घोषणाहरू
▪ मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न लगनशील प्रयास गर्नुहोस्। अप्रिल र मे: प्रहरीधरहरा पत्रिका। स्मरणार्थ र विशेष भाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगति नगरेका चासो देखाउने व्यक्तिहरूलाई भेट्न जाने विशेष प्रयास गर्नुहोस्। यसो गर्नुको उद्देश्य ती व्यक्तिहरूसित बाइबल अध्ययन सुरु गर्नु हो। जून: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ।
▪ मण्डलीहरूले प्रहरीधरहरा-का नयाँ अंक पाउनेबित्तिकै वितरण गरिहाल्नुपर्छ। यसो गर्दा क्षेत्र सेवामा पत्रिकाहरू प्रस्तुत गर्नुअघि प्रकाशकहरू विषयवस्तुसित परिचित हुन सक्नेछन्।
▪ यस वर्षको स्मरणार्थ मार्च ३०, २०१०, मंगलबार मनाइनेछ। स्मरणार्थमा नयाँ गीतिपुस्तिकाबाट गाइने दुईवटा गीतहरू हुन्, गीत नं. ८ र ५। यदि तपाईंको मण्डलीको सभा मंगलबार हुने गर्छ भने सभालाई त्यसै हप्ताको अर्कै दिनमा सार्न प्रयास गर्नुहोस्। थुप्रै मण्डलीले एउटै राज्यभवन प्रयोग गर्छन् र सभाको प्रबन्ध मिलाउन सकिंदैन भने सभा रद्द गर्न सकिन्छ। तपाईंको मण्डलीमा खास लागू हुने सेवा सभाको भागलाई अर्को सेवा सभामा समावेश गर्न सकिन्छ।
▪ नयाँ उपलब्ध प्रकाशनहरू:
“कीप योरसेल्भ्स् इन गड्स लभ” —मराठी
यहोवाको स्तुतिगान गाऔं—शब्द मात्रै (५५ गीत) —नेपाली
▪ पुनः उपलब्ध प्रकाशन:
सबैका लागि उपयोगी किताब —अंग्रेजी, तेलगु, मल्यालम, हिन्दी,
द गाइडेन्स अफ गड—आवर वे टु प्याराडाइज —मल्यालम, हिन्दी
अ साटिस्फाइङ लाइफ—हाउ टु अटेन इट —अंग्रेजी, हिन्दी