सेवा सभाको तालिका
मार्च ११ मा सुरु हुने हप्ता
गीत २
१३ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ का सल्लाहहरूलाई चलाउँदै मार्च ८ को ब्यूँझनुहोस्! र मार्च १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, दुईवटा प्रदर्शन गरेर देखाउनुहोस्। दुवै प्रदर्शनहरूमा “मलाई चासो छैन” भन्ने वार्तालाप बाधकलाई कसरी जवाफ दिने भनी देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिका, पृष्ठ ८ हेर्नुहोस्।
१२ मि: गर्मी महिनाको लागि के-कस्तो योजना बनाउनुभएको छ? गर्मी महिनाहरूको लागि आफ्नो योजनाबारे एक जना प्राचीन वा सेवकाई सेवक र तिनको परिवार छलफल गर्छन्। तिनीहरू पूरै परिवार मिलेर सहायक अग्रगामी गर्ने वा बिदा लिएर मनोरञ्जनका लागि कतै घुम्न जाने विषयमा छलफल गर्छन्। कतै यात्रामा गए तापनि सभाहरूमा उपस्थित हुने, क्षेत्र सेवकाईमा भाग लिने र पारिवारिक बाइबल अध्ययन गर्नेजस्ता ईश्वरतान्त्रिक क्रियाकलापहरूलाई भने बेवास्ता नगर्न तिनीहरू सबै सहमत हुन्छन्। तिनीहरू चाहे घरमै बसे तापनि वा शहरबाहिर गए तापनि आफ्नो क्षेत्र सेवकाईको रिपोर्ट जतिसक्दो चाँडो मण्डलीको सचिवलाई बुझाउन राजी हुन्छन्।
२० मि: ‘असल काममा धनवान् हुनुहोस्।’a यो भाग सेवा निरीक्षकले सञ्चालन गर्नेछन्। मार्च २८ मा हुने स्मरणार्थ उत्सवको तयारीस्वरूप सबैलाई क्षेत्र सेवकाईमा पूर्णतया भाग लिन सल्लाह दिनुहोस्। निमन्त्रणा पर्चीलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर छलफल गर्नुहोस्। आफ्नो नातेदार, छिमेकी, बाइबल विद्यार्थी
तथा चासो देखाउने अरू सबैलाई गत वर्षको स्मरणार्थमा कसरी उपस्थित गराउन सके र यसले कस्तो आनन्द ल्यायो, त्यसबारे बताउन प्रकाशकहरूलाई आमन्त्रण गर्नुहोस्। अप्रिल महिनामा सहायक अग्रगामी गर्न र सभापछि आवेदन फाराम लिन सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ८२ र समापन प्रार्थना।
मार्च १८ मा सुरु हुने हप्ता
गीत ७
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। “स्मरणार्थका सम्झौटाहरू” छलफल गर्नुहोस्। दिनहुँ धर्मशास्त्र जाँच्ने—२००२ मा मार्च २३-२८ सम्मका लागि दिइएको स्मरणार्थ बाइबल पढाइ पढ्न सबैलाई प्रोत्साहन दिनुहोस्।
१५ मि: “यहोवा र उहाँको पुत्रसँग आनन्दपूर्वक एकताबद्ध।” प्राचीनद्वारा धर्मशास्त्रमा आधारित प्रोत्साहनजनक भाषण। हामीसँगै स्मरणार्थ उत्सवमा उपस्थित हुन जतिसक्दो धेरैभन्दा धेरै मानिसहरूलाई निमन्त्रणा दिनका लागि अहिलेदेखि मार्च २८ सम्म थप प्रयत्न गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
