घोषणाहरू
▪ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- सेप्टेम्बर अनि अक्टोबर: प्रहरीधरहरा पत्रिका। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस् अथवा घरधनीको आवश्यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्नुहोस् वा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिकामध्ये कुनै एउटा दिनुहोस् र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। नोभेम्बर अनि डिसेम्बर: यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ?, निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्, यहोवा उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन। घरधनीले चासो देखाएमा बाइबलले सिकाउँछ किताब अथवा सृष्टिकर्ताको कुरा सुन्नुहोस् वा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिकामध्ये कुनै एउटाबाट बाइबल अध्ययन गर्ने तरिका देखाउनुहोस्।
▪ सन् २०१३ को स्मरणार्थ उत्सवताका दिइने विशेष जनभाषण अप्रिल १ को हप्तामा दिइनेछ। उक्त भाषणको विषयबारे पछि घोषणा गरिनेछ। विशेष जनभाषण दिनुपर्ने हप्ता कुनै मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण वा सम्मेलन परेको छ भने त्यसपछिको हप्तामा उक्त भाषण दिनुपर्छ। कुनै पनि मण्डलीमा अप्रिल १ अघि यो विशेष जनभाषण दिनुहुँदैन।