचार कार्यमा पूर्णतया भाग लिनु हामी साँच्चै उदार छौं र बाँडचुँड गर्न चाहन्छौं भनेर देखाउने अत्युत्तम तरिका हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने