सेवा सभाको तालिका
सेप्टेम्बर ८ मा सुरु हुने हप्ता
गीत १०
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अर्को हप्ताको सेवा सभाको लागि तयारी गर्दा गत सेवा वर्ष सम्पन्न भएका क्षेत्रीय सम्मेलन कार्यक्रम पुनरावलोकन गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। पृष्ठ ८ मा दिइएका सल्लाहहरू चलाउँदै सेप्टेम्बर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं। र सेप्टेम्बर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, दुईवटा छुट्टाछुट्टै व्यावहारिक प्रदर्शन गरेर देखाउनुहोस्। एउटा प्रस्तुतिमा, एक जना विद्यार्थी वा आमा वा बुबाले स्कूलका शिक्षक वा शिक्षिकालाई साक्षी दिइरहेको देखाउनुहोस्।
१० मि: शाखाले पठाएको पत्र। लामो समयदेखि सेवा गर्दै आएका प्रकाशक, सके एक जना प्राचीन र जवान प्रकाशकबीच छलफल। जवान प्रकाशकले अनुभवी प्रकाशकलाई हाम्रो राज्य सेवकाई-मा शाखा कार्यालयले पठाएको पत्र देखेका छन् कि छैनन् भनेर सोध्छन्। शाखाले पठाएको पत्र सन् १९६० र १९७० दशकमा हाम्रो राज्य सेवकाई-को एउटा विशेष पक्ष थियो भनेर अनुभवी प्रकाशकले उल्लेख गर्छन्। त्यसपछि तिनीहरूले अघिल्लो पृष्ठमा दिइएको पत्रको मुख्य बुँदाहरू प्रकाश पार्दै छलफल गर्छन्।
२५ मि: “युवाहरू हो—भविष्यको लागि असल जग बसाल्नुहोस्।”a दिइएका प्रश्नहरू चलाउँदै यसलाई एक जना प्राचीनले सञ्चालन गर्नुपर्छ। अनुच्छेद ५ छलफल गर्दा पूर्ण-समयका आनन्द तथा आशिष्हरू प्रकाश पार्नुहोस्।
गीत १७० र समापन प्रार्थना।
सेप्टेम्बर १५ मा सुरु हुने हप्ता
गीत १९९
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१० मि: “वर्सिप गड पुस्तक अध्ययन गर्ने।”b पुस्तक अध्ययन निरीक्षकद्वारा भाषण। अध्ययन तालिकातर्फ ध्यान खिच्नुहोस्। अनुच्छेद ४ छलफल गर्दा मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ २८, अनुच्छेद १ र पृष्ठ ७० मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्।
२५ मि: “परमप्रभुमा भरोसा राख् र भलाइ गर्।” (भज. ३७:३) तल दिइएका प्रश्नहरूमा आधारित श्रोताहरूसित छलफल, जसले गत सेवा वर्ष सम्पन्न भएका क्षेत्रीय सम्मेलन कार्यक्रमका मुख्य बुँदाहरू प्रकाश पार्नेछ। व्यक्तिगत रूपमा वा पारिवारिक रूपमा मुख्य बुँदाहरू व्यवहारमा उतार्न कसरी सफल भए भन्ने कुरा बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्। कार्यक्रमका यी भागहरूलाई प्रकाश पार्नुहोस्: (१) “यहोवामाथि भरोसा प्रकट गर्ने।” जीवनको हरेक पक्षमा यहोवामा भरोसा प्रदर्शन गर्नु किन अत्यावश्यक छ? (it-२ पृ. ५२१) वाच टावर पब्लिकेसन्स् इन्डेक्स-ले कसरी हामीलाई मदत गर्न सक्छ?(२) “जीवनका व्यर्थताहरू विरुद्ध होसियार रहनुहोस्।” (उप. २:४-८, ११) कस्ता व्यर्थका कामहरू विरुद्ध हामी होसियार रहनै पर्छ र हामी कसरी त्यसो गर्न सक्छौं? (३) “खराबी त्याग्नुहोस्, भलाइ गर्नुहोस्।” यहोवाका स्तरहरू पालन गर्नु किन अत्यावश्यक छ? (यशै. ५:२०) कस्ता भलाइका कामहरूमा हामी व्यस्त रहनुपर्छ? (४) “यहोवामा हाम्रो विश्वस्तता कायम राख्ने।” परीक्षा तथा प्रलोभनहरूको बावजुद दृढ अडान लिन हामीलाई कुन कुराले मदत गर्नेछ? हामीले कुनै-कुनै कुरा यहोवाको हातमा छोड्नु किन आवश्यक पर्न सक्छ? (५) “के तपाईं परमेश्वरको राज्यको निम्ति योग्य ठहरिनुहुन्छ?” (कल. १:१०) कस्ता बाइबल उदाहरणहरूले हामीलाई यहोवाको योग्य चालमा चलिरहन उत्प्रेरित गर्छ? (६) “यहोवाका प्रतिज्ञाहरूमा भरोसा राख्नुहोस्।” यसो गर्दा हाम्रो जीवनमा कस्तो असर पर्नेछ?
