प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 अप्रिल pp. ३-४
  • “परमप्रभुको भवनमा जाऔं”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमप्रभुको भवनमा जाऔं”
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो संगठनतर्फ विद्यार्थीहरूलाई डोऱ्‍याउने
    हाम्रो राज्य सेवकाई—१९९७
  • अरूलाई सभामा उपस्थित हुन मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००१
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
  • परमेश्‍वरको दृश्‍य सङ्‌गठन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 अप्रिल pp. ३-४

“परमप्रभुको भवनमा जाऔं”

१ “परमप्रभुको भवनमा जाऔं” यो निमन्त्रणाप्रति दाऊदले उत्सुकतासाथ आफ्नो प्रतिक्रिया व्यक्‍त गरे। (भजन० १२२:१) साँचो परमेश्‍वरको उपासना गर्न चाहनेहरूका निम्ति परमेश्‍वरको “भवन” एउटा भेला हुने स्थान थियो जसलाई मन्दिरद्वारा प्रतिनिधित्व गरिन्थ्यो। त्यो ठाउँ शान्ति र सुरक्षाको पवित्र स्थान थियो। आज वर्तमान समयमा विश्‍वव्यापी मसीही मण्डली परमेश्‍वरको “भवन,” “सत्यको खामा र जग” हो। (१ तिमो० ३:१५) यही माध्यमद्वारा छुटकाराका लागि चाहिने सबै प्रबन्धहरू उपलब्ध गराइन्छन्‌। त्यसैकारण परमेश्‍वरको राज्य अधीनस्थ आउने आशिषहरूको आनन्द उठाउन चाहन्छन्‌ भने “सबै जातिहरू त्यही तर्फ ओइरिएर” आउनैपर्छ।—यशै० २:२.

२ यो “भवन” २२९ मुलुकहरूको ६९,००० भन्दा बढी मण्डलीहरू मिलेर बनेको छ। संसारभरिका मण्डलीहरूको ढोका सबैका निम्ति खुला छ र चालिस लाख भन्दा बढी जोसिला कार्यकर्ताहरूले सबैलाई यो निमन्त्रणा दिइरहेका छन्‌: “‘आउनुहोस्‌।’ . . . जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस।” (प्रकाश २२:१७) धेरैजनाले यो समाचारलाई सुनेका छन्‌ र मूल्याङ्‌कनका साथ आफ्नो प्रतिक्रिया व्यक्‍त गरेका छन्‌। बाँकी अरूहरू प्रभावित भएका छन्‌ तर मसीही मण्डलीसँग सङ्‌गत गरेर यहोवाको भवनमा भने आएका छैनन्‌। यस्ता व्यक्‍तिहरू “आत्मामा दरिद्र” छन्‌ जसलाई मण्डलीमा पाइने प्रबन्धहरूद्वारा तृप्त पार्न सकिन्छ। (मत्ती ५:३) अहिले हामीहरू डरलाग्दो समयमा बाँचिरहेका छौं र यो रीतिरिवाजको अन्त पनि चाँड-चाँडो नजिक आउँदैछ। बेवास्ता गर्ने वा हिचकिचाउने प्रवृत्ति देखाएमा खतरनाक ढिलाइ हुनसक्छ। मानिसहरू उहाँको सङ्‌गठनको नजिक आएर “परमेश्‍वरको नजिक” हुन अति जरुरी छ। (या० ४:८) त्यसोभए हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौं त?

३ चासोलाई सङ्‌गठनतर्फ डोऱ्‍याउनुहोस्‌: चासो देखाउने व्यक्‍तिहरूसँग हाम्रो पहिले भेट-घाटदेखि नै हामीले तिनीहरूको ध्यान सङ्‌गठनतर्फ खिचिरहेको हुनुपर्छ। शास्त्रपदहरू पत्ता लगाउने र आधारभूत सिद्धान्तहरूलाई वणर्न गर्न सक्ने हामीसँग व्यक्‍तिगत क्षमता भए तापनि त्यस प्रकारका ज्ञानका स्रोत हामी होइनौं। हामीले सिकेका सबैकुरा “ठीक ठीक समयमा खाना” दिने दास वर्गको माध्यमद्वारा सङ्‌गठनबाट आएको हो। (मत्ती २४:४५-४७) शुद्ध उपासनामा हामी वा स्थानीय मण्डली मात्र होइन तर यहोवाको निर्देशनमा चलिरहेको एउटा सङ्‌गठीत, ईश्‍वरतान्त्रिक, विश्‍वव्यापी सोसाइटी छ भनेर नयाँ व्यक्‍तिहरूलाई सुरु देखि नै महसुस गराउनु आवश्‍यक छ।

४ हामीले पाएको निर्देशन यहोवाबाट आउँदछ, उहाँले हामीलाई डोऱ्‍याउने र सिकाउने प्रतिज्ञा गर्नुभएको छ। (भजन० ३२:८; यशै० ५४:१३) यी निर्देशनहरूलाई प्रमुखतः हाम्रा साहित्यहरूद्वारा यततत्र छरिएका छन्‌। साहित्यहरूलाई जीवन बचाउने निर्देशनको स्रोत रूपमा चिनाएर यसप्रति आदर बढाउन चासो देखाउने व्यक्‍तिहरूलाई मदत गर्नसक्यौं भने तिनीहरूले यसलाई तुरून्त एकातिर थन्क्याउनुको सट्टा यसलाई पढ्‌ने र प्रयोगमा ल्याउने सम्भावना बढी हुनेछ। हामीले सधैं यी साहित्यहरूलाई यसप्रति आदर बढाउने ढङ्‌गमा प्रस्तुत र प्रयोग गर्नुपर्छ। यसो गरेमा नयाँ व्यक्‍तिहरूलाई सङ्‌गठनको मूल्याङ्‌कन गर्न र सङ्‌गठनले गरेका प्रबन्धहरूमा भर पर्न सिकाउँछ।

५ समुदायमा सबैका निम्ति भेला हुने एउटा केन्द्रिय स्थल छ र त्यहाँ नियमित रूपमा निर्देशनको प्रबन्ध गरिन्छ भनेर चासो दिने व्यक्‍तिहरूलाई थाहा दिनुहोस्‌। तिनीहरूलाई राज्य भवनको ठेगाना र सभाहरू हुने समय बताउनुहोस्‌। हाम्रा सभाहरू र बितेका समयमा तिनीहरूले धाएका धार्मिक जमघटहरू बीचको भिन्‍नतालाई वर्णन गर्नुहोस्‌। सबैलाई स्वागत छ; कोषका लागि कुनै चन्दा जम्मा वा व्यक्‍तिगत याचना गरिदैंन। नियुक्‍त सेवकहरूले कार्यक्रमहरू सञ्चालन गर्ने भए तापनि टिप्पणीहरू दिएर र कार्यक्रमका भागहरूमा सामेल भएर बाँडेर सबैले त्यसमा भाग लिन सक्छन्‌। परिवारहरूलाई स्वागत छ; बाइबल सम्बन्धी हाम्रो छलफलमा बच्चाहरूलाई पनि समावेश गरिन्छ। हाम्रा सेवकहरू विशेष किसिमको लबेदा वा लुगाहरू लाउँदैनन्‌। राज्य भवन सुहाउँदो ढङ्‌गमा सजाइएको हुन्छ र कुनै मैनबत्तीहरू, प्रतिमाहरू वा मूर्तिहरू हुँदैनन्‌। उपस्थित हुनेहरू मुख्यतया स्थानीय छिमेकका निवासीहरू हुन्छन्‌।

