प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 डिसेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००३
  • उपशीर्षकहरू
  • डिसेम्बर ८ मा सुरु हुने हप्ता
  • डिसेम्बर १५ मा सुरु हुने हप्ता
  • डिसेम्बर २२ मा सुरु हुने हप्ता
  • डिसेम्बर २९ मा सुरु हुने हप्ता
  • जनवरी ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००३
km03 डिसेम्बर पृ. २

सेवा सभाको तालिका

डिसेम्बर ८ मा सुरु हुने हप्ता

गीत २२१

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ६ मा दिइएका सल्लाहहरू चलाउँदै डिसेम्बर ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचोहिं) र डिसेम्बर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ।

२० मि: “साँचो मसीही एकता—कसरी?”a अनुच्छेद ५ छलफल गर्दा श्रोताहरूलाई हाम्रो मसीही एकता प्रकाश पार्ने अन्तरराष्ट्रिय अधिवेशन, ईश्‍वरतान्त्रिक भवन निर्माण परियोजना वा प्राकृतिक प्रकोप राहत कार्यसित सम्बन्धित विषयमा आफ्नो व्यक्‍तिगत अनुभव बताउन आमन्त्रित गर्नुहोस्‌।

१५ मि: “सन्‌ २००४ को लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूल।” स्कूल निरीक्षकद्वारा भाषण। अक्टोबर २००३ को हाम्रो राज्य सेवकाई परिशिष्टमा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत १०८ र समापन प्रार्थना।

डिसेम्बर १५ मा सुरु हुने हप्ता

गीत ७१

१० मि: स्थानीय घोषणाहरू। डिसेम्बर २९ को हप्तामा हुने सेवा सभामा गरिने छलफलको लागि तयारी गर्दा सबैलाई ट्रान्सफ्युजन-अल्टरनेटिभ हेल्थ केयर—मिटिङ पेस्यन्ट निड्‌स एण्ड राइट्‌स भन्‍ने भिडिओ हेर्न प्रोत्साहन दिनुहोस्‌। “कृपया तुरुन्त भेट्‌न गइहाल्नुहोस्‌” भन्‍ने पेटी छलफल गर्नुहोस्‌। उपलब्ध छ भने, S-70 फारामको एउटा नमुना देखाउनुहोस्‌। डिसेम्बर २५ र जनवरी १ का लागि गरिएका विशेष क्षेत्र सेवाका प्रबन्धहरूबारे उल्लेख गर्नुहोस्‌।

१५ मि: व्यक्‍तिगत अध्ययन—उपासनाको एउटा भाग। अक्टोबर १, २०००, प्रहरीधरहरा, पृष्ठ १४-१५, अनुच्छेद ६-१० मा आधारित भाषण।

२० मि: असल हृदय भएकाहरूलाई मदत गर्नुहोस्‌।b दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। मार्च १९९७ हाम्रो राज्य सेवकाई-को पृष्ठ ३ मा भएको पेटीमा दिइएका पुनःभेट गर्ने सुझावहरूको सूची पुनरावलोकन गर्नुहोस्‌।

गीत ४२ र समापन प्रार्थना।

डिसेम्बर २२ मा सुरु हुने हप्ता

गीत १०

१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। पृष्ठ ६ का सुझावहरू चलाउँदै डिसेम्बर ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र जनवरी १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्‌। अर्को हप्ता हुने विशेष सेवा सभाबारे सबैलाई सम्झाउनुहोस्‌। त्यस सभामा हामी पेस्यन्ट निड्‌स एण्ड राइट्‌स भन्‍ने भिडिओ पुनरावलोकन गर्नुका साथै छलफल गर्नेछौं र अग्रिम चिकित्सा निर्देश/दोषमुक्‍ति कार्ड वितरण गर्नेछौं।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

१८ मि: “योग्य जनलाई खोज्ने।”c विषयवस्तु कसरी स्थानीय तवरमा लागू हुन्छ बताउनुहोस्‌। घरधनीहरू प्रायजसो कुन समयमा घरमा भेटिन्छन्‌? साँझ पर्नै लाग्दा वा साँझपख जाँदा कस्ता परिणामहरू प्राप्त भएका छन्‌? घरमा भेटाउनै गाह्रो मानिसहरूलाई भेट्‌न कस्ता उपायहरू प्रयोग गर्न सकिन्छ?

