अक्टोबर १ को हप्ताको तालिका
अक्टोबर १ मा सुरु हुने हप्ता
गीत ४५ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ३६, ३७ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: दानियल ४–६ (१० मि.)
न. १: दानियल ४:१८-२८ (४ मि. वा कम)
न. २: बाबेलमा चार जना केटा—my कथा ७५ (५ मि.)
न. ३: ग्रीक धर्मशास्त्रमा परमेश्वरको नाम—bi-7 पृ. ५९५-६०० (५ मि.)
□ सेवा सभा:
१० मि: महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्। हाम्रो राज्य सेवकाई, जनवरी २००६, पृष्ठ ३ मा भएको प्रदर्शनसहितको छलफल। बाइबलले सिकाउँछ किताब प्रयोग गरेर अक्टोबर महिनाको पहिलो शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्। बाइबल अध्ययन सुरु गर्ने यस काममा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्।
१० मि: गत वर्ष हामीले कस्तो गऱ्यौं? सेवा निरीक्षकद्वारा भाषण। गत सेवा वर्ष प्राप्त गर्न सकिएका राम्रा नतिजाहरूमा जोड दिंदै मण्डलीको क्रियाकलापको पुनरावृत्ति गर्नुहोस् र त्यसको लागि भाइबहिनीको सराहना गर्नुहोस्। राम्रा अनुभव बटुलेका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। आगामी वर्ष मण्डलीले सुधार गर्न सक्ने सेवाको कामको एउटा वा दुइटा पक्ष बताउनुहोस् र कसरी सुधार गर्न सकिएला, व्यावहारिक सुझावहरू दिनुहोस्।
१० मि: अक्टोबर महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हाम्रो इलाकामा यो पत्रिका किन चाखलाग्दो हुन सक्छ, ३० देखि ६० सेकेन्डभित्र बताउनुहोस्। अनि अक्टोबर-डिसेम्बर अङ्कको त्रैमासिक प्रहरीधरहरा प्रयोग गर्दै घरधनीको चासो जगाउन के-कस्ता प्रश्न सोध्न सकिन्छ अनि कुन शास्त्रपद प्रयोग गर्न सकिन्छ, श्रोतालाई सोध्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
गीत २६ र प्रार्थना