बाइबलले सिकाउँछ पुस्तकबाट कसरी अध्ययन सुरु गर्ने
बाइबल अध्ययन गराउन पाउँदा हामी सबै खुसी हुन्छौं तर अध्ययन पाउनु नै गाह्रो। त्यसोभए बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकले हामीलाई मदत गर्न सक्छ। साँच्चै भन्ने हो भने, पृष्ठ ३-७ मा दिइएको विषयवस्तुबाटै हामी घरधनीसित बाइबल छलफल सुरु गर्न सक्छौं। प्रचारमा त्यति अनुभव नबटुलिसकेका व्यक्तिहरूले समेत यस पुस्तकबाट सजिलै अध्ययन थाल्न सक्नेछन्।
◼ पृष्ठ ३ देखाउँदै यसो गर्न सक्नुहुन्छ:
हाम्रो इलाकाका मानिसहरूलाई पिरोलिरहेको कुनै समाचार वा समस्या उल्लेख गर्नुहोस् र घरधनीलाई पृष्ठ ३ मा बाक्लो अक्षरमा लेखिएका प्रश्नहरू पढेर सुनाउनुहोस् अनि तिनको विचार बुझ्नुहोस्। त्यसपछि पृष्ठ ४-५ देखाउनुहोस्।
◼ वा पृष्ठ ४-५ देखाउँदै यसो पनि भन्न सक्नुहुन्छ:
“यी चित्रमा देखाइएका कुराहरू साँच्चै भयो भने तपाईंलाई कस्तो लाग्नेछ?” वा यसरी सोध्न सक्नुहुन्छ: “तपाईंलाई यीमध्ये कुन चाहिं प्रतिज्ञा पूरा होस् जस्तो लाग्छ?” जवाफ ध्यान दिएर सुन्नुहोस्।
घरधनीले कुनै बाइबल पदमा चासो देखायो भने पुस्तकमा उक्त पदबारे छलफल गरिएको अनुच्छेद पल्टाउनुहोस् र त्यस विषयमा बाइबलले के सिकाउँछ, बुझाउनुहोस्। (यस पृष्ठको पेटी हेर्नुहोस्।) बाइबल अध्ययनमा जसरी छलफल गर्नुहुन्छ त्यस्तै गर्नुहोस्। प्रथम भेटमै पाँच-दस मिनेटभित्रै यसो गर्न सकिन्छ।
◼ अर्को तरिका पृष्ठ ६ चलाउँदै मानिसहरूको प्रतिक्रिया बुझ्नु हो:
पृष्ठ ६ का प्रश्नहरू देखाउँदै घरधनीलाई सोध्नुहोस्: “तपाईंको मनमा कहिल्यै यस्ता प्रश्नहरू उब्जिएका छन्?” कुनै प्रश्नमा तिनले चासो देखाएको खण्डमा त्यस प्रश्नबारे छलफल गरिएको अनुच्छेद पल्टाउँदै जवाफ दिनुहोस्। (यस पृष्ठको पेटी हेर्नुहोस्।) यसरी छलफल गर्दा बाइबल अध्ययन पनि गरिरहनुभएको हुनेछ।
◼ बाइबल अध्ययन कसरी गरिन्छ भनी बुझाउन पृष्ठ ७ चलाउन सकिन्छ:
पृष्ठ ७ को सुरुको तीन वटा वाक्य घरधनीलाई पढेर सुनाउनुहोस्। त्यसपछि अध्याय ३ पल्टाएर अनुच्छेद १-३ बाट अध्ययन सञ्चालन गरेर देखाउनुहोस्। अनुच्छेद ३ मा दिइएका प्रश्नहरूबारे अर्कोचोटि छलफल गर्ने समय मिलाउनुहोस्।
◼ फेरि फर्कन कसरी बाटो तयार पार्ने:
प्रथम भेटमै गरिएको अध्ययन टुंग्याउनुअघि अर्कोचोटि पनि छलफल जारी राख्ने बाटो तयार पार्नुहोस्। तपाईं यसो भन्न सक्नुहुन्छ: “हेर्नुस् त, केही मिनेटमै हामीले यस महत्त्वपूर्ण विषयमा बाइबलले के भन्छ भनेर सिक्यौं। (अर्को पटक छलफलको लागि प्रश्न छोड्नुहोस्) छलफल अर्को चोटि पनि गर्न सक्छौं। म अर्को हप्ता यसै समयमा आए कसो होला?”
यहोवाले तोक्नुभएको समयको हामी नजिक-नजिक पुग्दा हामीलाई सुम्पनुभएको कामको लागि उहाँले नै सुसज्जित पनि पार्नुहुन्छ। (मत्ती २८:१९, २०; २ तिमो. ३:१७) बाइबल अध्ययन सुरु गर्न यस अत्यन्तै राम्रो पुस्तकको पूरापूर सदुपयोग गरौं।
[पृष्ठ ३-मा भएको पेटी]
पृष्ठ ४-५ मा दिइएका बाइबल पदहरूको छलफल
◻ प्रकाश २१:४ (पृष्ठ २७-२८, अनु. १-३)
◻ यशैया ३३:२४; ३५:५, ६ (पृष्ठ ३६, अनु. २२)
◻ यूहन्ना ५:२८, २९ (पृष्ठ ७२-७३, अनु. १७-१९)
◻ भजन ७२:१६ (पृष्ठ ३४, अनु. १९)
पृष्ठ ६ मा दिइएका प्रश्नहरूको जवाफ
◻ हामी किन दुःखकष्ट भोग्छौं? (पृष्ठ १०८-१०९, अनु. ६-८)
◻ जीवनका फिक्रीहरूको हामी कसरी सामना गर्न सक्छौं? (पृष्ठ १८४-१८५, अनु. १-३)
◻ हामी आफ्नो पारिवारिक जीवन कसरी अझ आनन्दित बनाउन सक्छौं? (पृष्ठ १४३, अनु. २०)
◻ मरिसकेपछि हामीलाई के हुन्छ? (पृष्ठ ५८-५९, अनु. ५-६)
◻ आफ्ना मरिसकेका प्रियजनहरूलाई के हामी फेरि कहिल्यै भेट्न पाउनेछौं? (पृष्ठ ७२-७३, अनु. १७-१९)
◻ परमेश्वरले भविष्यको लागि गर्नुभएका प्रतिज्ञाहरू उहाँले पूरा गर्नुहुनेछ भनी हामी कसरी पक्का हुन सक्छौं? (पृष्ठ २५, अनु. १७)