गीत २०९ र समापन प्रार्थना।

डिसेम्बर २९ मा सुरु हुने हप्ता

गीत २००

१३ मि: स्थानीय घोषणाहरू। सबै प्रकाशकहरूलाई डिसेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। जनवरी महिनामा प्रस्तुत गरिने साहित्यहरूबारे बताउनुहोस्‌।

१७ मि: “महत्त्वपूर्ण चिकित्सा प्रवृत्तिबारे प्रकाश पार्ने भिडिओ।” यसलाई योग्य प्राचीनले सञ्चालन गर्नुपर्छ। प्रेरित १५:२८, २९ पढ्‌नुहोस्‌ र मसीहीहरूले रक्‍तक्षेपण अस्वीकार गर्नुको मुख्य कारण रगतको पवित्रताबारे परमेश्‍वरको व्यवस्थालाई आदर गर्नु हो भनेर छोटकरीमा जोड दिनुहोस्‌। त्यसपछि लगत्तै लेखमा दिइएका प्रश्‍नहरू चलाउँदै पेस्यन्ट निड्‌स एण्ड राइट्‌स भन्‍ने भिडिओको छलफल सुरु गरिहाल्नुहोस्‌। अन्तिम अनुच्छेद पढेर टुंग्याउनुहोस्‌।

१५ मि: निर्धक्क भई चिकित्सासम्बन्धी चुनौतीहरू सामना गर्ने। शाखा कार्यालयले उपलब्ध गराएको रूपरेखामा आधारित योग्य प्राचीनद्वारा भाषण। वितरण गर्नको लागि सचिवसित निम्न सामग्रीहरू पर्याप्त मात्रामा हुनुपर्छ: अग्रिम चिकित्सा निर्देश/दोषमुक्‍ति कार्ड, परिचय पत्र। बप्तिस्मा प्राप्त प्रकाशकहरूलाई सभापछि यी उपलब्ध गराइनेछ तर ती तत्काल भरिहाल्नुचाहिं हुँदैन। अर्को चोटिको मण्डली पुस्तक अध्ययनमा साक्षी बसेर, मिति लेखेर ती कार्डहरूमा हस्ताक्षर गर्नुपर्छ र आवश्‍यक परेको खण्डमा पुस्तक अध्ययन निरीक्षकबाट मदत लिन सकिन्छ। [देशमा प्रयोग गरिन्छ भने, आफ्ना छोराछोरीका लागि आमाबाबुलाई परिचय पत्र उपलब्ध गराउनुपर्छ।] कार्ड लिने व्यक्‍तिले हस्ताक्षर गरेको साक्षी बस्नेहरूले प्रत्यक्ष देखेकै हुनुपर्छ। बप्तिस्मा अप्राप्त प्रकाशकहरूले अग्रिम चिकित्सा निर्देश/दोषमुक्‍ति कार्ड र परिचय पत्रमा प्रयोग गरिएको भाषा प्रयोग गर्दै आफ्नो र आफ्ना छोराछोरीको लागि आफै निर्देश बनाउन सक्छन्‌। “हामीलाई रगतबाट अलग रहन मदत गर्ने प्रबन्धहरू” भन्‍ने पेटीबाट मुख्य बुँदाहरू पुनरावलोकन गर्नुहोस्‌।

गीत १८२ र समापन प्रार्थना।

जनवरी ५ मा सुरु हुने हप्ता

गीत १०३

५ मि: स्थानीय घोषणाहरू।

२० मि: तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। (१ कोरि. १५:५८) श्रोताहरूसित छलफल। सुरु-सुरुका दिनहरूको प्रचारकार्यबारे विस्तृत तवरमा बताउन लगाउनको लागि धेरै वर्षदेखि सक्रियपूर्वक काम गरिरहेका प्रकाशकहरूलाई पहिल्यै खबर गर्नुहोस्‌। मण्डलीमा कति जना संगत गर्थे? मण्डलीलाई काम गर्न जिम्मा दिइएको इलाका कति थियो? मानिसहरूले राज्यसन्देशप्रति कस्तो प्रतिक्रिया देखाउँथे? तपाईंले कस्तो किसिमको विरोधको सामना गर्नुपऱ्‍यो? वर्षौंको दौडान स्थानीय क्षेत्रमा राज्यको काम कसरी विस्तार भएको छ?

२० मि: यहोवाको उपासनाले कसरी हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ? श्रोताहरूसित छलफल। सुखमय तथा अर्थपूर्ण जीवनको कुञ्जी साँचो उपासना हो। (१) यसले हामीलाई जीवनका समस्या तथा फिक्रीहरूको सामना गर्न मदत गर्छ। (फिलि. ४:६, ७) (२) यसले हामीलाई ईश्‍वरीय गुणहरू खेती गर्न प्रोत्साहित गर्छ। (२ पत्रु. १:५-८) (३) यसले हामीलाई आफ्नो समय तथा स्रोतसाधनहरू सबैभन्दा उपयुक्‍त ढंगमा प्रयोग गर्न मदत गर्छ। (१ तिमो. ६:१७-१९) (४) यसले हामीलाई भविष्यको पक्का आशा प्रदान गर्छ। (२ पत्रु. ३:१३) (५) यसले हामीलाई यहोवासित घनिष्ठ सम्बन्ध विकास गर्न सक्षम बनाउँछ। (याकू. ४:८) यहोवालाई नचिन्‍ने वा उहाँको सेवा नगर्ने व्यक्‍तिहरूसित कसरी यी कुराहरूको अभाव छ, तुलना गरेर भिन्‍नता देखाउनुहोस्‌।

गीत १३६ र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने