प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 फेब्रुअरी p. १
  • पृथ्वीका सबैभन्दा सुखी मानिसहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वीका सबैभन्दा सुखी मानिसहरू
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • तपाईँ साँचो आनन्द पाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवाको सेवा गर्नमा साँचो आनन्द छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • के गरेदेखि वास्तवमा आनन्दित भइन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 फेब्रुअरी p. १

पृथ्वीका सबैभन्दा सुखी मानिसहरू

१ “ती मानिसहरू सुखी हुन्छन्‌, जसका परमेश्‍वर परमप्रभुनै हुनुहुन्छ।” (भज. १४४:१५) यी शब्दहरूअनुसार यहोवाका साक्षीहरू पृथ्वीका सबैभन्दा सुखी मानिसहरू हुन्‌। एक मात्र साँचो तथा जीवित परमेश्‍वर, यहोवाको सेवा गर्दा प्राप्त हुने आनन्दभन्दा ठूलो आनन्द अरू केही हुन सक्दैन। उहाँ “आनन्दित परमेश्‍वर” हुनु भएको कारण उहाँका उपासकहरूले पनि त्यस्तै आनन्द झल्काउँछन्‌। (१ तिमो. १:११, NW) हामीलाई यति धेरै सुखी बनाउने हाम्रो उपासनाका केही पक्षहरू के हुन्‌?

२ सुखी हुने कारणहरू: हामी “आत्मामा दरिद्र” भयौं भने सुखी हुन सक्छौं भनी येशूले आश्‍वासन दिनुभयो। (मत्ती ५:३) यस्तो आध्यात्मिक आवश्‍यकता पूरा गर्नको लागि नियमित तवरमा बाइबल अध्ययन गर्नुका साथै सबै मसीही सभाहरूमा उपस्थित हुनुपर्छ। परमेश्‍वरको वचनको सत्य सिकेर हामी धार्मिक झूट तथा कपटबाट स्वतन्त्र भएका छौं। (यूह. ८:३२) धर्मशास्त्रले हामीलाई जीवन बिताउने सबैभन्दा उत्तम तरिका पनि सिकाएको छ। (यशै. ४८:१७) त्यसैकारण त हामी सुखी भ्रातृत्वमाझ लाभदायक मसीही संगतिको आनन्द उठाउँछौं।—१ थिस्स. २:१९, २०; १ पत्रु. २:१७.

३ परमेश्‍वरका उच्च नैतिक सिद्धान्तहरू पालन गरेर हामी ठूलो सन्तुष्टि महसुस गर्छौं किनभने यसले हामीलाई सुरक्षा प्रदान गर्नुका साथै यहोवालाई खुसी तुल्याउँछ भन्‍ने कुरा हामीलाई थाह छ। (हितो. २७:११) एउटा अखबारका संवाददाताले यसो भने: “तिनीहरूको कडा स्तरको बावजूद यहोवाका साक्षीहरू दुःखी देखिंदैनन्‌। बरु, चाहे जवान होस्‌ वा वृद्ध, सबै अत्यन्तै आनन्दित र सन्तुलित देखिन्छन्‌।” हामी अरूहरूलाई पनि कसरी हाम्रोजस्तै सुखमय जीवनशैली अपनाउन मदत गर्न सक्छौं?

४ सुख प्राप्त गर्न अरूहरूलाई मदत गर्नुहोस्‌: संसार दुःखै-दुःखले भरिएको छ र प्रायजसो मानिसहरू भविष्यप्रति निराशावादी छन्‌। तथापि, कुनै दुःख नहुने समय आउनेछ भन्‍ने कुरा जानेकोले हामी आशावादी छौं। (प्रका. २१:३, ४) त्यसैकारण, इमानदार हृदय भएकाहरूलाई हाम्रो आशा र यहोवाबारे हाम्रो विश्‍वास बताउन हामी जोसिलो भई सेवकाईमा भाग लिन्छौं।—इज. ९:४.

५ एक जना अग्रगामी बहिनीले यसो भनिन्‌: “यहोवा र उहाँको सत्यबारे सिक्न मानिसहरूलाई मदत गर्नुभन्दा सन्तोषजनक कुरा अरू केही हुन सक्दैन।” अझ धेरै मानिसहरूलाई बाइबल अध्ययन गर्न राजी हुने प्रोत्साहन दिन हामी यथासक्य गरौं। यहोवाको सेवा गर्नु र उहाँको सेवा गर्न अरूलाई मदत दिनसक्नु नै सुखी हुने सबैभन्दा ठूलो कारण हो।—प्रेरि. २०:३५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने