ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अगस्त २९, २०११ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा विचार गरिनेछ।
१. परमेश्वरको माया पाउनु “जीवनभन्दा उत्तम” छ, कसरी? (भज. ६३:३) [ w०१ १०/१५ पृ. १५, अनु. १७]
२. भजन ७० अध्याय पढ्दा दाऊदबारे के थाह पाउन सक्छौं? [ w०८ ९/१ पृ. १३, अनु. ४]
३. भजन ७५:५ ले कस्तो चेतावनी दिन्छ? [ w०६ ८/१ पृ. ४, अनु. १]
४. यहोवाले विशेष गरी कस्ता प्रार्थनाहरू सुन्नुहुन्छ भन्ने आशा हामी गर्न सक्छौं? (भज. ७९:९) [ w०६ ८/१ पृ. ५, अनु. ३]
५. भजन ९०:७, ८ मा बताइएको “गुप्त पापहरू” के हुन्? [ w०१ ११/१५ पृ. १२-१३, अनु. १४-१६]
६. भजन ९२:१२-१५ ले सङ्केत गरेझैं मण्डलीमा वृद्ध सेवकहरूलाई कस्तो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिइएको छ? [ w०४ ५/१५ पृ. १३-१४, अनु. १४-१८]
७. भजन १०२:२५-२७ मा बताइएका शब्दहरू पृथ्वीको लागि परमेश्वरको अनन्त उद्देश्यसित बाझिन्छ? (उत्प. १:२८) [ w०६ १/१ पृ. ३१]
८. भजन १०६:७ बाट विवेकी हुने सन्दर्भमा कस्तो पाठ सिक्न सक्छौं? [ w९५ ९/१ पृ. १९ को अनु. ४—पृ. २० को अनु. २]
९. यहोवाले ‘पछुताउनु नपर्ने’ कस्तो शपथ लिनुभएको छ? (भज. ११०:४) [ w०६ ९/१ पृ. १८, अनु. ७]
१०. यहोवाको नजरमा “उहाँका भक्तजनहरूको मृत्यु” कत्तिको अनमोल छ? (भज. ११६:१५) [ w०६ ९/१ पृ. १९, अनु. २]