२० मि: यरबूक-ले तपाईंलाई कसरी लाभ पुऱ्याइरहेको छ? भाषण तथा श्रोताहरूसँग छलफल। सर्वप्रथम, यस अंकको पृष्ठ ६ मा छापिएको “परिचालक निकायबाट पत्र”-का मुख्य बुँदाहरू प्रकाश पार्नुहोस्। त्यसपछि, यरबूक-मा दिइएका आफूलाई विशेष गरी प्रोत्साहनदायी र विश्वास बलियो बनाउने खालको लागेका रिपोर्ट तथा अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रण गर्नुहोस्। यरबूक पूरै पढ्न र बाइबल विद्यार्थीहरूलाई यहोवाको संगठनसँग परिचित गराउन यसको प्रयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ४५ र समापन प्रार्थना।
मार्च २५ मा सुरु हुने हप्ता
गीत १२
१४ मि: स्थानीय घोषणाहरू। अप्रिल महिनामा सहायक अग्रगामी गर्नको लागि आवेदन फाराम भर्न अझै ढिला भइसकेको छैन भनी बताउनुहोस्। पृष्ठ ८ मा दिइएको सुझाउलाई प्रयोगमा ल्याउँदै, एक जना जवान प्रकाशकलाई मार्च ८ को ब्यूँझनुहोस्! र एक जना प्राचीनलाई अप्रिल १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, देखाउन लगाउनुहोस्। हरेक प्रदर्शनपछि, ती प्रस्तुतिहरूको केही राम्रा पक्षहरू प्रकाश पार्नुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
१६ मि: प्रोत्साहन दिनका लागि रीजनिङ पुस्तक चलाउनुहोस्। श्रोताहरूसँग छलफल। समय-समयमा सबैलाई मायालु प्रोत्साहन चाहिन्छ। त्यसैकारण, सेवकाईमा भेट्ने निराश व्यक्तिहरूलगायत सबैलाई “दिलाशा” दिनुपर्ने आवश्यकता हामीले महसुस गर्नुपर्छ। (१ थिस्स. ५:१४) रीजनिङ पुस्तकको पृष्ठ ११७-२१ मा उल्लेख गरिएका जस्ता दुःखकष्टहरू भोगिरहेका मानिसहरूलाई यो पुस्तक चलाएर कसरी धर्मशास्त्रीय प्रोत्साहन दिन सकिन्छ भनी बताउन श्रोताहरूलाई आमन्त्रण गर्नुहोस्। आवश्यक परेको खण्डमा अरूलाई प्रोत्साहन दिन प्रयास गर्नुहोस् भनी सबैलाई सुझाउ दिनुहोस्।—गला. ६:१०.
गीत १३१ र समापन प्रार्थना।
अप्रिल १ मा सुरु हुने हप्ता
गीत २७
७ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई मार्च महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्।
१८ मि: “‘पुरुषहरूमध्ये वरदान[ले]’ उत्सुकतासाथ परमेश्वरको बगालको गोठालो गर्छन्।” प्राचीनद्वारा भाषण। उद्धृत शास्त्रपदहरू छलफल गर्नुहोस्। निष्क्रिय तथा अशक्तहरूलाई गोठालोरूपी भेट गर्दा र उनीहरूले जति सक्छन् त्यति गर्न मदत दिंदा कस्तो असल नतिजाहरू प्राप्त हुन्छन् भनी देखाउनुहोस्। यहोवाको सेवामा सक्रिय रहन तिनीहरूले चोखो मनले गरेको प्रयत्नको लागि मायालु गोठालाहरूले मूल्यांकन देखाउँछन्।
२० मि: “प्रचार कार्यमा आफ्नो आनन्द बढाउनुहोस्।”* अनुच्छेद ५ छलफल गर्दा, स्थानीय इलाकामा कसरी अझै प्रभावकारी हुन सकिन्छ भनी व्यावहारिक सुझाउहरू माग्नुहोस्। छोटकरीमा साक्षी दिनको लागि कसरी अग्रसर हुन सकिन्छ भनी एक-दुईवटा उदाहरण देखाउनुहोस्। यस हप्ता साक्षी दिनको लागि समय निकाल्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत १५ र समापन प्रार्थना।
[फुटनोट]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।