प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 मार्च पृ. ८
  • अरूलाई सभामा उपस्थित हुन मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूलाई सभामा उपस्थित हुन मदत गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो संगठनतर्फ विद्यार्थीहरूलाई डोऱ्‍याउने
    हाम्रो राज्य सेवकाई—१९९७
  • “परमप्रभुको भवनमा जाऔं”
    हाम्रो राज्य सेवकाई—१९९३
  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 मार्च पृ. ८

अरूलाई सभामा उपस्थित हुन मदत गर्नुहोस्‌

१ “सभामा उपस्थित हुन चाहने . . . आसपासको इलाकामा बस्ने साथीहरूलाई हार्दिक स्वागत छ।” सन्‌ १८८० नोभेम्बरको जायन्स वाच टावर-मा यो घोषणा प्रकाशित भएदेखि यहोवाका साक्षीहरूले उत्सुकतासाथ मानिसहरूलाई बाइबलको निर्देशन सुन्‍नका लागि एकसाथ भेला हुन आमन्त्रित गरेका छन्‌। (प्रका. २२:१७) यो साँचो उपासनाको महत्वपूर्ण भाग हो।

२ उपस्थित हुनु आवश्‍यक छ: मण्डलीसित संगत गर्दा आशिष्‌हरू पाइन्छन्‌। हामी हाम्रा अद्‌भुत परमेश्‍वर यहोवासँग अझ राम्ररी परिचित हुनथाल्छौं। मण्डलीमा हामी “परमप्रभुबाट सिकाइएका” हुन सँगै भेला हुन्छौं।” (यशै. ५४:१३) उहाँको संगठनले बाइबलका निर्देशनका कार्यक्रमहरू लगातार प्रस्तुत गर्छ र यसले हामीलाई उहाँको नजिक तान्छ भने “परमेश्‍वरको सबै सल्लाह” पालन गर्न व्यावहारिक मदत दिन्छ। (प्रेरि. २०:२७; लूका १२:४२) परमेश्‍वरको वचन सिकाउने कला विकास गर्न सभाहरूले व्यक्‍तिगत प्रशिक्षण दिन्छ। धर्मशास्त्रको सम्झौटोहरूले अरू र स्वयम्‌ यहोवासँग सफल सम्बन्धको आनन्द उठाउन मदत गर्छ। परमेश्‍वरलाई प्रेम गर्नेहरूसित संगत गर्दा हाम्रो विश्‍वास बलियो हुन्छ।—रोमी १:११, १२.

३ प्रत्यक्ष निमन्त्रणा दिनुहोस्‌: पहिलो बाइबल अध्ययनदेखि नै बाइबल विद्यार्थीलाई सभामा आमन्त्रित गर्नुहोस्‌। उनलाई हातेपर्चा दिनुहोस्‌। गएको सभामा तपाईंलाई प्रोत्साहित गरेको बुँदा उनलाई बताएर अनि अर्को सभामा छलफल हुने केही विषयवस्तुबारे छलफल गरेर उनको चासो जगाउनुहोस्‌। राज्यभवन कस्तो हुन्छ, त्यसबारे बताउनुहोस्‌ र उनले राज्यभवन पत्ता लगाउनसक्छन्‌ कि सक्दैनन्‌ पक्का गर्नुहोस्‌।

४ विद्यार्थीहरू सभामा नियमित उपस्थित नभए तापनि, आमन्त्रित गरी नै रहनुहोस्‌। हाम्रो संगठन कसरी परिचालन हुन्छ भनेर देखाउन हरेक हप्ता केही मिनेट छुट्याउनुहोस्‌। हामी र हाम्रो संगठनसित परिचित गराउन परमेश्‍वरको इच्छा गरिरहेका छन्‌ पुस्तिका र जेहोभाज विट्‌नेसेज—अर्गनाइजेसन विहान्ड इट्‌स नेम नामक भिडियो प्रयोग गर्नुहोस्‌। बाइबल विद्यार्थीसँग राम्ररी परिचित गराउन अरू प्रकाशकहरू पनि लिएर जानुहोस्‌। प्रार्थनामा संगठनका लागि यहोवालाई धन्यवाद दिनुहोस्‌ र विद्यार्थीले यस संगठनसँग संगत गर्नुपर्ने आवश्‍यकताबारे उल्लेख गर्नुहोस्‌।

५ नवजिज्ञासुहरूलाई हामीसँगै भेला हुन मदत गर्न नहिचकिचाउनुहोस्‌। यहोवाप्रति तिनीहरूको मूल्यांकन बढ्‌दै जाँदा तिनीहरू आफूले सिकेका कुराहरू जीवनमा उतार्न र उहाँको एकताबद्ध संगठनको भाग बन्‍न उत्प्रेरित हुनेछन्‌।—१ कोरि. १४:२५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने