प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 No. १ pp. १४-१५
  • भविष्यबारे सत्य कुरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यबारे सत्य कुरा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • असल शासक
  • सुस्वास्थ्य
  • शान्ति छाउनेछ
  • पृथ्वी असल मानिसहरूले भरिनेछ
  • पूरै पृथ्वी सुन्दर बगैँचा हुनेछ
  • आशा
    ब्यूँझनुहोस्‌!—२०१८
  • परमेश्‍वरले दुःखकष्ट हुने अनुमति दिनुभएको समय सिद्धिनै लागेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • अन्तबारे चार वटा प्रश्‍नका जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 No. १ pp. १४-१५
प्रमोदवनमा मानिसहरू आनन्दित जीवन बिताउँदै

भविष्यबारे सत्य कुरा

के तपाईँले कहिल्यै भविष्य कस्तो छ भनेर सोच्नुभएको छ? अब हुनै लागेका महत्त्वपूर्ण घटनाहरूले पृथ्वीमा भएका सबैलाई असर गर्नेछ भनेर बाइबल बताउँछ।

येसुले “परमेश्‍वरको राज्य नजिकै छ” भनेर थाह पाउने चिन्हहरू बताउनुभयो। (लुका २१:३१) ठूलठूला युद्ध, भूकम्प, अनिकाल अनि महामारी जस्ता घटनाहरू हुनेछन्‌ भनेर येसुले भविष्यवाणी गर्नुभयो। यस्ता कुराहरू अहिले हाम्रो आँखा अगाडि भइरहेका छन्‌।—लुका २१:१०-१७.

“अन्तको दिनमा” मानिसहरूको व्यवहार साह्रै नराम्रो हुनेछ भनेर बाइबलले बताएको छ। यसबारे २ तिमोथि ३:१-५ मा पढ्‌न सक्नुहुन्छ। मानिसहरूको खराब विचार र व्यवहार देख्दा बाइबलले गरेको भविष्यवाणीसित अहिलेको अवस्था ठ्याक्क मिल्छ भन्‍ने कुरालाई तपाईँ इन्कार गर्न सक्नुहुन्‍न।

यसको अर्थ के हो? परमेश्‍वरको राज्यले अब चाँडै पृथ्वीमाथि शासन गर्नेछ। यस राज्यले ठूलो परिवर्तन गर्नेछ र मानिसहरूको जीवनमा उमङ्‌ग छर्नेछ। (लुका २१:३६) बाइबलमा परमेश्‍वरले पृथ्वी र त्यहाँका बासिन्दाहरूलाई थुप्रै असल कुरा दिने प्रतिज्ञा गर्नुभएको छ। केही उदाहरणहरू विचार गरौँ।

असल शासक

“अनि सबै राष्ट्रका र सबै भाषाका मानिसहरूले तिनको सेवा गरून्‌ भनेर तिनलाई [येसुलाई] शासन गर्ने अधिकार, गौरव र राज्य दिइयो। तिनको शासन सदासर्वदै रहिरहने शासन हो र तिनको राज्य कहिल्यै नाश हुनेछैन।”—दानिएल ७:१४.

यसको अर्थ के हो? परमेश्‍वरले आफ्नो छोरासँगै मिलेर स्थापना गर्नुभएको उत्कृष्ट सरकारबाट तपाईँले लाभ उठाउन सक्नुहुन्छ। यसको शासक येसु हुनुहुन्छ।

सुस्वास्थ्य

एक जना सानी केटी ह्वीलचेयरबाट उठ्‌छिन्‌ र हिँड्‌छिन्‌

“त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’”—यसैया ३३:२४.

यसको अर्थ के हो? तपाईँ कहिल्यै बिरामी वा अशक्‍त हुनुपर्नेछैन; तपाईँ सधैँभरि बाँच्न सक्नुहुनेछ।

शान्ति छाउनेछ

टुक्रा-टुक्रा पारिएको बन्दुक

“पृथ्वीबाट उहाँले युद्ध नामेट पार्नुहुन्छ।”—भजन ४६:९.

यसको अर्थ के हो? युद्ध र यसले दिने पीडा हुनेछैन।

पृथ्वी असल मानिसहरूले भरिनेछ

“दुष्टहरूको नामोनिसान मेटिनेछ . . . नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌।”—भजन ३७:१०, ११.

यसको अर्थ के हो? दुष्ट मानिसहरू हुनेछैनन्‌, परमेश्‍वरप्रति वफादार मानिसहरू मात्र हुनेछन्‌।

पूरै पृथ्वी सुन्दर बगैँचा हुनेछ

“तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌। तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌।”—यसैया ६५:२१, २२.

यसको अर्थ के हो? पूरै पृथ्वी सुन्दर हुनेछ। परमेश्‍वरको इच्छा “पृथ्वीमा” पनि पूरा होस्‌ भनेर हामीले गरेको प्रार्थनाको उहाँले जवाफ दिनुहुनेछ।—मत्ति ६:१०.

प्रमोदवनमा मानिसहरू आनन्दित जीवन बिताउँदै
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने