प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अगस्त p. ३
  • ‘परमेश्‍वरको इच्छा पूरा होस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘परमेश्‍वरको इच्छा पूरा होस्‌’
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो अन्तस्करण सुरक्षित राख्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • ‘ठीक-ठीक समयमा खानाको’ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२०१०
  • परमेश्‍वरको वचन सिकाउनका लागि उपयोगी छ
    हाम्रो राज्य सेवा—२०१३
  • सुन्‍नुहोस्‌ र सिक्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 अगस्त p. ३

‘परमेश्‍वरको इच्छा पूरा होस्‌’

१. सेवा वर्ष २०१२ मा हुने विशेष सम्मेलनको मूल विषय के हो र हामीले यसबारे विचार गर्नु किन उपयुक्‍त छ?

१ हामी यहोवाको इच्छाबमोजिम सृजियौं। (प्रका. ४:११) त्यसकारण उहाँको इच्छा नबुझीकन र त्यसअनुसार नचलीकन हामी अस्तित्वमा हुनुको उद्देश्‍य पूरा हुन सक्दैन। ‘शरीर अनि सोचविचारले जे गर्न लगाउँछ,’ त्यही गर्ने र “संसारका मानिसहरूको इच्छा”-अनुसार चल्ने झुकाव हामीमा भएकोले त्यसो गर्न सोचेजस्तो सजिलो छैन। (एफि. २:३; १ पत्रु. ४:३; २ पत्रु. २:१०) यदि हामीले परमेश्‍वरको मदत पाएनौं भने ‘दियाबलले आफ्नो इच्छा पूरा गराउन हामीलाई जिउँदै पक्रन’ समेत सक्छ। (२ तिमो. २:२६) सेवा वर्ष २०१२ को विशेष सम्मेलनको मूल विषय हुनेछ​—⁠“परमेश्‍वरको इच्छा पूरा होस्‌।” येशूको नमुना प्रार्थनाको तेस्रो प्रमुख बिन्तीमा आधारित यस कार्यक्रमले हामी प्रत्येकलाई त्यस बिन्तीअनुसार चल्न मदत गर्नेछ।​—⁠मत्ती ६:​९, १०.

२. कार्यक्रमको दौडान हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउन सक्छौं?

२ कस्ता प्रश्‍नहरूको जवाफ दिइनेछ: कार्यक्रम सुन्दा यी प्रश्‍नहरूको जवाफ विचार गर्नुहोस्‌: परमेश्‍वरको वचन सुन्‍नु जत्तिकै महत्त्वपूर्ण कुरा के हो? हाम्रो लागि परमेश्‍वरको इच्छा के हो भनेर हामी कसरी बुझ्न सक्छौं? सबै किसिमका मानिसलाई मदत गर्न हामी किन इच्छुक हुनुपर्छ? तपाईं कसरी अर्थपूर्ण अनि सन्तोषजनक जीवन बिताउन सक्नुहुन्छ? युवाहरू हो, तपाईंहरूले यहोवालाई के कुरा प्रमाणित गरेर देखाउनुपर्छ? परमेश्‍वरको इच्छाअनुसारै गर्दा कस्तो इनाम पाइन्छ? अरूको उत्थान गर्नु र अरूलाई प्रोत्साहन दिनु किन जरुरी छ?

३. विशेष सम्मेलनका कार्यक्रमबाट हामी कसरी पूर्णतया लाभ उठाउन सक्छौं?

३ कार्यक्रममा उपस्थित हुनुहोस्‌ र ध्यान दिएर सुन्‍नुहोस्‌। अतिथि वक्‍ताको रूपमा बेथेल प्रतिनिधि वा परिभ्रमण निरीक्षक उपस्थित हुन सक्छन्‌। कार्यक्रमअघि र पछि तिनीसँग र यदि तिनी विवाहित हुन्‌ भने तिनकी पत्नीसँग कुरा गर्न नहिचकिचाउनुहोस्‌। जब तपाईं घर फर्कनुहुन्छ, “सुनेर बिर्सने” मानिसजस्तो नहुनुहोस्‌। परिवारसँग मिलेर कार्यक्रमबारे छलफल गर्नुहोस्‌ र परमेश्‍वरको इच्छाअनुसार चल्न अझै के गर्न सकिन्छ, विचार गर्नुहोस्‌।​—⁠याकू. १:⁠२५.

४. परमेश्‍वरको इच्छाअनुसार चल्ने कुरालाई प्राथमिकता दिनु किन महत्त्वपूर्ण छ?

४ यहोवाको इच्छाअनुसार चल्न इन्कार गर्नेहरू र आफ्नै अभिलाषाअनुसार चल्नेहरूलाई उहाँले चाँडै नाश गर्नुहुनेछ। (१ यूह. २:१७) त्यसकारण यहोवाले हामीलाई उहाँको इच्छाअनुसार चल्ने कुरालाई प्राथमिकता दिन मदत गर्ने समय सुहाउँदो जानकारी तयार पारिदिनुभएकोमा हामी उहाँप्रति एकदमै कृतज्ञ छौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने