‘यो सुसमाचार प्रचार गरिनेछ’!
१. प्रचारकार्यलाई कुनै पनि कुराले रोक्न सक्दैन भनेर हामी कसरी थाह पाउँछौं?
१ यहोवालाई आफ्नो इच्छा पूरा गर्नदेखि कुनै पनि कुराले किमार्थ रोक्न सक्दैन। (यशै. १४:२४) न्यायकर्ता गिदोन र तिनका ३०० मानिसहरूले १,३५,००० मिद्यानी सेनालाई परास्त गर्नु असम्भवजस्तो देखिए तापनि यहोवाले तिनलाई भन्नुभयो: “इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्। तँलाई पठाउने मनै हुँ।” (न्याय. ६:१४) आज कुन काममा यहोवाको समर्थन छ? येशूले भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा . . . प्रचार गरिनेछ।” (मत्ती २४:१४) यो काम पूरा हुनदेखि कसैले रोक्न सक्ने छैन!
२. क्षेत्र सेवामा व्यक्तिगत रूपमा यहोवाको मदत पाउने आशा हामी किन गर्न सक्छौं?
२ यहोवा हामीलाई व्यक्तिगत रूपमा मदत गर्नुहुन्छ: यहोवाले आफ्ना साक्षीहरूलाई समूहको रूपमा सफल तुल्याउनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौं। तर के उहाँले हामीलाई व्यक्तिगत रूपमा मदत गरेको आशा हामी गर्न सक्छौं? मदत चाहिएको समयमा प्रेरित पावलले यहोवाबाट उहाँको छोरा येशूमार्फत व्यक्तिगत मदत पाएको महसुस गरे। (२ तिमो. ४:१७) यहोवाको इच्छा पूरा गर्न हामी व्यक्तिविशेषले गर्ने प्रयासमा उहाँले हामीलाई पनि त्यसरी नै आशिष् दिनुहुनेछ भन्ने कुरामा विश्वस्त हुन सक्छौं।—१ यूह. ५:१४.
३. कस्ता परिस्थितिमा यहोवा हामीलाई मदत गर्नुहुन्छ?
३ जीवनका दैनिक फिक्रीहरूले क्षेत्र सेवाको निम्ति चाहिने तपाईंको बल कमजोर बनाएको छ कि? “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ।” (यशै. ४०:२९-३१) के तपाईं सतावट वा विरोध खेप्दै हुनुहुन्छ? ‘तपाईंको भारी यहोवामा राख्नुहोस् र उहाँले तपाईंलाई सह्माल्नुहुनेछ।’ (भज. ५५:२२) के तपाईंमा कहिलेकाहीं विश्वस्तताको कमी हुन्छ? ‘जानुहोस्, यहोवाले तपाईंलाई बोल्न सहायता गर्नुहुनेछ।’ (प्रस्थ. ४:११, १२, NRV) के तपाईंले स्वास्थ्य समस्याले गर्दा क्षेत्र सेवामा चाहेजति भाग लिन सक्नुभएको छैन? तपाईंले गर्नुभएको काम जतिसुकै सानो किन नहोस्, यहोवा त्यसको मोल गर्नुहुन्छ र पूरा मन दिएर तपाईंले गर्नुभएको कामलाई उपयोगमा ल्याउन सक्नुहुन्छ।—१ कोरि. ३:६, ९.
४. यहोवामा विश्वस्त हुँदा हामीमा कस्तो असर पर्नेछ?
४ यहोवाको “हात पसारिएको छ, र कसले त्यो फर्काउनसक्छ?” (यशै. १४:२७) हाम्रो क्षेत्र सेवामा यहोवाको आशिष् रहन्छ भन्ने कुरामा विश्वस्त हुँदै “प्रभुको भरोसामा साहससित बोल्दै” कौशलता साथ प्रचार गरिरहौं।—प्रेरि. १४:३.