६ चासोलाई क्रमिक रूपमा बाइबलतर्फ डोऱ्‍याउनुहोस्‌: बाइबल अध्ययनको मुख्य उद्देश्‍य परमेश्‍वरको वचनको सच्चाइ सिकाउनु हो। यसद्वारा यहोवाको सङ्‌गठनप्रति मूल्याङ्‌कन बढाउनु र त्यसको भाग हुनु पर्ने गहन आवश्‍यकताप्रति विद्यार्थीलाई अवगत गराउनु पर्छ। येशू र पहिलो शताब्दीका उहाँका चेलाहरू गरेका ठूलो कामले इमान्दार व्यक्‍तिहरूलाई आकर्षित गरेको थियो र तिनीहरूलाई एउटा केन्द्रीय परिचालक निकायका अधीनमा काम गर्नका लागि सङ्‌गठीत गरेको थियो। राम्रो प्रतिक्रिया प्राप्त भएका समुदायहरूमा नियमित रूपमा प्रशिक्षण र निर्देशन दिन मण्डलीहरूको स्थापना गरिएको थियो। सङ्‌गती गर्नेहरूलाई आध्यात्मिक रूपमा बलियो बनाइयो र जसले गर्दा सङ्‌कष्टको समयमा तिनीहरूले धैर्य धारण गर्न सके। (हिब्रू १०:२४, २५; १ पत्रु० ५:८-१०) हाम्रो समयमा फेरि देखि ‘सबै कुरा ख्रीष्टमा गाभ्ने’ यहोवाको उद्देश्‍य छ। (एफि० १:९, १०) परिणामस्वरूप हामीसँग विश्‍वव्यापी “भाइ-बन्धुहरू” छन्‌।—१ पत्रु० २:१७.

७ साप्ताहिक बाइबल अध्ययनमा विद्यार्थीहरूलाई सङ्‌गठनको मूल्याङ्‌कन गर्ने र तिनीहरूका छुटकाराका लागि गरेका प्रबन्धहरूको फाइदा उठाउन मदत दिने निर्देशन पनि समावेश हुनुपर्छ। सङ्‌गठन र सङ्‌गठनले कसरी काम गर्छ भन्‍ने विषयमा केही कुरा वर्णन गर्न वा सुनाउन प्रत्येक हप्ता केही समय छुट्ट्याउनु होस्‌। यस विषयमा कुरा गर्नाका लागि मदतकारी कुरा तपाईं नोभेम्बर १, १९८४-को वाचटावर-मा पाउनुहुन्छ। जेहोवज विटनेसेस इन द ट्‌वेन्टिइथ सेन्चुरी र जेहोवज विटनेसेस—युनाइटेडली डुइङ्‌ग गड्‌स विल वर्ल्डवाइड नामक पुस्तिकाहरूले सङ्‌गठनका मुख्य मुख्य पक्षहरू र त्यसले हामीलाई कसरी फाइदा गर्छ भन्‍ने विषयमा छलफल गर्छ। जेहोवज विटनेसस—द अर्गनाइजेसन बिहाइन्ड द नेम भन्‍ने भिडियो फिल्म देखाउने व्यवस्था मिलाएमा आज कुन-कुन काम पूरा हुँदैछ भन्‍ने कुरा विद्यार्थीहरू आफैले देख्नेछन्‌। यरबुक-का उत्कृष्ट रिपोर्टहरू र अनुभवहरूद्वारा हाम्रो आफ्नो बाहेक अन्य देशहरू र संस्कृतिहरूमा हाम्रो कामको सफलतालाई देखाउन सकिन्छ। अरू प्रकाशनहरूलाई पनि चलाए हुन्छ। हामी घर-घर जानुको कारण, हाम्रो सभाहरूको उद्देश्‍य, हाम्रा कामकालागि वित्तिय सहायता प्राप्त हुने तरिका र हाम्रो क्रियाकलापको विश्‍वव्यापी कार्यक्षेत्र जस्ता कुराहरूलाई केही समयसम्म क्रमिक रूपमा बताउनुहोस्‌।

८ अरू साक्षीहरूसँग परिचित हुँदा नयाँ व्यक्‍तिहरूलाई प्रेरणा मिल्न सक्छ र यसले मण्डलीप्रतिको तिनीहरूको धारणालाई विस्तार गर्दछ। तर त्यस उद्देश्‍यका लागि अरू प्रकाशकहरूलाई समय समयमा आफूसँग अध्ययनमा बस्न आग्रह गर्नुहोस्‌। समान पृष्ठभूमि वा रुची भएको कुनै व्यक्‍ति मण्डलीमा भएमा तपाईंको विद्यार्थीको दृष्टिकोणमा नयाँ पक्ष थप्न सक्छ। सम्भवतः विद्यार्थीसँग परिचित हुन एकजना प्राचीन तपाईंसँग जान सक्छ। आफ्नो अध्ययनलाई भेट गर्नका लागि परिभ्रमण अध्यक्ष वा उहाँकी पत्नीलाई बोलाउनु ठूलो आशिष साबित हुन सक्छ। नजिकैमा साक्षीहरू बस्छन्‌ भने तिनीहरूलाई बाइबल विद्यार्थीसँग परिचित गराएमा विद्यार्थीलाई सभाहरू धाउन अझ प्रोत्साहन मिल्न सक्छ।

९ नयाँ व्यक्‍तिहरूलाई सभाहरूमा आउन प्रोत्साहन दिनुहोस्‌: सभाहरू धाउनु कत्तिको महत्त्वपूर्ण छ भन्‍ने कुरा नयाँ व्यक्‍तिहरूले महसुस गर्नु आवश्‍यक छ। अतः तिनीहरूको चासो जगाउने कोशिश गर्नुहोस्‌। प्रहरीधरहरा अध्ययनमा छलफल गरिने लेखहरूलाई देखाउनु होस्‌। आउँदै गरेको समयमा हुने जन-भाषणहरूको शीर्षक बताउनुहोस्‌। ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला र मण्डली पुस्तक अध्ययनमा छलफल गरिने सामाग्रीहरूको मुख्य मुख्य बुँदाहरूलाई सुनाउनुहोस्‌। यी सभाहरूमा तपाईंले सिक्नु भएका कुराहरूप्रति तपाईंको विचार सुनाउनुहोस्‌ र ती सभाहरू धाउन जरूरी छ भनेर तपाईं किन महसुस गर्नुहुन्छ भनेर बताउनुहोस्‌। यदि तपाईं सक्नुहुन्छ भने आवत-जावतको प्रबन्ध गरिदिने प्रस्ताव पनि राख्नुहोस्‌। सभाहरू हुनु अघि फोन गरेमा सभाहरू धाउन त्यसले थप प्रेरणा दिन सक्छ।

१० बाइबल विद्यार्थी सभामा आउँदा, उसको स्वागत गर्नुहोस्‌। प्राचीनहरू लगायत अरूहरूसँग उसको परिचय गराउनुहोस्‌। यदि ऊ जन-भाषणमा उपस्थित हुँदैछ भने वक्‍तासँग उसको परिचय गराउनुहोस्‌। उसलाई राज्य भवन वरिपरि घुमाउनुहोस्‌। पत्रिका काउन्टर, चन्दा बाकस, पुस्तकालय र वार्षिक पदहरूको उद्देश्‍यको वर्णन गर्नुहोस्‌। राज्य भवन, उपासना गर्ने घरमात्र नभइ स्थानीय ढङ्‌गमा प्रचारकार्य आयोजना गर्ने केन्द्र पनि हो भनेर उसलाई बताउनुहोस्‌।

११ हाम्रा सभाहरू कसरी सञ्चालन हुन्छन्‌ भनेर वर्णन गर्नुहोस्‌। हामीले प्रयोग गर्ने प्रकाशनहरू विद्यार्थीलाई देखाउनु होस्‌। बाइबल नै हाम्रो मुख्य पाठ्य पुस्तक हो भनेर बताउनुहोस्‌। सभामा सा-साना केटा-केटीहरू लगायत सबैले भाग लिन सक्छन्‌। हाम्रो गीत किताबमा भएका सबै सङ्‌गीतहरू र गीतहरू उपासनामा प्रयोग गर्नाका लागि यहोवाका साक्षीहरूद्वारा रचिएका हुन्‌ भनेर वर्णन गर्नुहोस्‌। उपस्थित व्यक्‍तिहरूको भिन्‍न-भिन्‍न पृष्ठभूमिप्रति उसको ध्यान खिच्नुहोस्‌। मित्रता र अतिथि-सत्कारको भावनाबारे सकारात्मक टिप्पणीहरू गर्नुहोस्‌। यस्तो दयालु, इमान्दार चासो देखाउनाले त्यस विद्यार्थीलाई फेरि फेरि उपस्थित हुने प्रेरणाको बलियो कारण हुनसक्छ।

१२ किन केही व्यक्‍तिहरू अघि बढ्‌दैनन्‌: तपाईंको सम्पूर्ण प्रयासको बावजूद पनि केही व्यक्‍तिहरू सङ्‌गठनको नजिक आउन हिचकिचाउँछन्‌। तर तुरुन्त हार नमान्‍नुहोस्‌। आफूलाई तिनीहरूको स्थानमा राख्ने कोशिश गर्नुहोस्‌। हुन सक्छ अहिलेसम्ममा तिनीहरूले कुनै विशेष अवसरमा बाहेक अन्य समयमा धार्मिक सेवाहरूमा उपस्थित हुनुपर्ने आवश्‍यकतालाई महसुस गरेका छैनन्‌ होला। परिवारका सदस्यहरू वा नजिकका मित्रहरूले तिनीहरूलाई दबाव दिइरहेका होलान्‌। अपमानजनक टिप्पणी गर्ने छिमेकीहरूदेखि तिनीहरू डराइरहेका हुन सक्छन्‌। र निस्सन्देह सामाजिक र मनोरञ्जनका विभिन्‍न विकर्षणहरूको अधीनमा परेको पनि हुनसक्छ। यी कुराहरूलाई तिनीहरूले विजय पाउन नसक्ने वाधाहरूको रूपमा देखिरहेका होलान्‌; यी कुराहरूलाई उचित दृष्टिकोणले हेर्न र “महत्त्वपूर्ण कुराहरूलाई पक्का गर्न” तपाईंले तिनीहरूलाई मदत गर्नुपर्छ।—फिलि० १:१०, न्यु व०।

१३ त्यस कुरामा लागिरहन शास्त्रिय कारणहरू दिनुहोस्‌। एकसाथको हाम्रो सङ्‌गतीबाट जुन प्रोत्साहन र आध्यात्मिक ढाडस हामी पाउँछौं त्यसको हामी सबैलाई नै अत्यावश्‍यक छ भन्‍ने कुरामाथि जोड दिनुहोस्‌। (रोमी १:११, १२) परिवारबाट आउने विरोधले गर्दा पछि हट्‌नु तर्कसङ्‌गत कारण होइन भनेर येशूले स्पष्ट परिदिनुभयो। (मत्ती १०:३४-३९) हामी येशूका चेलाहरू हौं भनेर जन-समुहको अगाडि आफूलाई परिचित गराउनु देखि लज्जित नहुनु भनेर पावलले हामीलाई भनेका थिए। (२ तिमो० १:८, १२-१४) व्यक्‍तिगत लक्ष्यहरू र विकर्षणहरूलाई नियन्त्रण गर्नुपर्छ; अन्यथा ती कुराहरू हाम्रो लागि पासो हुनसक्छ। (लूका २१:३४-३६) यहोवाको आशिषको योग्य हुन चाहनेहुरू पूर्ण हृदयको हुनुपर्छ, दोधारे मनको होइन। (कल० ३:२३, २४) बाइबलका यस्ता सिद्धान्तहरूप्रति मूल्याङ्‌कन जगाएमा, आध्यात्मिक प्रगतिहरू गर्न तिनीहरूको निम्ति बाटो खुल्नसक्छ।

१४ ढोकाहरू खुला छन्‌: यहोवाको साँचो उपासनाको भवन अरू सबैकुराभन्दा उच्च छ। संसारभरि २२९ वटा भन्दा बढी मुलुकहरूमा यो निमन्त्रणा गुञ्जायमान हुँदैछ: “आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर . . . जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंडेनेछौं।” (यशै० २:३) नयाँ व्यक्‍तिहरूले सकारात्मक प्रतिक्रिया देखाएमा तिनीहरूले आफ्नो जीवन बचाउनसक्छन्‌। र यहोवाको सङ्‌गठनतर्फ तिनीहरूको चासोलाई डोऱ्‍याउनु, हामीले तिनीहरूलाई मदत गर्न सक्ने एउटा सबैभन्दा राम्रो उपाय हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने