बाइबल अध्ययनको प्रस्ताव राख्न सधैं तत्पर हुनुहोस्
१. मत्ती २८:१९, २० मा येशूले दिनुभएको आज्ञा पूरा गर्नुमा के समावेश छ?
१ येशूले हामीलाई “चेला बनाओ, . . . सिकाओ” भन्ने आज्ञा दिनुभयो। (मत्ती २८:१९, २०) त्यसैले हामी बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्टाइएको सप्ताहन्तको एक दिन मात्र होइन, हर समय बाइबल अध्ययनको प्रस्ताव राख्न तत्पर हुन चाहन्छौं। निम्न सल्लाह मदतकारी हुन सक्छन्।
२. हामी कसलाई बाइबल अध्ययनको प्रस्ताव राख्न सक्छौं?
२ प्रस्ताव राख्नुहोस्: हामी बाइबल अध्ययनको प्रस्ताव जति धेरै राख्छौं त्यति नै धेरै बाइबल अध्ययन भेट्टाउने मौका पाउँछौं। (उप. ११:६) के तपाईंले सोझै प्रस्ताव राख्ने तरिका अपनाउनुभएको छ? अमेरिकाको एउटा मण्डलीले पूरै एक महिना यसो गर्न भरमग्दुर प्रयास गऱ्यो। बयालीसवटा नयाँ बाइबल अध्ययन सञ्चालन गर्न पाउँदा तिनीहरू कत्ति रोमाञ्चित भए! तपाईंले भेट्ने जिज्ञासु व्यक्तिहरूलाई तपाईं तिनीहरूसित बाइबल अध्ययन गर्न इच्छुक हुनुहुन्छ भनेर पहिल्यै थाह छ भन्ने अनुमान नलगाउनुहोस्। अर्को चोटि जाँदा अध्ययनको प्रस्ताव राखे कसो होला? तिनीहरूले अस्वीकारै गरे भने पनि केही समस्या छैन। तपाईं चासो जगाउन मदत दिइरहन सक्नुहुन्छ। आफ्ना छिमेकी, नातेदार, सहकर्मी र स्कूलका सहपाठीहरू बाइबल अध्ययन गर्न चाहन्छन् कि भनेर के तपाईंले तिनीहरूलाई सोध्नुभएको छ? तपाईंका बाइबल विद्यार्थीहरूलाई बाइबल अध्ययन गर्न चाहने तिनीहरूका कोही मित्र वा नातेदार छन् कि भनेर पनि सोध्न सक्नुहुन्छ।
३. बाइबल अध्ययन सुरु गर्न हामीसँग कस्तो मदतकारी साधन छ र यसलाई हामी कहिले प्रयोग गर्न सक्छौं?
३ मदतकारी साधन: बाइबल अध्ययन सुरु गर्नका लागि एउटा अनमोल साधन के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? शीर्षकको पर्चा हो। घरधनीले अरू साहित्य स्वीकारून् या नस्वीकारून् हामी यो पर्चा उनीहरूलाई दिन सक्छौं। व्यापारिक इलाकामा प्रचार गर्दा, सडक साक्षी दिंदा, चिठ्ठीपत्र लेख्दा र पुनःभेट गर्दा हामी यो पर्चा प्रयोग गर्न सक्छौं। घरमा कोही नभेटिंदा पनि यो छोड्न सकिन्छ। सार्वजनिक सवारीसाधन चढ्दा, किनमेल गर्दा र काममा हुँदा यो पर्चा किन सँगै नबोक्ने? यसको अन्तिम पृष्ठमा बाइबल अध्ययनको छोटो जानकारी दिइएको छ र बाइबलले सिकाउँछ किताबबारे बताइएको छ।
४. अध्ययन सुरु गर्न हामी जवाफ चाहनुहुन्छ? पर्चा कसरी प्रयोग गर्न सक्छौं?
४ घरधनीलाई यो पर्चा दिइसकेपछि पहिलो पृष्ठमा भएका प्रश्नहरू देखाएर तपाईं यसो भन्न सक्नुहुन्छ, “यी प्रश्नहरूमध्ये तपाईं कुनचाहिंको जवाफ पाउन चाहनुहुन्छ?” त्यसपछि पर्चाले दिने जवाफ सँगै छलफल गर्नुहोस् र बाइबल अध्ययनको प्रबन्धबारे अन्तिम पृष्ठले दिएको जानकारी पढ्नुहोस् वा आफ्नै शब्दमा व्याख्या गर्नुहोस्। त्यस विषयमा बाइबलले सिकाउँछ किताबमा कहाँ थप जानकारी पाइन्छ देखाउन सक्नुहुन्छ। त्यसपछि उक्त किताब दिनुहोस् र छलफललाई निरन्तरता दिन पछि फेरि भेट्ने प्रबन्ध मिलाउनुहोस्।
५. हामी किन बाइबल अध्ययनको प्रस्ताव राख्न सधैं तत्पर हुनुपर्छ?
५ बाइबलले वास्तवमा के सिकाउँछ, त्यो बुझ्न चाहनेहरू हाम्रो इलाकामा अझै पनि छन्। बाइबल अध्ययनको प्रस्ताव राख्न सधैं तत्पर हुँदा जीवनको बाटोमा अरूलाई डोऱ्याउँदा प्राप्त हुने आनन्द महसुस गर्ने थप मौका पाउनेछौं।—मत्ती ७:१३, १४.