मे १७ को हप्ताको तालिका
मे १७ मा सुरु हुने हप्ता
गीत ४९
□ मण्डली बाइबल अध्ययन:
fy पृ. ८०-८२ (उपशीर्षक)
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ शमूएल ९-१२
न. १: २ शमूएल १०:१-१२
न. २: येशूका शिक्षाहरू धर्मशास्त्रमा आधारित हुन्थ्यो, किन? (यूह. ७:१६-१८)
न. ३: शिओल र हेडिस के हो? (bh पृ. २१२-२१३ को परिशिष्ट)
□ सेवा सभा:
गीत १२
५ मि: घोषणाहरू।
१० मि: गर्मी महिनाको दौडान सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि? श्रोतासित छलफल। सहायक अग्रगामी सेवा गर्न चाहिने योग्यताबारे हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ४ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ११२-११३) छोटकरीमा पुनरावलोकन गर्नुहोस्। काम वा स्कूलबाट छुट्टी पाएको समय सहायक अग्रगामी सेवा गर्न प्रयोग गरेका अग्रगामीहरूलाई उनीहरूले पाएका आशिष्हरूबारे बताउन निम्तो दिनुहोस्।
१० मि: सुसमाचार प्रचार गर्ने तरिकाहरू—अनौपचारिक साक्षी। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ६, अनुच्छेद ५ देखि अनुच्छेद ८ (अर्गनाइज्ड पुस्तक, पृष्ठ १०१, अनुच्छेद २ देखि पृष्ठ १०२, अनुच्छेद २) सम्ममा आधारित श्रोतासित छलफल। अनौपचारिक साक्षी दिंदाको एउटा वा दुइटा उल्लेखनीय अनुभव बताउन वा प्रदर्शन गरेर देखाउन लगाउनुहोस्।
१० मि: “ख्रीष्टियान सेवकहरूले प्रार्थना गर्नुपर्छ।” प्रश्न-उत्तर छलफल।
गीत ५१