गीत ५८ र समापन प्रार्थना।
सेप्टेम्बर २२ मा सुरु हुने हप्ता
गीत ७
१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ८ का सुझावहरू चलाउँदै सेप्टेम्बर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र अक्टोबर १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। एक जना प्राचीन र अशक्त प्रकाशकले टेलिफोन साक्षी दिइरहेको देखाउनुहोस्।
१५ मि: गत वर्ष हामीले कस्तो गऱ्यौं? सन् २००३ सेवा वर्षको मण्डलीको रिपोर्टका विशेषताहरू सेवा निरीक्षकले पुनरावलोकन गर्छन्। मण्डलीले हासिल गरेका असल कुराहरूका लागि मण्डलीको सराहना गर्नुहोस्। क्षेत्रीय निरीक्षकको अन्तिम रिपोर्टबाट केही उपयुक्त बुँदाहरू समावेश गर्नुहोस्। आगामी वर्षका लागि एक दुईवटा व्यावहारिक लक्ष्य बताउनुहोस्।
२० मि: के सबै धर्म परमेश्वरलाई स्वीकार्य छ? रीजनिङ पुस्तकमा आधारित श्रोताहरूसित छलफल। यस विषयमा कसैसित कसरी तर्क गर्ने छलफल गर्नुहोस्। (rs पृ. ३२२-३) साँचो धर्म ठम्याउन सकिने केही तरिकाहरू प्रकाश पार्नुहोस्। (rs पृ. ३२८-३०) हाम्रो सेवकाईले परमेश्वरलाई स्वीकार्य हुने किसिमको उपासना छनौट गर्न अरूलाई मदत गर्छ।—कल. १:९, १०.
गीत ३९ र समापन प्रार्थना।
सेप्टेम्बर २९ मा सुरु हुने हप्ता
गीत १९४
१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई सेप्टेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। अक्टोबर महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्। चाहनुहुन्छ पुस्तिका चलाएर कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ भनी छोटो प्रदर्शन गरेर देखाउनुहोस्।
३५ मि: “के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?” अनुच्छेद १३ र १८-२४ मा तयार पारिएका प्रश्नहरूको जवाफ दिन श्रोताहरूलाई बीच-बीचमा टिप्पणी गर्न लगाउँदै प्रोत्साहनदायी भाषण दिने। बेथेल सेवालाई आफ्नो पेसाको रूपमा रोज्न छोराछोरीलाई मदत गर्न आमाबाबुलाई प्रोत्साहन दिनुहोस्। परिवारहरूलाई आफ्नो पारिवारिक अध्ययनमा यो परिशिष्ट अध्ययन गर्ने सल्लाह दिनुहोस्।
गीत १९७ र समापन प्रार्थना।
अक्टोबर ६ मा सुरु हुने हप्ता
गीत १७०
१० मि: स्थानीय घोषणाहरू। यो महिना हामी बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गरिरहेका छौं। मे २००२ को हाम्रो राज्य सेवकाई, पृष्ठ १, अनुच्छेद १ संक्षिप्तमा पुनरावलोकन गर्नुहोस्।
१५ मि: “प्राथमिकता दिनुपर्ने कुरालाई प्राथमिकता दिनुहोस्!” सेप्टेम्बर १, १९९८ को प्रहरीधरहरा, पृष्ठ १९-२१ को लेखमा आधारित भाषण तथा श्रोताहरूसित छलफल। आगामी केही महिनाहरूका लागि तय गरिएका ईश्वरतान्त्रिक क्रियाकलापहरूको मिति उल्लेख गर्नुहोस् र सबैलाई यो मिति आफ्नो क्यालेण्डरमा लेखेर राख्न प्रोत्साहन दिनुहोस्। आध्यात्मिक प्रबन्धहरूबाट लाभ उठाउनदेखि नचुक्न तिनीहरू के गर्छन् भन्ने विषयमा टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
२० मि: “नम्रता धारण गर्नुहोस्।”c शास्त्रपदहरू कसरी लागू हुन्छ भन्ने सन्दर्भमा श्रोताहरूलाई टिप्पणी दिन लगाउनुहोस्।
गीत २२४ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।