प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 सेप्टेम्बर p. ८
  • पर्चा प्रयोग गरेर कुराकानी सुरु गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पर्चा प्रयोग गरेर कुराकानी सुरु गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • लाभकारी परिणामहरू प्राप्त गर्न पर्चाहरूको प्रयोग गर्ने
    हाम्रो राज्य सेवकाई—१९९३
  • सुसमाचार फैलाउन पर्चा प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • आज हाम्रो सेवकाईमा पर्चाहरू किन अति मूल्यवान छन्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌—यो जीवित छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 सेप्टेम्बर p. ८

पर्चा प्रयोग गरेर कुराकानी सुरु गर्नुहोस्‌

१ प्रभावकारी साक्षीको जग नै तपाईं आफै अग्रसर भई कुराकानी थाल्नु हो भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र? कुनै व्यक्‍तिको चासो जगाउने र उसलाई कुराकानीमा सरिक गराउने किसिमले कुरा गर्नु एउटा चुनौती नै हो। त्यसोभए, यो कसरी प्रभावकारी ढंगमा गर्न सकिन्छ त?

२ अधिकांश प्रकाशकहरूले केही शब्दहरू छानेर बोल्दा र त्यसपछि, कुनै एउटा बाइबल आधारित पर्चा दिंदा राम्रो कुराकानी सुरु भएको अनुभव गरेका छन्‌। पर्चाका विषयहरू घतलाग्दो हुनुका साथै त्यसका चित्र रंगीन अनि आकर्षक हुन्छन्‌। पर्चाले मानिसहरूलाई पढ्‌नुपर्ने कुरा धेरै रहेछ भनेर अत्याउँदैन। यसमा भएका चुस्त अनि मूलभूत कुराहरूको निचोड चाखलाग्दा हुन्छन्‌ र यसले एउटा व्यक्‍तिलाई बाइबल अध्ययनसम्म डोऱ्‍याउने काम गर्नसक्छ।

३ एक जना साक्षीले यही कुरा यसरी अनुभव गरे: “आजको यस्तो व्यस्त संसारमा, मानिसहरू धेरै समय खर्च गरेर कुनै पनि कुरा पढ्‌नै चाहँदैनन्‌। तर हाम्रा पर्चाहरूमा भने हामीलाई चाहिने सबै महत्त्वपूर्ण सन्देशहरू छन्‌ र ती सन्देशहरू पढ्‌नु अगाडि नै एकातिर पन्छाउन मनलाग्ने किसिमको एकदमै लामा पनि छैनन्‌। मैले धेरै पर्चाहरू पढेर नै अन्तत: सच्चाइ सिकेको हुँ।” पर्चामा संक्षेपमा प्रस्तुत गरिएको सन्देशमा निहित परमेश्‍वरको वचनको शक्‍तिलाई कहिल्यै कम नठान्‍नुहोस्‌।—हिब्रू ४:१२.

४ सजिला चार कदमहरू: धेरैले केही सजिला तरिका अपनाएर सफलता हात पारेका छन्‌। (१) केही पर्चा देखाउनुहोस्‌ र कुनचाहिं विषय मनपर्छ भनेर सोध्नुहोस्‌। (२) त्यस व्यक्‍तिले कुनै एउटा पर्चा रोजी सकेपछि त्यस पर्चाको मुख्य बुँदामाथि जोड दिन, राम्ररी तयार पारिएको एउटा प्रश्‍न सोध्नुहोस्‌। (३) त्यस प्रश्‍नको जवाफको लागि त्यही पर्चाबाट एउटा सुहाउँदो अनुच्छेद वा शास्त्रपद पढ्‌नुहोस्‌। (४) त्यस व्यक्‍तिको सकारात्मक प्रतिक्रिया देखिएमा, पर्चाबाटै छलफलको क्रम जारी राख्नुहोस्‌ वा थप छलफलको लागि क्रिएसन पुस्तकको अध्याय १६-२० मा भएका उपयुक्‍त बुँदाहरू चलाउनुहोस्‌। निम्न सल्लाहहरूले तपाईंलाई बेग्लाबेग्लै चारवटा पर्चाहरू कसरी प्रस्तुत सकिन्छ, त्यसबारे बुझ्न मदत दिनेछ।

५ “वास्तवमा यो संसारलाई कसले शासन गर्छ?” नामक पर्चाको शीर्षकलाई नै एउटा प्रश्‍नको रूपमा प्रस्तुत गर्न सकिन्छ।

▪ तपाईंसँग कुरा गरिरहेका व्यक्‍तिले यस प्रश्‍नको जवाफ “परमेश्‍वरले” वा “मलाई थाह छैन” भनेमा पृष्ठ २ मा दिइएको सुरुका दुई वाक्यहरू र पृष्ठ ३ को पहिलो अनुच्छेद पढ्‌नुहोस्‌। पहिलो यूहन्‍ना ५:१९ र प्रकाश १२:९ पढेर व्याख्या गर्नुहोस्‌। घरधनीले शैतान अनि दियाबलको अस्तित्वमाथि शंका गरून्‌ वा नगरून्‌ अथवा त्यसको प्रभाव यस पृथ्वीमा छ भनेर मानिलिऊन्‌ वा नलिऊन्‌, तपाईंले “संसारका परिस्थितिहरूबाट पत्ता लगाउनु” भन्‍ने उपशीर्षकमा दिइएका तर्कहरू चलाउन सक्नुहुन्छ। यदि चासो देखाएमा, पृष्ठ ३ र ४ का बुँदाहरूलाई चलाउँदै शैतानको उत्पत्ति कहाँबाट भयो भनेर बुझाउनुहोस्‌।

६ “के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?” नामक पर्चाले तत्काल चासो जगाउनसक्छ। तपाईंले यस्तो प्रश्‍न सोधेर कुराकानी अगाडि बढाउन सक्नुहुन्छ:

▪ “के मरिसकेका हाम्रा प्रिय जनहरूलाई फेरि कहिल्यै भेट्‌न सकिएला? घरधनीले त्यसको जवाफ दिइसकेपछि, पर्चाको पृष्ठ ४ को दोस्रो अनुच्छेदमा ध्यान आकर्षित गराउनुहोस्‌ र यूहन्‍ना ५:२८, २९ पढ्‌नुहोस्‌। त्यसपछि, पर्चाको पहिलो उपशीर्षक मुनि दिइएका जानकारीहरू बुझ्नु मदतकारी छ भनी बुझाउनुहोस्‌। यसलाई सँगै छलफल गर्ने प्रस्ताव राख्नुहोस्‌।

७ “पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌” नामक पर्चाले संसारका जुनसुकै ठाउँका परिवारहरूलाई आकर्षित गर्छ। यसलाई चलाउँदै तपाईं यसो भन्‍न सक्नुहुन्छ:

▪ “आज परिवारलाई समस्याहरूले घेरिरहेको छ भन्‍ने कुरालाई सायद तपाईं मानिलिनुहुन्छ होला। पारिवारिक बन्धनलाई अझ मजबुत पार्न के गर्न सकिन्छ जस्तो तपाईंलाई लाग्छ?” घरधनीले त्यसको प्रतिक्रिया जनाइसकेपछि, सीधै पृष्ठ ६ को पहिलो अनुच्छेदका बुँदाहरूमा उसको ध्यान खिच्नुहोस्‌। पृष्ठ ४ र ५ मा उद्धरण गरिएका कुनै एउटा शास्त्रपदको व्याख्या गर्नुहोस्‌। त्यसपछि, निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि प्रस्ताव राख्नुहोस्‌।

८ “तपाईं किन बाइबलमा विश्‍वास गर्न सकनु हुन्छ” नामक पर्चालाई यसरी प्रस्तुत गर्न सकिन्छ:

▪ “बाइबलको पहिलो पुस्तकमा उल्लिखित कयिन र हाबिलको कथा प्राय: धेरैले सुनेका छन्‌। उत्पत्तिको विवरणले कयिनको स्वास्नीबारे पनि बताउँछ। तिनी कहाँबाट आइन्‌ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ?” यस प्रश्‍नको जवाफको लागि पृष्ठ २ को अन्तिम अनुच्छेद हेर्नुहोस्‌। हाम्रो भविष्य कस्तो हुनेछ भन्‍ने बाइबलको महत्त्वपूर्ण विषयबारे पनि यस पर्चाले बताउँछ भनी बुझाउनुहोस्‌। पृष्ठ ५ को तेस्रो अनुच्छेददेखि छलफल अगाडि बढाउँदै लैजानुहोस्‌ र छलफल भइरहेको विषयमाथि प्रकाश पार्ने शास्त्रपदहरू पनि पढ्‌नुहोस्‌।

९ बाइबल पर्चाहरू प्रभावकारी ढंगमा सुसमाचार प्रस्तुत गर्ने माध्यम हो भन्‍ने कुरा धेरै लामो समयदेखि नै पुष्टि भइसकेको छ। पर्चाहरू बोक्न सजिलो भएकाले अनौपचारिक प्रचारमा होस्‌ या ढोका ढोकाको प्रचारमा, त्यसलाई तपाईं जहाँ पनि लिएर जान सक्नुहुन्छ र प्रभावकारी तरिकामा चलाउन सक्नुहुन्छ। हाम्रो सेवाको काम पूरा गर्नमा पर्चाले महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले, विभिन्‍न किसिमका पर्चाहरू बोक्नुहोस्‌ र त्यसलाई प्रशस्त मात्रामा चलाउनुहोस्‌।—कल. ४:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने