सबैभन्दा महान् पुरुष किताबको अध्ययन
१ मे ७ मा सुरु हुने हप्तादेखि मण्डली बाइबल अध्ययनमा हामी सबैभन्दा महान् पुरुष किताबबाट फेरि छलफल गर्नेछौं। पवित्र बाइबल — नयाँ संसार अनुवाद प्रयोग गरेर येशूको जीवनशैली अनि सेवाबारे पुनः अध्ययन गर्न पाउनु हाम्रो लागि कत्ति खुसीको कुरा! यो किताब अन्य किताबभन्दा भिन्नै भएकोले तल दिइएका केही निर्देशन मदतकारी हुनेछ।
२ यस किताबमा पृष्ठ सङ्ख्या दिइएको छैन। त्यसैले हाम्रो राज्य सेवा-को तालिकामा छलफल गरिने अध्यायको सूची दिइएको हुन्छ। अक्सर हप्तामा दुइटा अध्याय छलफल गरिनेछ। अध्याय ३५, ४३, ८८, १११ र ११६ लामो भएकोले प्रत्येक अध्याय दुई-तीन पटक गरेर छलफल गरिनेछ। योग्य भाइले पूरै अध्याय पढिसकेपछि (अथवा अध्याय ३५, ४३, ८८, १११ र ११६ जस्ता अध्यायको तोकिएको उपशीर्षक पूरै पढिसकेपछि) अध्यायसित वा पढिएको अंशसित सम्बन्धित प्रश्न अध्ययन सञ्चालकले सोध्नेछन्। ती प्रश्न अध्यायको अन्तमा दिइएका छन्। पढ्नुपर्ने अंश प्रायः लामो भएकोले टिप्पणी दिने समय थोरै हुन्छ। अध्यायभित्रै रहेर छोटो अनि मीठो टिप्पणी दिनुपर्छ।
३ समय छ भने अध्यायको अन्तमा उद्धरण गरिएका शास्त्रपदमध्ये केही पद पढ्न सकिन्छ। त्यसपछि पढिएको पदबारे टिप्पणी दिन आग्रह गर्न सकिन्छ। सञ्चालकले सीधै जवाफ आउने प्रश्नहरू सोध्न सक्छन्। यसो गर्दा पढिएको शास्त्रपद अध्यायसित कसरी सम्बन्धित छ, त्यसबारे श्रोताले अर्थपूर्ण जवाफ दिन सक्नेछन्। सोधिएका प्रश्न र दिइएको जवाफले उपस्थित सबैलाई येशू ख्रीष्ट, उहाँको जीवनी र उहाँका शिक्षामा ध्यान खिच्न मदत गर्नुपर्छ।
४ किताबको परिचयको भाग पहिलो हप्तामा छलफल गरिनेछ। उपशीर्षकअन्तर्गतका सबै अनुच्छेद पढिसकेपछि सञ्चालकले आफूले तयार गरेको उपयुक्त प्रश्नहरू सोध्नेछन् र छोटकरीमा अनुच्छेद छलफल गर्नेछन्। पहिलो हप्तामा हुने परिचयको भागको छलफलले लगभग डेढ वर्षसम्म हुने अध्ययनको लागि आधार तयार पार्नेछ। उपस्थित सबैले राम्रो तयारी गरेका छन् भने तोकिएको विषयवस्तु राम्ररी छलफल गर्न सकिनेछ। हाम्रा प्रभु, उद्धारक र सबैभन्दा महान् पुरुष येशू ख्रीष्टलाई राम्ररी चिन्नको लागि भाइबहिनीलाई मदत दिन विशेषगरि सञ्चालकले प्रत्येक हप्ता राम्रो तयारी गर्नुपर्छ।