सेवा सभाको तालिका
अगस्त १४ मा सुरु हुने हप्ता
गीत ११४
१२ मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। मण्डलीको मे महिनाको क्षेत्र सेवकाई रिपोर्टबारे टिप्पणी गर्नुहोस्। अगस्तमा अब दुईवटा सप्ताहन्त मात्र बाँकी रहेको हुँदा, महिना अन्त हुनुभन्दा पहिल्यै सबैलाई सेवकाईमा भाग लिन प्रोत्साहित गर्नुहोस्। सप्ताहन्तमा क्षेत्र सेवकाईको लागि भेला हुने तालिकाको पुनरावलोकन गर्नुहोस्।
१५ मि: “विश्वासको उत्तम लड़न्त लड़।” एक मिनेटभित्र छोटो परिचय दिनुहोस् र प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्। कसरी मण्डली पुस्तक अध्ययन सञ्चालकले आफ्नो समूहको लागि क्षेत्र सेवकाईको आयोजना गरेर नियमित तवरमा सेवकाईमा भाग लिन र रिपोर्ट दिन कसैलाई मदत चाहिएको छ भने मदत दिन्छन्, त्यसबारे आवर मिनिस्ट्री पुस्तकका पृष्ठ ४४-५ बाट थप टिप्पणी गर्नुहोस्।
१८ मि: स्कूल गएर तपाईंले कसरी लाभ उठाउन सक्नुहुन्छ। एउटा बुबाले आफ्ना छोराछोरीसँग स्कूलको शिक्षा किन फाइदाजनक छ, त्यसबारे बुझ्न मदत दिंदै कुराकानी गर्छन्। (युवा जनहरूका प्रश्न, पृष्ठ १३३-९ हेर्नुहोस्।) आजको अव्यवस्थित समाजमा स्कूल जानु धेरै जवानहरूले चुनौती महसुस गर्छन्। तिनीहरूलाई झर्को पनि लाग्छ किनकि तिनीहरूले जे सिकिरहेका छन्, त्यसको व्यावहारिक महत्त्व निकै कम छ भनेर तिनीहरूलाई थाह छ। बुबाले धर्मशास्त्रीय सिद्धान्तहरूको पुनरावलोकन तथा तर्क गर्दै पर्याप्त मात्रामा स्कूलको शिक्षा लिनुमा किन बुद्धिमानी छ, त्यसबारे छलफल गर्छन्। बुबाले आफ्ना छोराछोरीहरूलाई राम्ररी पढ्न र कक्षामा ध्यान दिन प्रोत्सहित गर्छन्।
गीत १२७ र समापन प्रार्थना।
अगस्त २१ मा सुरु हुने हप्ता
गीत १४३
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। “मायालु परमेश्वरले किन यति लामो समयसम्म दुःखकष्ट रहने अनुमती दिनुहुन्छ?” भन्ने प्रश्नको जवाफ कसरी दिने, राम्ररी तयार पारिएको प्रदर्शनद्वारा देखाउनुहोस्। (रीजनिङ पुस्तक, पृष्ठ ३९५-६) सबैलाई यो सप्ताहन्त सेवकाईमा भाग लिन प्रोत्साहन दिनुहोस्।
१० मि: सेवा निरीक्षकद्वारा भाषण। डिसेम्बर १९९९ अंकको हाम्रो राज्य सेवकाई, पृष्ठ ३ को “बुद्धिमानीसाथ हाम्रो साहित्यहरूको प्रयोग गर्नुहोस्” लेखका मुख्य बुँदाहरू प्रकाश पार्नुहोस्। साहित्य वितरण गर्दा उचित निर्णय र विवेक चलाउन प्रकाशकहरूलाई प्रोत्साहित गर्नुहोस्।
२५ मि: “के तपाईंले आफैलाई फाइदा पुऱ्याइरहनुभएको छ?” प्रश्नोत्तरद्वारा छलफल।
गीत १५२ र समापन प्रार्थना।
अगस्त २८ मा सुरु हुने हप्ता
गीत १६५
१० मि: स्थानीय घोषणाहरू। सबैलाई अगस्त महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्। सेप्टेम्बर ६ भित्रमा सबै रिपोर्टहरू रुजू गर्न सकियोस् भन्ने हेतुले मण्डली पुस्तक अध्ययन सञ्चालकले आफ्नो समूहका प्रत्येक भाइबहिनीहरूले रिपोर्ट दिए दिएनन् निरीक्षण गर्नुपर्छ।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: “सभाहरूले जवान मानिसहरूलाई फाइदा पुऱ्याउँछन्।” प्राचीनले प्रश्नोत्तरद्वारा छलफल गर्नेछन्, अनुच्छेद ८ छलफल गर्दा केही व्यावहारिक पक्षहरूमाथि विचार गर्नुहोस्, ताकि यसले गर्दा सभाको दौडान अझ राम्ररी ध्यान दिन र सजग हुन सकिन्छ। (सेप्टेम्बर २२, १९९८, अवेक!, पृष्ठ १९-२० हेर्नुहोस्।) आफ्ना छोराछोरीहरूलाई लगातार सभाहरूमा उपस्थित गराउन आमाबाबुहरूलाई दृढ हुन प्रोत्साहन दिनुहोस्।—सेप्टेम्बर १, १९९७, प्रहरीधरहरा, पृष्ठ २५ मा दिइएको अनुभव हेर्नुहोस्।
गीत १७६ र समापन प्रार्थना।
सेप्टेम्बर ४ मा सुरु हुने हप्ता
गीत १९६
१५ मि: स्थानीय घोषणाहरू। प्रश्न पेटी। अनौपचारिक प्रचार गर्दाको अनुभव बताउन प्रकाशकहरूलाई आग्रह गर्नुहोस्। आवर मिनिस्ट्री पुस्तक, पृष्ठ ९३-४ प्रयोग गर्दै हामी सेवकाईमा लाग्नुको महत्त्वबारे जोड दिनुहोस्।
१० मि: हाम्रो समय विशिष्ट छ। प्राचीनद्वारा नोभेम्बर १५, १९९६ प्रहरीधरहरा, पृष्ठ २२-३ मा आधारित भाषण।
२० मि: “के तपाईंले धीरज धारण गरिरहनुभएको छ?” भाषण र स्रोतागणसित छलफल। मसीही सेवकाईमा धैर्य धारण गर्दै लागिरहने सन्दर्भमा कस्तो सफलता हात पारे, सबैलाई व्यक्तिगत तवरमा विचार गर्न प्रोत्साहित गर्नुहोस्। कमजोरीहरू देखिएका छन् भने, हामीले आफैलाई आध्यात्मिक तवरमा बलियो पार्नु आवश्यक छ। अक्टोबर १, १९९९ प्रहरीधरहरा, पृष्ठ २०-१, अनुच्छेद १७-२१ बाट टिप्पणी गर्नुहोस्। वर्षौंदेखि स्थिर रहन कुन कुराले मदत गऱ्यो, दुई वा तीन जना प्रकाशकहरूलाई बताउन आग्रह गर्नुहोस्।
गीत २०६ र समापन प्रार्थना।