क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
चारवटा नयाँ शिखर कायम भएको रिपोर्ट गर्न पाउँदा हामी हर्षित छौं! एकपछि अर्को गर्दै लगातार छैटौं पटक प्रकाशकहरूको संख्यामा वृद्धि भएको छ र १,२४० जनाको नयाँ शिखर संख्या कायम भएको छ। क्षेत्र सेवामा जम्मा ३२,५२५ घण्टा बिताइयो र यो अप्रिल २००९ मा कायम भएको शिखरभन्दा १,०३५ घण्टाले धेरै हो। जम्माजम्मी १४,१३६ पुनःभेटहरू गरिए र यो मार्च २००९ मा कायम भएको शिखरभन्दा १,१५१ ले वृद्धि हो। बाइबल अध्ययनहरूको संख्या २,५९६ पुगेर अर्को नयाँ शिखर कायम भएको छ।