प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 नोभेम्बर pp. ३-४
  • अध्ययन सुरु गर्नको लागि हामीसित नयाँ औजार छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अध्ययन सुरु गर्नको लागि हामीसित नयाँ औजार छ!
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • हर अवसरमा प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२०१०
  • पर्चा प्रयोग गरेर कुराकानी सुरु गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२०००
  • बाइबल अध्ययनको प्रस्ताव राख्न सधैं तत्पर हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२०१०
  • परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 नोभेम्बर pp. ३-४

अध्ययन सुरु गर्नको लागि हामीसित नयाँ औजार छ!

१ राजेन्द्रन एउटा सानो बस्तीको मन्दिरका पुजारी थिए। उनी हिन्दू पूजाआजाहरूमा नियमित रूपमा पुरोहितको काम गर्थे। हरेक हप्ता आफ्नो बस्तीमा एक जवान भाइ बाइबल अध्ययनको लागि आउने गरेको उनले याद गरे। यसरी नियमित रूपमा भाइ आएको देखेर उनको कौतूहलताता जाग्यो। पछि भाइहरूले बस्तीको एउटा जमघटमा राजेन्द्रनलाई पनि भेटे। तिनीहरूले राजेन्द्रनलाई बाइबल अध्ययनको प्रस्ताव राखे। उनी बाइबलबारे सिक्न निकै इच्छुक थिए र उनले खुसीसाथ बाइबल अध्ययनको प्रस्तावलाई स्वीकारे। यस अनुभवबाट हामी के कुरा सिक्नसक्छौं? कतिबेला को बाइबल अध्ययन गर्न राजी हुनेछ भनेर हामीले कहिल्यै थाह पाउन सक्दैनौं।—उप. ११:६.

२ चासो देखाउने जोसुकैसित पनि हामी बाइबल अध्ययन गर्न इच्छुक छौं भनी मानिसहरूलाई बताउन के तपाईं कहिल्यै हिचकिचाउनुभएको छ? हामी यस किसिमको निश्‍शुल्क सेवा प्रदान गर्छौं भनेर के हाम्रो छरछिमेकमा सबैलाई थाह छ? तिनीहरूलाई थाह छ भनी हामी कसरी पक्का गर्नसक्छौं? एउटा नयाँ औजार प्रयोग गरेर! त्यो हो, के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? शीर्षकको आकर्षक छ पृष्ठे पर्चा। आउनुहोस्‌, एक-एक उपशीर्षक गर्दै हामी यस पर्चासित परिचित होऔं।

३ “बाइबल किन पढ्‌ने?” यस सन्दर्भमा पर्चामा दिइएका कारणहरू निकै चाखलाग्दा छन्‌। यस पर्चाले प्रार्थनाद्वारा मदतको लागि परमेश्‍वरलाई कसरी पुकार्ने अनि उहाँले दिनुहुने अनन्त जीवनको उपहार कसरी प्राप्त गर्ने भनी देखाउनुका साथै बाइबलमा “परमेश्‍वरका मायालु निर्देशनहरू” छन्‌ भनी बताउँछ। (१ थिस्स. २:१३) हामी मरेपछि के हुन्छ र पृथ्वीमा किन यतिबिघ्न समस्याहरू छन्‌ भन्‍नेजस्ता विषयमा “बाइबल सच्चाइले प्रदान गर्ने ज्योति[बारे]” पनि यस पर्चाले बताउँछ। यसले “बाइबलमा भएको ईश्‍वरीय सिद्धान्त”-बारे प्रकाश पार्छ। यस सिद्धान्तलाई प्रयोगमा ल्याएको खण्डमा शारीरिक लाभ, आनन्द, आशा तथा अन्य मनमोहक गुणहरू विकास हुन्छ। बाइबल पढ्‌नुपर्ने अर्को एउटा कारण पनि उक्‍त पर्चाले बताउँछ। त्यो हो, भविष्यवाणीहरू, जसले अब चाँडै के हुन लागेको छ भनी बताउँछ।—प्रका. २१:३, ४.

४ “बाइबलका कुराहरू बुझ्न मदत”: पर्चा यसो भन्छ: “परमेश्‍वरको वचनका कुराहरू बुझ्न हामी सबैलाई मदत चाहिन्छ।” त्यसपछि यसले बाइबल अध्ययन गर्ने हाम्रो तरिकाबारे बताउँछ: “साधारणतया, बाइबल अध्ययन क्रमबद्ध तरिकामा आधारभूत शिक्षाहरूबाट सुरु गरे बेस हुनेछ।” “बाइबल, भरपर्दो जानकारीको स्रोत हो” भनी स्पष्ट पार्दै यसले विशेष गरी चाहनुहुन्छ पुस्तिकाबारे बताउँछ। यस पुस्तिकाले विद्यार्थीलाई “विविध विषयमा धर्मशास्त्रीय विवरण बुझ्न मदत” गर्नेछ। अर्को उपशीर्षकले एउटा विचारणीय प्रश्‍न उठाउँछ।

५ “बाइबलका कुराहरू बुझ्न के तपाईं हरेक हप्ता केही समय बिताउन इच्छुक हुनुहुन्छ?” विद्यार्थीको समय र ठाउँको सुविधालाई ध्यानमा राखेर उनीहरूकै घरमा वा टेलिफोनद्वारा पनि बाइबल अध्ययनको प्रबन्ध मिलाउन सकिन्छ भनेर पर्चाले बताउँछ। छलफलमा क-कसले भाग लिनसक्छन्‌? पर्चा यस्तो जवाफ दिन्छ: “तपाईंको सम्पूर्ण परिवारले भाग लिनसक्छन्‌। तपाईं यस छलफलमा आफ्नो जुनसुकै मित्रलाई पनि बोलाउन सक्नुहुन्छ। अथवा तपाईं एक्लै गर्न चाहनुहुन्छ भने त्यो पनि गर्न सकिन्छ।” एक जना व्यक्‍तिले अध्ययनको लागि कति समय छुट्याउनुपर्छ? यसले बताउँछ: “थुप्रैले हरेक हप्ता बाइबल अध्ययन गर्न एक घण्टा अलग्गै छुट्याउँछन्‌। हरेक हप्ता तपाईंले धेरै अथवा कम, जति समय दिन सक्नुहुन्छ, साक्षीहरूले त्यसैअनुसार प्रबन्ध मिलाउनेछन्‌।” यो बुँदा निकै महत्त्वपूर्ण छ! प्रत्येक विद्यार्थीको परिस्थितिअनुसार काँटछाँट गर्न हामी तयार छौं।

६ “सिक्न निमन्त्रणा”: एउटा कुपन उपलब्ध गराइएको छ जसद्वारा पर्चा पाउने व्यक्‍तिले चाहनुहुन्छ पुस्तिका मगाउनसक्छन्‌ वा हाम्रो निश्‍शुल्क गृह बाइबल अध्ययन कार्यक्रमबारे जानकारी लिन कसैलाई निम्त्याउन सक्छन्‌। चाहनुहुन्छ पुस्तिकाको रंगीन आवरण पृष्ठ देखाइएको छ। निष्कपट हृदय भएका व्यक्‍तिहरूलाई हाम्रो मदत स्वीकार्न यस पर्चाले किन प्रोत्साहित गर्नेछ भनेर के तपाईंले देख्नुभयो? त्यसोभए, हामी कसरी यस नयाँ औजारको सदुपयोग गर्न सक्छौं?

७ तपाईं क-कसलाई यो पर्चा दन सक्नुहुन्छ? पर्चा व्यक्‍ति-व्यक्‍तिलाई दिन सकिन्छ वा कोही पनि नभेटिएको घरमा पनि छोड्‌न सकिन्छ। यसलाई घर-घरमा, सडकमा र व्यापारिक इलाकामा वितरण गर्न सकिन्छ। मानिसहरूले हाम्रा साहित्यहरू लिऊन्‌ या नलिऊन्‌, सबैलाई यो पर्चा दिनुहोस्‌। प्रस्तुत गरिने पत्रिका वा अन्य प्रकाशनहरू भित्र पर्चा राखेर दिनुहोस्‌। कसैलाई चिठी पठाउँदा साथमा पर्चा पनि पठाउनुहोस्‌। टेलिफोनद्वारा सम्पर्क राख्ने व्यक्‍तिलाई हुलाकमार्फत यो पठाउने प्रस्ताव राख्नुहोस्‌। किनमेल गर्न जाँदा, सार्वजनिक सवारीमा यात्रा गर्दा र अनौपचारिक साक्षी दिंदा वितरण गर्न आफूसित सधैं पर्याप्त पर्चा राख्नुहोस्‌। तपाईंको घरमा आउने जोसुकैलाई यो दिनुहोस्‌। आफ्नो नातेदार, छर-छिमेकी, सहकर्मी, सहपाठी र अन्य चिनेजानेका सबैलाई यो प्रस्तुत गर्नुहोस्‌। आफूले भेटे जति सबैलाई यो पर्चा दिन प्रयत्न गर्नुहोस्‌! त्यसपछि, के गर्ने?

८ तत्कालै प्रतिक्रिया देखाएमा: कसै-कसैले बाइबल अध्ययन गर्ने चाहना व्यक्‍त गरेर तुरुन्तै आफ्नो प्रतिक्रिया देखाउन सक्छन्‌। त्यसैले, क्षेत्र सेवामा जाँदा आफूसित सधैं चाहनुहुन्छ पुस्तिकाको दुई प्रति राख्न नबिर्सनुहोस्‌, एक प्रति विद्यार्थीको लागि र अर्को प्रति तपाईं आफ्नै लागि। तपाईंले भेट्‌नुभएको व्यक्‍ति अध्ययन गर्न राजी छ भने, तत्कालै अध्ययन सुरु गरिहाल्नुहोस्‌। पहिलो पृष्ठ पल्टाउनुहोस्‌ र “यो पुस्तिका कसरी प्रयोग गर्ने” पढ्‌नुहोस्‌। त्यसपछि पाठ १ मा जानुहोस्‌ र अध्ययन गर्ने तरिका देखाउनुहोस्‌। योभन्दा सजिलो तरिका अरू के नै हुनसक्छ र?

९ घरधनी यस विषयमा सोच्न केही समय चाहन्छ भने: धेरै समय बित्नुअघि नै त्यस व्यक्‍तिलाई पुनः सम्पर्क राख्ने प्रयत्न गर्नुहोस्‌। तपाईं त्यस व्यक्‍तिलाई भेट्‌न जाँदा आफूसित चाहनुहुन्छ पुस्तिका छ कि छैन, पक्का गर्नुहोस्‌। उसलाई भित्री पृष्ठमा भएको विषयसूची देखाउनुहोस्‌। सबैभन्दा चासो लाग्ने विषय रोज्न लगाउनुहोस्‌। उसले रोजेको पाठ पल्टाउनुहोस्‌ र छलफल सुरु गर्नुहोस्‌।

१० पत्रिका प्रस्तुत गरिएका ठाउँहरूमा फेरि जाँदा: पत्रिकाको साथमा पर्चा पनि छोड्‌नुभएको ठाउँमा फेरि जाँदा तपाईं यसो भन्‍न सक्नुहुन्छ: “अस्तिको भेटमा मैले तपाईंलाई प्रहरीधरहरा पत्रिकाको एक प्रति छोड्‌न पाउँदा मलाई धेरै खुसी लागेको थियो। सायद तपाईंले पत्रिकाको पूरा शीर्षक प्रहरीधरहरा, यहोवाको राज्यको घोषणा गर्छ-लाई याद गर्नु भयो होला। आज म तपाईंलाई यो राज्य के हो अनि यसले तपाईं अनि तपाईंको परिवारको लागि के अर्थ राख्छ, बताउन चाहन्छु।” त्यसपछि चाहनुहुन्छ पुस्तिकाको पाठ ६ पल्टाउनुहोस्‌। अनि पहिलो अनुच्छेददेखि सुरु गरेर घरधनीको समयले भ्याएसम्म पढेर छलफल गर्नुहोस्‌। त्यसपछि अर्को पटक फेरि जाने प्रबन्ध मिलाउनुहोस्‌ र पाठ सिध्याउनुहोस्‌।

११ सधैं आफ्नो साथमा पर्चा राख्नुहोस्‌: सेवा निरीक्षक अनि साहित्य सम्हाल्ने भाइले मण्डलीमा हर समय बाइबलका कुराहरू बुझ्न चाहनुहुन्छ पर्चा पर्याप्त मात्रामा राख्नेछन्‌। पर्चा आफ्नो गोजी वा झोलामा, आफ्नो गाडीमा, आफ्नो कार्यस्थलमा, स्कूलमा, आफ्नो घरको मूलद्वारसँगसँगै अर्थात्‌ अरूले सजिलै देख्ने अनि लिन सक्ने ठाउँमा राख्नुहोस्‌। बाइबलबारे आफूले छलफल गर्न सक्ने व्यक्‍ति भेट्‌दा उसलाई पनि दिन केही पर्चा आफ्नो प्रचार जाने झोलामा राख्न नभूल्नुहोस्‌।

१२ हाम्रो प्रयासमा यहोवाले आशिष्‌ दिऊन्‌: सबै मसीहीहरूको मुख्य लक्ष्य नै अरूलाई बाइबल सत्य सिकाउनु हो। (मत्ती २८:१९, २०) के तपाईं अहिले एउटा गृह बाइबल अध्ययन सञ्चालन गर्दै हुनुहुन्छ? गर्दै हुनुहुन्छ भने, कतै तपाईं आफ्नो साप्ताहिक तालिकामा अर्को एक जना व्यक्‍तिसँग अध्ययन गर्न समय निकाल्न सक्नुहुन्छ कि? यदि तपाईंले हाल कुनै पनि बाइबल अध्ययन सञ्चालन गरिरहनुभएको छैन भने, अवश्‍य पनि तपाईं बाइबल अध्ययन सञ्चालन गर्न चाहनुहुन्छ होला। बाइबल अध्ययन गर्ने व्यक्‍ति खोज्ने आफ्नो प्रयासमा आशिष्‌ दिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। त्यसपछि ती प्रार्थनाहरूअनुरूप काम पनि गर्नुहोस्‌।—१ यूह. ५:१४, १५.

१३ बाइबल अध्ययन सुरु गर्न हामीसित नयाँ औजार छ! यससित राम्ररी अभ्यस्त हुनुहोस्‌। यसलाई सक्दो वितरण गर्नुहोस्‌। आफूले परमेश्‍वरको वचनबारे सिकेका कुराहरूमा ‘असल कार्य गर्न, असल काममा उदारचित्त भएर धनवान हुन, बाँड़चुड़ गर्नामा तत्पर हुन’ यथासक्य गर्नुहोस्‌।—१ तिमो. ६:१८.

[पृष्ठ ४-मा भएको पेटी]

पर्चा वितरण गर्ने अवसरहरू

◼ दैनिक कुराकानी गर्दा

◼ कसैले हाम्रो साहित्य स्वीकार्दा

◼ घरमा कोही नभेट्‌दा

◼ पुनःभेट गर्दा

◼ सडक साक्षी कार्यमा कसैलाई भेट्‌दा

◼ व्यापारिक इलाकामा साक्षी दिंदा

◼ अनौपचारिक साक्षी दिंदा

◼ चिठी लेख्दा

◼ सार्वजनिक सवारीमा यात्रा गर्दा

◼ कोही हामीलाई भेट्‌न आउँदा

◼ आफ्नो नातेदार, छिमेकी, सहकर्मी, सहपाठी र अन्य चिनेजानेकाहरूसित कुरा गर्दा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने