प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 मे पृ. १
  • क्षेत्र सेवामा चनाखो हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवामा चनाखो हुनुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९४
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • तपाईंको सेवकाईमा प्रभावकारी हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 मे पृ. १

क्षेत्र सेवामा चनाखो हुनुहोस्‌

१. क्षेत्र सेवामा किन चनाखो हुनुपर्छ?

१ “ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै” परमेश्‍वरका सेवकहरू “टेढो र भ्रष्ट पुस्ताबीच” प्रचार गरिरहेका छन्‌। (मत्ती १०:१६; फिलि. २:१५) आजकल मुलुकको अस्थिर अवस्था, सामूहिक दङ्‌गा-फसाद तथा निर्दयीपूर्ण अपहरणका घटनाहरूको डरलाग्दो समाचार सामान्य भइसकेको छ। यी सबै घटना दुष्ट “मानिसहरू झन्‌-झन्‌ खराब” हुँदै गइरहेको प्रमाण हो। (२ तिमो. ३:१३) क्षेत्र सेवामा “चनाखो” हुन बाइबलका कस्ता सिद्धान्तहरूले हामीलाई मदत गर्नेछ?—मत्ती १०:१६.

२. कस्ता परिस्थितिहरूमा प्रचार गरिरहेको इलाका छोडेर अन्तै प्रचार गर्नु बुद्धिमानी हो?

२ बुद्धिमानीसाथ कदम चाल्नुहोस्‌: हितोपदेश २२:३ ले दुःखबाट ‘जोगाउने’ बुद्धिमा जोड दिएको छ। सचेत रहनुहोस्‌! सामान्यतया सुरक्षित देखिने छरछिमेकीको वातावरण एक्कासि परिवर्तन हुन सक्छ। ठाउँ-ठाउँमा प्रहरीहरू सक्रिय भएर लागेको वा सडकमा मानिसहरूको भीड हुन सक्छ। कहिलेकाहीं दयालु घरधनीले चेतावनी दिन सक्छ। यस्तो अवस्थामा जिज्ञासु भएर त्यहीं अलमलिएर बसिरहनुको साटो तुरुन्तै त्यो ठाउँ छोडेर अन्तै प्रचार गर्नु बुद्धिमानी हो।—यूह. ८:५९; १ थिस्स. ४:११.

३. उपदेशक ४:९ को सिद्धान्त हाम्रो क्षेत्र सेवामा कसरी लागू हुन्छ?

३ मिलेर काम गर्नुहोस्‌: उपदेशक ४:९ यसो भन्छ, “एकभन्दा दुई असल हो।” क्षेत्र सेवामा एक्लै काम गर्ने तपाईंहरूको बानी छ होला तर के अहिले पनि त्यसरी नै प्रचार गर्नु सुरक्षित छ त? कुनै-कुनै इलाकामा त्यसरी प्रचार गर्न सकिन्छ। तर अरू इलाकामा भने ढोका-ढोकाको प्रचारकार्यमा बहिनी अथवा कुनै जवान एक्लै-एक्लै प्रचार गर्नु सुरक्षित छैन, विशेषगरि सूर्यास्तपछि। एक जना चनाखो साथी आफ्नो साथमै हुनु महत्त्वपूर्ण छ भन्‍ने कुरा अनुभवले देखाएको छ। (उप. ४:१०, १२) प्रचार समूहका अरू भाइबहिनीमाथि नजर राखिरहनुहोस्‌। प्रचार इलाका छोडेर जाँदै हुनुहुन्छ भने कसैलाई थाह दिएर जाने बानी गर्नुहोस्‌।

४. सबै भाइबहिनीको सुरक्षाको लागि हामी के गर्न सक्छौं?

४ एल्डरहरूले हाम्रो ‘हेरचाह गरिरहेकोले’ स्थानीय परिस्थितिलाई विचार गरेर व्यावहारिक निर्देशन दिनु तिनीहरूको जिम्मेवारी हो। (हिब्रू १३:१७) हामी नम्र भयौं अनि एल्डरहरूसँग मिलेर काम गऱ्‍यौं भने यहोवाले हामीलाई आशिष्‌ दिनुहुनेछ। (मीका ६:८; १ कोरि. १०:१२) परमेश्‍वरका सबै सेवकले सधैं सतर्क भएर प्रभावकारी तरिकामा साक्षी दिन योगदान पुऱ्‍याउन सकून्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने