प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 सेप्टेम्बर पृ. ७
  • अक्टोबर महिनामा के तपाईं बाइबल अध्ययन सुरु गर्नुहुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर महिनामा के तपाईं बाइबल अध्ययन सुरु गर्नुहुनेछ?
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले सिकाउँछ पुस्तकबाट कसरी अध्ययन सुरु गर्ने
    हाम्रो राज्य सेवकाई—२००६
  • हर अवसरमा प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२०१०
  • अक्टोबर २० देखि नोभेम्बर १६ सम्म विशेष पर्चा अभियान!
    हाम्रो राज्य सेवकाई—२००८
  • अध्ययन सुरु गर्नको लागि हामीसित नयाँ औजार छ!
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 सेप्टेम्बर पृ. ७

अक्टोबर महिनामा के तपाईं बाइबल अध्ययन सुरु गर्नुहुनेछ?

१. अक्टोबर महिनामा हामी के प्रस्तुत गर्नेछौं?

१ अक्टोबर महिनामा हामी प्रहरीधरहरा र अवेक! पत्रिका प्रस्तुत गर्नेछौं। चासो देखाएकाहरूलाई फेरि भेट्‌न जाँदा के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा प्रस्तुत गर्न र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्न हामीलाई प्रोत्साहन दिइन्छ। पुनःभेट गर्दा हामी यो कसरी गर्न सक्छौं?

२. पत्रिका स्वीकारेका व्यक्‍तिलाई पुनःभेट गर्न जाँदा बाइबल अध्ययन सुरु गर्न जवाफ चाहनुहुन्छ? पर्चा कसरी प्रयोग गर्न सक्छौं?

२ यो पर्चा कसरी प्रयोग गर्ने?: हामी यसो भन्‍न सक्छौं: “मैले तपाईंलाई छोडेको पत्रिकाले सबै पृष्ठभूमि र धर्मका मानिसलाई बाइबलको जाँच गर्न प्रोत्साहन दिन्छ। [घरधनीलाई जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस्‌ र पहिलो पृष्ठमा भएका प्रश्‍नहरू देखाउनुहोस्‌।] बाइबलले यस्ता चाखलाग्दा प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन्छ। तपाईंले कहिल्यै यीमध्ये कुनै प्रश्‍न सोध्नुभएको थियो कि?” घरधनीको प्रतिक्रिया पाएपछि तिनले सोधेको एउटा प्रश्‍नको जवाफ पर्चाबाट सँगै मिलेर छलफल गर्नुहोस्‌ र उल्लेख गरिएको एउटा शास्त्रपद पढ्‌नुहोस्‌। त्यसपछि, यो त बाइबलले सिकाउने कुराहरूको एउटा सानो उदाहरण मात्र हो भनी बताउनुहोस्‌ र तिनलाई बाइबलले सिकाउँछ किताब दिनुहोस्‌। त्यसपछि तिनले विषयसूचीबाट छानेको अध्यायका सुरुका अनुच्छेदहरू छलफल गर्न सक्छौं। अथवा पर्चाबाट हामीले छलफल गरेको विषयबारे विस्तृत जानकारी कुन अध्यायमा दिइएको छ, त्यसबाट छलफल गर्न सक्छौं। हामीले प्रयोग गर्न सक्ने सामग्री यसप्रकार छन्‌:

● के ईश्‍वरलाई साँच्चै हाम्रो चासो छ?

(पृ. ९-११, अनु. ६-१०)

● के युद्ध अनि दुःखकष्ट सधैं भइरहन्छन्‌?

(पृ. १२, अनु. १२-१३)

● मृत्युपछि हाम्रो अवस्था कस्तो हुन्छ?

(पृ. ५९-६०, अनु. ७-८)

● मरिसकेकाहरूलाई फेरि भेट्‌न पाइएला?

(पृ. ७१, अनु. १३-१५)

● प्रार्थना कसरी गर्ने अनि ईश्‍वर कस्तो प्रार्थना सुन्छन्‌?

(पृ. १६६-१६७, अनु. ५-८)

● साँचो आनन्द म कसरी पाउन सक्छु?

(पृ. ९, अनु. ४-५)

३. परिस्थितिअनुसार हामी आफ्नो प्रस्तुतिलाई कसरी छाँटकाँट गर्न सक्छौ?

३ हो, पहिलो पुनःभेटमै बाइबलले सिकाउँछ किताबबाट अध्ययन सुरु गर्न र देखाउन परिस्थितिले दिंदैन भने हामी फेरि-फेरि गएर भेट्‌ने र छलफललाई निरन्तरता दिइरहने प्रबन्ध सधैं मिलाउन सक्छौं। अनि ती व्यक्‍तिको चासो कस्तो छ त्यसको आधारमा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुअगावै केही भेटमा जवाफ चाहनुहुन्छ? पर्चाको एकभन्दा धेरै प्रश्‍नहरू छलफल गर्ने निर्णय गर्न पनि सक्छौं। बाइबल अध्ययन सुरु गर्न र इमानदार हृदय भएकाहरूलाई ‘सत्य जान्‍न’ मदत गर्न अक्टोबर महिनामा हामी यो उपयोगी पर्चा सदुपयोग गर्न सकौं। — यूह. ८:३१, ३२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने